युवा समाजसेवी जयन्ती थापाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

सुर्खेत, २१ बैसाख ।
अमेरिकामा बस्ने युवा समाजसेवी जयन्ती थापाले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको अमरज्योति नमुना माध्यामिक विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई उहाँले शैक्षिक समाग्री सहयोग गर्नु भएको हो ।
विद्यालयकी पूर्व विद्यार्थी थापाले गरिव, जेहेन्दार, असहाय, कम्जोर आर्थिक अवस्था भएका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ ।
विहीवार एक कार्यक्रमका वीच जयन्ती थापाका वुवा धर्मजंग थापा, आमा पार्वती थापा र वहिनी लक्ष्मी थापाले उनीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ ।
पढनको लागि सहयोग पुगोस भन्ने उदेश्यले विद्यार्थीलाई कापी, कलम, ज्यामिति बक्स लगायतका शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयले जनाएको छ ।
निशा सारु, गीता रेग्मी, विशाल गाहा, मेलिना मगर, मञ्जल अधिकारी, रिया थापा, निर्मला ओली, पूजा वस्कोटा र आरजु विकले शैक्षिक समाग्री पाउनु भएको छ ।
अमेरिकामा रहेर पनि आफनो जन्म थलोप्रति सधै चिन्तित थापाले आफुले अध्ययन गरेको अमर ज्योति नमुना माध्यामिक विद्यालयमै १ लाख रुपैया वरावरको अक्षय कोष पनि स्थापना गर्नु भएको छ ।
अक्षय कोषको व्याज स्वरुप आउने रकमवाट जेहेन्दार, विपन्न आर्थिक अवस्था भएका, असहाय विद्यार्थींलाई सहयोग गर्ने योजना थापाको रहेको छ ।
शैक्षिक समाग्री हस्तान्तरण गदै जयन्ती थापाका वुवा धर्मजंग थापाले शैक्षिक समाग्रीले विद्यार्थी भाइवहिनीको पढाईमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जयन्ती थापाले विद्यालयको उन्नतिको लागि महत्वपूर्ण योगदान दिदै आएको चर्चा गर्नुभयो ।

प्रकाशित मितिः २१ बैशाख २०७४, बिहीबार ११:३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *