दीक्षान्त समारोहमा ३ सय ८ विद्यार्थी दीक्षित

सुर्खेत, असार १९ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ ।प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा भएको कार्यक्रममा तीन सय ८ विद्यार्थी दीक्षित भएका छन् ।
कार्यक्रममा विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवाले विश्व बजारलाई ध्यान दिएर जनशक्ति उत्पादनलाई योजनावद्धरुपमा अघि बढाइनुपर्ने बताए । ‘यसो गर्न सकियो भनेमात्र हाम्रा उच्च शिक्षण संस्थाहरु सफल हुनेछन्’ कुलपतिसमेत रहेका देउवाले भने, ‘अपार प्राकृतिक स्रोत र सम्पदा, विविधतायुक्त सामाजिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक आदि सम्पदाहरुलाई ध्यानमा राखी आफ्नो अध्ययन, अध्यापन र अनुसन्धानलाई अघि बढाउनुहोस् ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्वर २ को स्थानीय तहको चुनाव तोकिएकै समयमा हुने बताएका छन् । उनले प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने र शासन प्रक्रियामा जनताको जनताको सहभागीतालाई सुनिश्चित गरि अधिकार सम्पन्न बनाउने मूल कार्यभारका साथ सरकार अघि बढिरहेकको बताए ।
‘मुलुक संविधान कार्यान्वयनको महाअभियानमा अघि बढिरहेको छ, भर्खरै स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ’ सोमबार मध्यपश्चिम विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘असोज २ गते हुने तेस्रो चरणको निर्वाचनलाई पनि सफलतापूर्वक सम्पन्न गर्न सरकार प्रतिवद्ध भएर लागेको छ ।’

प्रकाशित मितिः १९ असार २०७४, सोमबार १२:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *