बद्री पन्त
जाजरकोट, २१ पुष ।
जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसको क्याम्पस प्रमुखमा चन्द्रबहादुर बुढा नियुक्ती भएका छन । लामोसमयदेखि क्याम्पसका निमित्त क्याम्पस प्रमुखको रुपमा कार्यरत उहाँ क्याम्पस प्रमुखमा नियुक्त हुनु भएको छ । अनुभवी र दक्षताका आधारमा बुढालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको क्याम्पस संचालक समितिले जनाएको छ ।
क्याम्पस प्रमुख मोहनविक्रम शाहले क्याम्पस प्रमुखबाट राजीनामा दिएपछि बुढाले निमित्त प्रमुखको रुपमा काम गदै आउनु भएको थियो । शाहको राजीनामा दिएपछि क्याम्पसमा कार्यरत स्थायी अनुभवी, शैक्षिक नेतृत्व लिन सक्ने वरिष्ठ प्राध्यापकहरु मध्येबाट बुढालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको समितिले बताएको छ ।
नवनियुक्त क्याम्पस प्रमुख बुढाले भेरी ज्ञानोदय क्याम्पसलाई प्रदेशकै नमुना क्याम्पस बनाउने बताउनु भएको छ । उहाँले क्याम्पसको भौतिक र शैक्षिक अवस्थामा सुधार ल्याउन तथा विद्यार्थीको हितको लागि सवैसँग हातेमालो गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।