समाजसेवी थापाद्वारा २५ हजार सहयोग

सुर्खेत, ९ बैसाख ।
अमेरिका निवासी युवा समाजसेवी जयन्ती थापाले दृष्टीविहीन हेरचाह केन्द्र सुर्खेतलाई २५ हजार रुपैया सहयोग गर्नु भएको छ ।  केन्द्रमा अध्ययनरत दृष्टिविहीन वालवालिकालाई शैक्षिक सामाग्री किन्नको लागि थापाले आर्थिक सहयोग गरेको केन्द्रका संचालक जीवनकुमार शाक्यले बताउनु भयो । अमेरिकाबाट पठाएको नगद रकम थापाका वुवा धर्मजंग थापाले हेरचाह केन्द्रलाई हस्तान्तरण गर्र्नु भएको थियो ।
जयन्ती थापाले दिएको आर्थिक रकमले दृष्टिविहीन बालबालिकालाई अध्ययनमा ठुलो सहयोग पुग्ने भन्दै संचालक शाक्यले थापाप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ ।
अमेरिकामा भएपनि समस्यामा परेका नेपाली नागरिकलाई थापाले निरन्तर रुपमा सहयोग गदै आउन भएको छ ।

प्रकाशित मितिः ९ बैशाख २०७५, आईतवार ०८:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *