एसओएस बालग्राम कर्णाली प्रदेशकै साझा सम्पति हो -मन्त्री रावल

सुर्खेत, २९ असोज ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले शैक्षिक विकासमा महत्वपूर्ण भुमिका निर्वाह गदै आएको सुर्खेतस्थित एसओएस बालग्राम कर्णाली प्रदेशको साझा सम्पति भएको बताएका छन ।
सोमवार बीरेन्द्रनगरमा एसओएस बालग्रामले गरेको सामाजिक परिक्षण कार्यक्रममा उनले भने बालग्राम प्रदेशकै साझा सम्पति हो त्यसैले दाताहरुले सहयोग गर्न छाडेपछि प्रदेश सरकारले जिम्मा लिन्छ बन्द हुन दिदैन ।


एसओएस वालग्रामले शिक्षा क्षेत्रमा हासिल गरेको अनुभव, सिकाई र उपलव्धीलाई प्रदेशका अरु विद्यालयमा पनि लागु गर्ने मन्त्री रावलले उल्लेख गरे ।
एसओएसलाई प्रदेशकै नमुना विद्यालय बनाउन मन्त्रालयले भौतिक संरचना निर्माणदेखि प्राविधिक विषयहरु पढाउनको लागि पनि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।


बीरेन्द्रनगर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष निलकण्ठ खनालले अप्ठ्यारोमा परेका बालबालिकालाई सहयोग गदै आएको बालग्रामले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिदै आएको बताए ।
प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले एसओएसले लागु गरेको शैक्षिक मोडेललाई अरु विद्यालयमा लागु गर्न प्रदेश सरकारलाई सुझाव दिनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत उत्तम शर्माले एसओएस बालग्राम कर्णाली प्रदेशकै सम्पति भएकोले यसलाई संरक्षण गर्न सवैको दायित्व भएको बताए ।


कार्यक्रममा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द्रकुमार गिरीले एसओएस बालग्राम र यस सम्वद्ध विभिन्न परियोजनाहरुको बार्षिक बजेट तथा कार्यक्रम, खर्चको विवरण, सिकाई उपलव्धी लगायतको बारेमा जानकारी दिएका छन ।
उनले बालग्रामका साथै एसओएस बैकल्पिक स्याहार कार्यक्रम, एसओएस हर्मन माइनर विद्यालय, एसओएस युवालय नेपालगंज, सामाजिक सेवा केन्द्र सुर्खेत र बर्दिया र एसओएस मेडिकल सेन्टर बर्दिया परियोजनाको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
त्यस क्रममा निर्देशक गिरीले एसओएस बालग्रामलाई निरन्तरता दिनको लागि सक्दो सहयोग गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारदेखि सरोकारवाला निकायसँग आग्रह गरेका छन ।

प्रकाशित मितिः २९ आश्विन २०७५, सोमबार २०:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *