कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा घेराउ

सुर्खेत, ७ मंसिर ।
विभिन्न २६ शूत्रीय माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले शुक्रबार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा घेराउ गरेको छ। शिक्षाको गुणात्मक सुधार र विकासका लागि भन्दै आन्दोलित भएको महासंघले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन शुरु गरेको हो ।
राज्यले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, स्थानीय तहले बनाएको शिक्षा ऐन खारेज गर्नुपर्ने, शिक्षक काउन्सिलको व्यवस्था गर्नुपर्ने, शिक्षा सेवा आयोगलाई संवैधानिकस्तरको बनाउनुपर्ने, संवैधानिक शिक्षा आयोग गठन गर्नुपर्ने, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका सूचीमा राख्नुपर्ने लगायतका मागसहित देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।


नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशको अगुवाईमा शिक्षकहरुले मन्त्रालय घेराउ घराउ गरेका हुन । धर्ना दिनु अघि बीरेन्द्रनगरको मंगलगढी चोकबाट र्याली निकालिएको थियो ।धर्नामा रहेका शिक्षकहरुले मागहरू पुरा गर्न सरकार आलटाल गरे अनिश्चितकालिन हड्तालमा उत्रिने चेतावनी दिएका छन ।
महासंघले शिक्षा सम्वन्धी स्थानीय तहमा आफूखुसी ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्यलाई रोक्न स्थानीय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकलाई सामुहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग राखेको छ ।


तत्कालिन उच्च मा।वि मा कार्यरत शिक्षकको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहात शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायतका मागहरु महासंघले अगाडि सारेको छ । शिक्षकहरुका गुनासाहरु बारे कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले शिक्षकका मागहरु प्रति आफु गम्भिर भएको भन्दै माग पुरा गर्नको लागि आवश्यक पहल गर्ने बताए ।

प्रकाशित मितिः ७ मंसिर २०७५, शुक्रबार १७:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *