रजिष्ट्रार मल्ललाई काम गर्न सर्वोच्चको अन्तरिम आदेश

सुर्खेत, ४ पुष ।
सर्वोच्च अदालतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ललाई गरेको निलम्बन रोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले यस्तो फैसला गरेको हो ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीले रजिष्ट्रार मल्लबारे छानबिन गर्न समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए । उक्त निर्णयबिरुद्ध डा. मल्ल सर्वोच्च गएका थिए ।


उनको स्थानमा यामबहादुर कार्कीलाई निमित्त रजिष्ट्रारको जिम्मा दिइएको थियो ।
सर्वोच्चले मंगलवार उक्त निलम्बन्ँ प्रक्रिया कानुनसम्मत नभएको भन्दै यथास्थानमा काम गर्न अन्तिरिम आदेश दिएको हो । उनी गत मंसिर २० गते निलम्बनमा परेका हुन् ।

प्रकाशित मितिः ४ पुष २०७५, बुधबार १५:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *