विश्वविद्यालयमा लोकवार्ता

सुर्खेत, ५ माघ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा लोकवार्ता सम्वन्धी नयाँ विषयको पढाई संचालन भएको छ । नयाँ विषयमा नेपाली सभ्यता, संस्कृति, कला, साहित्य, लेखन कला, जडिवुटी, तन्त्रमन्त्र, पर्यटन, पुरातात्किलगायतका विषयबस्तु पढाई हुनेछन् ।
नेपालको परम्परागत संस्कृति र संस्कारको संरक्षण गदै पुस्ता हस्तान्तरण गर्ने लक्ष्यका साथ यो विषयको पढाई संचालन गरिएको विश्वविद्यालयले बताएको छ ।


मानविक तथा सामाजिकशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहका पढाई संचालन भएको मानविकीतथा सामाजिकशास्त्र संकायका डिन खोपीराम लम्सालले बताए ।  उनले आउने फागुन महिनावाट पढाई संचालन गर्नको लागि अहिले आवेदन खुला गरिएको जानकारी दिए ।यसमा नेपाली समाजको भाषा, भेषभुषा, कला संस्कृति, रहनसहन, साहित्यजस्ता कुराहरु समेटिएको छ ।  ढिकी, जाँतो, कोल जस्ता नेपालीले परम्परागत रुपमा प्रयोग गदै आएका बस्तुहरुलाई पनि अध्ययनको विषय बनाइएको छ ।
यसको अध्ययनले मेटिदै जान थालेको नेपाली समाजको पहिचान जोगिने अपेक्षा गरिएको छ ।  एकदमै रुचीपूर्ण विषय भएकोले नेपालको संस्कृतिलाई बुझ्न र त्यसको संरक्षण गर्न सहयोग पुग्ने डिन लम्सालले बताए ।
नेपालमै पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा यसको पढाई सुरु भएको हो ।  यसअघि त्रिभूवन विश्वविद्यालयले पढाई संचालनगर्न खोजेपनि नसकेको बताएको छ ।  जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिले यो विषय पढन् पाउने डिन लम्सालले जानकारी दिए ।
बढी व्यवहारिक अभ्यास गर्नु पर्ने भएकोले विश्वविद्यालयमा पढाई हुने अरु विषयभन्दा बढी खर्चिलो हुने पनि उनले बताए ।  स्नातकोत्तर तहपछि तलका तहमा पनि यसको पढाई संचालन गर्ने योजनामा विश्वविद्यालयले बनाएको छ ।

प्रकाशित मितिः ५ माघ २०७५, शनिबार १८:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *