विद्यार्थीलाई जयन्तीको सहयोग

सुर्खेत, ३ जेठ ।
अमेरिकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले बीरेन्द्रनगरको एउटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेकी छन् ।
उनले बीरेन्द्रनगर १० दीपनगरस्थीति मंगलगढी प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला र कापी कलम सहयोग गरेकी हुन ।
बीहिवार एक कार्यक्रमका वीच बीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी, जयन्तीका वुवा धर्मजंग र आमा पार्वती थापाले ७६ जना विद्यार्थीलाई झोला र कापी कलप प्रदान गरेका थिए ।


कार्यक्रममा नगरप्रमुख सुवेदीले समाजसेवी थापाको सहयोगी भावनाको खुलेर प्रशंसा गरे । धन भएर मात्र हुदैन, सहयोगी मन पनि हुनुपर्छ उनले भने, जयन्तीबाट सवैले प्रेरणा लिनुपर्छ ।
जयन्ती बुवा धर्मजंग थापाले गरिव र समस्यामा परेका व्यक्तिलाई जयन्तीले सानैदेखि नै सहयोग गदै आएको बताए ।


विद्यालयका प्रधानाध्यापक शान्ति ढकालले विद्यालयको तर्फबाट जयन्ती थापालाई धन्यवादसहित आभार प्रकट गरेकी छन् ।
कार्यक्रममा जयन्ती थापाका बुवा आमालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


लामो समयदेखि सामाजिक सेवामा सक्रिय थापाले सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कैलाली, चितवनलगायतका जिल्लामा विपन्न बालवालिकालाई पढन सहयोग गदै आएकी छन । यस्तै समस्यामा परेका गरिव तथा विपन्न नागरिकलाई उपचारमा पनि सहयोग गरिरहेकी छन् ।

प्रकाशित मितिः ३ जेष्ठ २०७६, शुक्रबार ०६:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *