सुर्खेत, ८ असार ।
एसओएस बालग्रामका संस्थापक प्रा.डा. हर्मन माइनरको १०० औं जन्म जयन्ती एवम् ३३ औं एसओएस दिवसको अवसरमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
विद्यालयले गरेको आन्तरिक सडक दौड प्रतियोगिता वीरेन्द्रनगर १ ढोडेखाली चोकबाट भएर देउतीथान, कुमाइचोक, भैरवस्थानचोक, ललितचोक, प्रदेश अस्पतालचोक हु“दै विद्यालयको प्रवेशद्धारमा पुगेर सकिएको थियो ।
एक सय पचास बढी विद्यार्थीहरुले भाग लिएको प्रतियोगितामा उच्च तहको छात्र तर्फ कक्षा १० का विवश शाही प्रथम भएका छन् ।
कक्षा १२ का विशाल सदालले दोस्रो, कक्षा दशका दिपेन्द्र शाही तेस्रो तेस्रो भएका छन् ।
उच्च तहकै छात्र तर्फ कक्षा नौकी पूजा गाहा पहिलो, कक्षा दशकी सुवेक्षा खड्काले दोस्रो स्थान प्राप्त गरिन् त्यस्तै कक्षा नौकी सेस्ना श्रीपालीले तेस्रो स्थान प्राप्त गरिन् ।
त्यसैगरी मध्यम तहको छात्र तर्फ कक्षा छका रोशन जिएमले प्रथम भएका छन भने कक्षा आठका दिपेन्द्र शाही र सन्देश सुनारले क्रमशः दोस्रो र तेस्रो स्थानमा हासिल गरेका छन्
मध्यम तहको छात्रा तर्फ कक्षा ७ की निर्मला शाही पहिलो, कक्षा छ की भावना रोकाय दोस्रो र कक्षा सातकी शुशिला चौधरी तेस्रो भइन् ।
प्राथमिक तहको छात्र तर्फ कक्षा ५ खेमराज गर्ताैला, कक्षा चारका लविस वि.क. दोस्रो र कक्षा चारकै चिरञ्जीवी खनाल तेस्रो भए भने छात्रा तर्फ कक्षा चारकी सुप्रीया थापा पहिलो, कक्षा चारकी झरना शाही दोस्रो र कक्षा पा“चकी एलिशा थापाले तेस्रो स्थान हासिल गरिन् ।
यस अघि विद्यालयले शिक्षक कर्मचारीको क्रिकेट प्रतियोगिता, रक्तदान कार्यक्रम, प्रदेश अस्पताल सेरोफेरो सरसफाइ कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
एसओएस सप्ताह आइतबार सम्म चल्ने भएकोले विविध कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका प्राचार्य जगदिश ढकालले जानकारी दिए ।
कार्यक्रममा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द कुमार गिरीले मध्यम तहको उद्घाटन कुमाइचोकबाट विद्यालयका प्राचार्य जगदिश ढकालले गरेका थिए ।
त्यस्तै प्राथमिक तहको भैरवस्थानबाट विद्यालयका सहायक प्राचार्य हरिहर बस्नेतले उद्घाटन गरेका थिए।