बालबालिकाको क्षेत्रमा काम गर्नेलाई एसओएसको सम्मान

सुर्खेत, ९ असार ।
एसओएस बालग्रम सुर्खेतले कर्णाली प्रदेशमा बालबालिकाको क्षेत्रमा विशेष योगदान दिएका ६ जना समाजसेवीलाई सम्मान गरेको छ ।
एसओएस बालग्रामका संस्थापक प्रा.डा.हर्मन माइनरको १०० औं जन्म जयन्ती र एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।


सम्मानित हुनेमा प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसी, कोपिला भ्याली विद्यालयका अध्यक्ष टोपबहादुर मल्ल, आवाज संस्थाका निर्देशक पवित्रा शाही, स्वास्थ्यकर्मी सीता शर्मा, युवा समाजसेवी गजेन्द्र राना र किरण सापकोटा रहेका छन् ।
स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरी र नेपाली सेनाको उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी सरोजप्रताप राणाले उनीहरुलाई दोसल्ला तथा सम्मान पत्र दिएर सम्मानित गरेका थिए ।


कर्णाली .प्रदेशमा जोखिममा रहेका बालबालिकालाई स्वास्थ्य, शिक्षा र सामाजिक पुर्नस्थापनामा स्वयमसेवी ढंगले विशेष योगदान दिएका कारण उनीहरुलाई सम्मन गरिएको निर्देशक मुकुन्दकुमार गिरीले बताए ।
उनले सम्मानबाट उनीहरुलाई बालबालिकाको क्षेत्रमा अझ प्रतिवद्ध भएर लाग्ने हौसला र प्रेरणा प्रदान गर्ने अपेक्षा लिएको पनि उल्लेख गरे ।
सम्मानित व्यक्तित्व डा. नवराज केसीले आफु परिवर्तन नभई समाज रुपान्तरण गर्न नसकिने भएकोले सवैभन्दा पहिला व्यक्ति स्वयम परिवर्तन हुनु पर्नेमा जाड दिए ।


उनले एसओएस बालग्रामले गरेको सम्मानबाट आफुहरुमा थप हौसला बढेको बताउदै एसओएसका सवै अभियानमा सक्दो साथ दिने प्रतिवद्धता व्यक्त गरे ।
स्थापना दिवसकै अवसरमा एसओएस बालग्राम नेपालले एसओएस बालग्राम सुर्खेत र यस अन्र्तगत रहेका परियोजनामा २५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरेको छ ।


सम्मानि हुनेमा एसओएस बालग्रामका आमा शर्मिला केसी, राद्या ज्ञवाली, धना थापा, गीता खनाल, दुर्गा घिमिरे, पार्वती चौधरी रत्न रोकाय, लालबहादु सुनार, मोति गिरी, रहेका छन् ।
यस्तै हर्मन माइनर विद्यालयका लेखापाल बिनयराज श्रेष्ठ रप्राविधिक मुन्नन बाल्मिकी, शिक्षक रवीलाल सिंह, यामबहादुर चौधरी र रमेश श्रेष्ठ पनि सम्मानित भएका छन् ।


यसैगरी एसओएस सामाजिक केन्द्र सुर्खेतमा कार्यरत कर्मचारी बाटुली चौधरी, मानकुमारी चौधरी र धनकुमारी चौधरीलाई पनि सम्मान गरिएको एसओएसले जनाएको छ ।
उक्त कार्यक्रममा एसओएस बालग्रामलाई १० वर्षदेखि निरन्तर रुपमा सहयोग गदै आएका स्थानीय चन्दादाताहरु कमल नेपाल, खगेन्द थापा, रामकिशन गुप्तालगायत ३३ जनालाई समेत सम्मान गरिएको थियो ।


एसओएस बालग्राम सुर्खेतको बाल संरक्षित कामबाट प्रभावित हुदै उक्त कार्यक्रममा सहभागी भएका २५ जना व्यक्तिहरुले स्थानीय चन्दादाताको रुपमा अवदेखि निरन्तर रुपमा सहयोग गर्ने भएका छन् ।
उनीहरु बालग्रामको नयाँ सहयोगी मित्र पनि बनेका छन् । बीरेन्द्रनगर नगरपालिका वडा न ४ र एसियन लाइफ इन्स्योरेन्स संस्थागत रुपमा नयाँ सहयोगी मित्र बनेको छन् ।


एसओएस बालग्रामका संस्थापक प्रा.डा.हर्मन माइनरको १०० औं जन्म जयन्ती र एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रममा भएका विभिन्न प्रतियोगीताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार पाउने खुल्ला बाल नृत्य प्रतियोगीता, खुला म्याराथन दौड र आन्तरिक शिक्षक कर्मचारी खेलकुद प्रतियोगीताका बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।


कार्यक्रममा एसओएस बालग्रामका निर्देशक मुकुन्द्रकुमार गिरीले एसओएस बालग्राम सुर्खेत र यस अन्र्तगतका परियोजनाहरुले गदै आएका कार्यक्रम र संस्थाको पृष्ठभूमिका बारेमा जानकारी दिएका थिए ।
उनले नेपाल सरकारले अघि सारेको संमृद्ध नेपाल र सुखी नेपालीको नारालाई मूर्तरुप दिन कर्णाली प्रदेशका सवै स्थानीय तहले बालबालिकाको संरक्षर र हितमा विशेष ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।
स्थापना दिवसको अवसरमा एसओएस बालग्राम सुर्खेतले आयोजना गरेका खेलकुद, सामुदायिक सेवाका कार्यक्रम लगायत सप्ताहव्यापी रुपमा आयोजना गरेका सवै कार्यक्रमहरु सम्पन्न भएका छन् ।

प्रकाशित मितिः ९ असार २०७६, सोमबार १०:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *