एसओएसले दियो, विद्यार्थीलाई निशुल्क कम्प्युटर शिक्षा

सुर्खेत, १९ असार ।
एसओएस सामाजिक केन्द्र सुर्खेतले संचालन गरेको तीन महिने निशुल्क कम्प्युटर तालिम विहीवार सम्पन्न भएको छ । एसओएस सामाजिक केन्द्रको छात्रबृत्ति सहयोगमा विभिन्न सरकारी विद्यालयमा अध्ययरत विद्यार्थीलाई तालिम दिइएको थियो ।


कक्षा १० को सि परीक्षा सकिए लगतै २२ जना बिद्यार्थी भाइबहिनीलाई निशुल्क तालिम दिएको सामाजिक केन्द्रका प्रमुख श्याम क्षेतीले बताए ।
बिगत ७ वर्षदेखि १ सय १६ जना विद्यार्थीलाई आधारभुत कम्प्युटर शिक्षा दिएको उनले बताए । आधारभूति तालिम लिएका विद्यार्थीबाट छनौट गरेर केहीलाई ६ महिने कोर्स पनि निशुल्क रुपमा सिकाउने क्षेतीले उल्लेख गरे ।


तालिम समापनमा बोल्दै सहभागी विद्यार्थीहरुले पहिलो पटक कम्प्युटर छोएको र ज्ञान हासिल गर्ने अवसर दिएकोमा एसओएसलाई धन्यबाद दिएका छन् ।
आफुहरुले पाएको ज्ञान, सीपलाई निर्खान आगामी दिनमा एसओएस सामाजिक केन्द्रबाट थप सहयोग पाउने अपेक्षा समेत राखेको उनीहरुले बताए ।


तालिम समापनमा बोल्दै एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले कम्प्युटर शिक्षा आजको आवश्यकता भएकोले तालिममा सिकेका कुरालाई बढी भन्दा बढी व्यवहारमा लागु गर्न सुझाव दिए ।
उनले स्थापना कालदेखि नै एसओएसले सामाजिक क्षेत्रमा उल्लेख काम गदै आएको समेत बताए ।कार्र्यक्रम तालिमका सहभागी विद्यार्थीलाई मामायाको चिनो प्रदान गरिएको छ भने तालिम अवधिमा नियमित आउने विद्यार्थी बालिका चालिसे र उत्कृष्ट विद्यार्थी सन्तोष चौधरीलाई पुरस्कार दिइएको थियो ।


यस्तै सहभागी बिद्यार्थीहरुले आफ्नो तर्फबाट कम्प्युटर शिक्षक उपेन्द्र मल्ल र एसओएस सामाजिक केन्द्र प्रमुख श्याम क्षेत्रीलाई मायाको चिनो दिएका छन् ।


तालिम समापनमा एसओएस हर्मन माइनर बिद्यालयका प्राचार्य जगदिश ढकाल, एसओएस बालग्रामका नायव निर्देशक शुशीलमणी ज्ञवालीलगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण बिद्यार्थी एलिसा बुढाथोकी मगर र कम्प्युटर शिक्षक उपेन्द्र मल्लले गरेका थिए ।

प्रकाशित मितिः १९ असार २०७६, बिहीबार १६:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *