हर्मन माइनर सुर्खेत देशकै उत्कृष्ट विद्यालय

सुर्खेत, ३१ असार ।
सुर्खेतको एसओएस हर्मन माइनर विद्यालय नेपालका ३२ उत्कृष्ट विद्यालय भित्र परेको छ ।  हिमाल खबर पत्रिकाले गरेको देश व्यापी सर्वेक्षणमा हर्मन माइनर ३२ उत्कृष्ट विद्यालयभित्र पर्न सफल भएको हो ।
विभिन्न बोर्ड परीक्षाको नतिजा, सिर्जनशीलता, व्यावहारिक ज्ञान, विद्यालयको भौतिक पूर्वाधार, शिक्षक तथा सञ्चालकहरुको पृष्ठभूमि शिक्षण विधि आदि हेरेर देशभरीका ११ र १२ को पढाइ हुने ३ हजार ५८५ विद्यालयमा राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षालाई आधार बनाएर उत्कृष्ट विद्यालय छनोट गरिएको बताएको छ ।


सुर्खेतको बीरेन्द्रनगरमा रहेको यो विद्यालय देशकै उत्कृष्ट विद्यालय भित्र परेको कर्णाली प्रदेशकै एउटा मात्र भएको विद्यालयका प्राचार्य जगदिश ढकालले बताए ।  एसओएस बालग्राम अन्तर्गत सञ्चालित यो विद्यालयको आफ्नै खालको शैक्षिक र प्राकृतिक मनोरम वातावरण रहेको पनि उनले बताए ।
उत्कृष्ट ३२ भित्र काठमाडौँ उपत्यकाका १३ विद्यालय र वाकी राजधानी बाहिरका परेका छन् । स्थापनाकाल देखि नैे विद्यालयले राम्रो नतिजा हासिल गरिरहेको एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द्रकुमार गिरीले बताए ।

प्रकाशित मितिः ३१ असार २०७६, मंगलवार २२:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *