सुविधा विस्तार गर्दै हर्मन माइनर विद्यालय

सुर्खेत, ५ कार्तिक ।
कर्णाली प्रदेशकै उत्कृष्ट विद्यालय एसओएस हर्मन माइनर माध्यामिक विद्यालयले विद्यार्थीको लागि सुविधा विस्तार गरेको छ । विद्यार्थीको लागि ८० सिट क्षमताका दुई वटा नयाँ बस ल्याएको प्राचार्य जगदिश ढकालले बताए ।
यसअघि भाडामा लिएर पुराना बस संचालन गरिरहेकोमा विद्यार्थीको सुविधालाई ध्यानमा राखेर नयाँ बस ल्याएको उनको भनाई छ । उनले प्राचार्यको जिम्मेवारी समालेको छोटो समयमै छात्राहरुको लागि स्यानेटरी प्याड भेन्डिङ मेसिन जडानलगायत विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि महत्वपूर्ण कदमहरु चालेका छन् ।


व्यक्ति एक्लैले चाहेर पनि केही गर्न सक्दैन्, उनले भने, एसओएसका निर्देशकसहित सवै शिक्षक, कर्मचारी र अभिभावकको संयुक्त प्रयायबाट पछिल्लो समय विद्यालयले नयाँ उचाई लिदैछ ।
अहिलेकै गतिमा अघि बढे अर्को बर्षसम्ममा विद्यालयको शैक्षिक गुणस्तरले महत्वपूर्ण फट्को मार्ने विश्वास अभिभावकहरुको छ ।

प्रकाशित मितिः ५ कार्तिक २०७६, मंगलवार ०९:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *