एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले यसपाली आफ्नो बार्षिक उत्सव नयाँ र फरक ढंगले मनाएको छ ।
बार्षिक उत्सवको अवसरमा बर्षभरी विद्यालयले संचालन गरेका विभिन्न खेलकुद प्रतियोगीताका बिजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरेको विद्यालयका प्राचार्य जगदिश ढकालले बताए । यसपालीको बार्षिक उत्सव आफुहरुले नयाँ र फरक किसिमले अनुभूति गरेको अभिभावकहरु बताउँछन् ।