७ करोड ७५ लाख रुपैयाले बनेकाे ज्यान, कफी खादा छाँयामा नाक, कान नभएकाे देखे

20160615_083659सुर्खेत,  २३ साउन ।

८ वर्ष अघि बर्माको एक सामुद्रिक पानी जहाजमा बम बिस्फोट हुँदा १३ जना मध्ये १२ जनाको घट्नास्थलै मृत्यु भएको थियो । त्यही घटनामा परी दैलेखको मालिका गाविस ८ का निरकबहादुर शाही भने बाँन्न सफल हुनुभयो । मृत्युलाई पनि जिन्नु भएका शाही शारीरिक अपाडगतालाई पराजित गदै अहिले अघि वढिरहनु भएको छ । दुई वर्षदेखि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एचए पदमा कार्यरत उहाँ डाक्टर वनेर दुर्गम क्षेत्रका जनताको सेवा गर्ने सोचमा हुनुहुन्छ ।
अहिले वीरेन्द्रनगर नगरपालिका –१८ उत्तरगंगा सुर्खेतमा वस्नु भएका शाही सन् २००८ जनवरी महिनामा टाइम वम विष्फोटमा परेको वताउनु हुन्छ । उहाँ भन्नुहुन्छ त्यहाँको समय अुनसार विहान ५ बजेको थियो । म पानी जहाजको माथिल्लो कोठावाट तल्लो कोठामा झदै थिए । स्याउको पेटी छरिएको र मान्छेहरु लडिरहेको देखे । के भएछ भनेर उठाउन खोज्दा एक्कासी वम विस्फोट भयो । झ्याप्पै लागेको मात्रै थाहाँ पाउछु । त्यसपछि के भयो थाहाँ भएन । बम बिष्फोटमा परेपछि मलाई समुद्रको वीचवाट उद्धार गरेर जमिनमा ल्याएछन । डेढ घण्टामा आङ साङ सुकीको देश बर्मामा ल्याइएछ ।
१ सय ५ दिनपछि होसमा…
अस्पताल पुरयाएपछि यहाँ वचाउन सकिदैन । राम्रो ठाउँमा लिएपछि मात्रै बचाउन सकिन्छ भनेपछि थप उपचारको लागि एर एम्वुलेन्स बुक गरेर ३ दिनपछि कम्पनीले थाइलण्डको राजधानी वैंकक ल्याएछ । म होसमा थिएन । अरुले भनेको सुनेको । उपचार गराउदै गर्दा १ सय ५ दिनपछि बल्ल म होसमा आएको थिए ।
घरमा कसैलाई पनि थाहाँ थिएन । आइसीयूमा राख्दा मेसिनमै जडान भएको जस्तै लागेको थियो । होसमा आएपनि बोल्न सकिन । हातले इसरा गरे । मलाई पासपोर्ट ल्याएर देखाइयो ।उपचारमा संलग्न स्वास्थ्यकर्मीले १ सय ५ दिनपछि होसमा आएको कुरा बताएका थिए । त्यसपछि थप एक महिना आइसियूमा राखियो । मलाई के भएछ । कसको के विगारेछु भन्ने लाग्यो । अस्पतालमै नेपालमा काम गरेकी एक जना विदेशी सिस्टरसँग भेट भयो । उहाँ एसओएस संस्थामा काम गर्नु हुदो रहेछ । उहाँले मलाई हरेस नखान सुझाव दिनुभयो । उहाँ नेपाली वोल्नु हुन्थ्यो । उँहाले नै मलाई वाँच्ने हैसला दिनुभयो ।
कफीको छायामा कान, नाक नभएको थाहाँ पाए …
आइसीयूवाट क्याविनमा सिप्ट गर्यो । मलाई त्यतिवेलासम्म कान छैन, नाक छैन, अनुहार पुरै डढेको छ भन्ने महसुस भएको थिए । एक महिनापछि अस्पतालको शौचालयमा राखेको सिसा उठाएर लग्यो । सायद मनोवल घट्छ भनेर होला । एकदिन कफी खाने क्रममा मैले मेरो छाया त्यसमा देखे । मेरो नाक थिएन, दाँतहरु तारले वाधेको थियो, ओटहरु पनि थिएन, अनुहार डढेको थियो । त्यतिवेलै मलाई सुई दिएर फेरी वोहोस वनाइयो । शरीरको अन्य भागको मासपेशी हाल्दै थियो । केही दिनपछि मलाई स्टेरमा राखेर विभिन्न कोठाहरुमा लगियो । त्यहाँ मैले मेरो भन्दा पनि अझ दर्दनाक अवस्था भएका व्यक्तिहरुलाई देखे । कसैको कम्वर भन्दा मुनी केही थिएन । कसैको हात थिएन । त्यसपछि बल्ल मैले सोचे मलाई त खासै केही भएको छैन ।
मैले सोचे मेरो खुटटा त केही भएको छैन । हिड्न सक्छु भन्ने आत्मविश्वास जागेर आयो । त्यो महंगो अस्पतालवाट मलाई सस्तोमा सारियो । त्यहाँ म डेड महिना वसे । मेरो पक्षवाट बोलि दिने कोही थिएन । अहिले उपचार यति नै हो । पछि प्लास्टिक सर्जरी गर्नुपर्छ । तपाई आराम गर्न नेपाल जानुहोस भनियो । तर मैले मानिन् । मलाई एकदमै दवाव आयो । गएको पनि पर्यटन भिसा जस्तैमा हो । मैले नमानेपछि थाइलण्डमा रहेको नेपाली दुतावससगँ कोरियन कम्पनीले सम्पर्क गरेछ । दुतावासका मान्छेहरु आएर अहिले नेपाल जानु पछि उपचारको लागि वोलाउँछ भनेपछि विश्वासमा परे ।
कम्पनीले ६० वर्षसम्म अहिले पाइरहेको तलव उपलव्ध गराउछु भनेको थियो । कागज पनि त्यही अनुसार गरेको छु भन्यो । तर त्यसमा के लेखेको छ भनेर मैले पढिन । पछि थाहा भयो त्यो सवै उपचारमै खर्च गरियो भनेर लेखेको रहेछ । वैककवाट साडे ३ घण्टाको हवाई जहाजको यात्रापछि काठमाडौ पुगियो । मेरो साथमा नर्स पनि आएको थियो । वीर अस्पतालमा पुर्यो । थाइलण्डको अस्पतालवाट वीर अस्पतालमा आउदा त मलाई अस्पताल डुङडुङती गनाएर वस्न सकिन । त्यही अवस्थामै घर फर्किने सोच वनाए ।
घाउ ठिक भएकै थिएन । काठमाडौवाट प्लेनमा नेपालगंज आए । २ दिन नेपालगंज फुपुको छोराहरुसगँ वसे । त्यसपछि दैलेख आए । १० दिनजति घर बसेर फेरी उपचारको लागि काठमाडौतिर लागे । उपचार गर्ने क्रममा काठमाडौका धेरै अस्पताल धाए । शिक्षण अस्पतालमा उपचार भयो । मुख खुलायो । प्लास्टिक सर्जरी गर्यो । हातको छाला लिएर नाक हाल्यो । २१ दिन नाकमा हात टाँसिएको टाँसिएै भयो । त्यसको २ महिनापछि टाउकोमा कपाल रोप्यो । ४ महिनाजति लाग्यो । कपाल आउन । त्यसपछि ओट हाल्यो ।
20160804_080758उपचारमा ७ करोड ७५ लाख रुपैया खर्च …
उपचारमा ७ करोड ७५ लाख रुपैया खर्च भयो । मेरो उपचारमा खर्च भएको विल त्यति रुपैयाको थियो । यो घटना नेपालमा भएको भए वाँचिने अवस्था थिएन । त्यतो खर्च गरेरे कसैले पनि त्यहाँ लिदैन्थ्यो । घटना हुन वित्तिकै मर्रो भनेर बाकसमा हाल्दै गर्दा खुटटा चलेपछि जीउँदै रहेछ भनेर उपचारको लागि लगेको भन्ने सुने । मैले कम्पनीको लागि पनि राम्रै काम गरेकोले उपचार कम्पनीले नै गरेको हो । घटना भएको ४ महिनापछि घरपरिवारसगँ कुराकानी भयो । अस्पतालकै नम्वरवाट घरमा फोन गरे । पहिलो पटक आफन्तलाई फोन गर्दा घरै पुगेको अनुभुति भएको थियो । घरै छु कि जस्तो लाग्यो । त्यसपछि मैले दिनको २ पटकसम्म घरमा फोन गर्थे । फोन महंगो थियो एक पटक गर्दा ८ सय नेपाली रुपैया खर्च हुन्थ्यो ।
पुर्नजन्म हो…
स्याउको पेटीमा टाइम बम राखेको रहेछ । पड्कियो त्यहीवेला परे । हामी १३ जना थियौ । १२ जना साथीहरुको घटना स्थलमै मृत्यु भयो । म मात्रै बाँच्न सफल भए । उपचार गरिहेको वेला साथीहरु मलाई भेटन आउँथे । तँ त धेरै लक्की रहेछस् भन्थे । यो त मेरो पुर्नजन्म हो । विगतमा मैले के गरेको थिए भनेर सवै बिर्सि सके । भविस्यमा के गर्छु त्यो सोचिरहेको छु । पानी जाहाजमा काम गर्न गएको ५ महिनापछि घटना भयो । पानी जाहाजमा धेरै बस्नु हुदैन भनेर जमिनमा आएर फेरी पानी जहाजमा काम गर्न फर्केको ५ दिनमै विष्फोटको घटनामा परे ।
डाक्टर बनेर गरिवको सेवा गर्छु …
मरेको मान्छेलाई स्वास्थ्यकर्मी वचाए । मैले पनि अरुलाई वचाउनु पर्छ भन्ने भावना जागेर स्वास्थ्य पढेको हुँ । मलाई वँचाएर जसरी मैले संचार देख्न सके त्यस्तै अरुलाई पनि म बँचाउछु भनेर स्वास्थ्य क्षेत्र रोजेको हँु । त्यसैले डाक्टर पढ्ने योजना छ । समयले साथ दियो र अवसर पाए भने डाक्टर बन्छु । अहिले ३३ वर्षको भए ४५ वर्षभित्रै डाक्टर पास गर्ने योजना वनाएको छु । उमेरले छेक्दैन । डाक्टर भएपछि सुगममा हैन, दुर्गमा गएर जनताको सेवा गर्ने इच्छा छ । अपाङ्ग कोटावाट पढने अवसर पाए हुन्थ्यो । सरकारले सहयोग गरिदिए हुन्थ्यो । निशुल्क पढने अवसर पाए भने डाक्टर पढछु । म आफैले पैसा तिर्न सकिदिन । मलाई छात्रवृत्रि दिनुपर्यो । दुर्घटमा गएर सेवा गर्ने हो । दैलेख, जारकोट लगायत कर्णालीका जिल्लाहरुमा सेवा गर्ने हो । मलाई पैसा कमाउनु छैन । सेवा गर्ने हो ।
दुर्घटनामा परेको थाहाँ पाएपछि गाउँलेहरु रोए …
म घटनामा परे भनेको थाहाँ पाउँदा गाउँका मान्छे सवै रोएका थिए । वाँचोस् भनेर भगवानको पुकार गरेका थिए । घर फर्किदा १० दिनसम्म भेट्नेको लामै लाइन लागेको थियो ।
20160804_081024हरेस खानु हुदैन…
म अपाङ्ग छु भनेर हिम्मत हार्नु हुदैन । केही गर्न सक्छु भनेर हिम्मतका साथ अघि वढनुपर्छ । हरेस खानु हुदैन । पहिला र अहिलेमा खासै केही फरक हुदैन । खासै केही भिन्नता छैन । जे हुनुथियो भइगयो । हुनेचिजलाई कसैले रोकन सक्दो रहेछन । अरुलाई खुशी दिनसके भने खुशी हुन्छु । विरामीले तपाईले गरेको उपचारले ठिक भए भनेर भन्दा एकदमै खुशी लाग्छ शाहीले भन्नुभयो । १३ सय डलर तलव हुन्थ्यो । २ सय डर अतिरिक्त दिन्थ्यो । पैसा मैले वँचाइन । दुखीहरुलाई दिन्थे । २०५६ सालमा विवाह गरे । एक छोरा एक छेरी छन । बोडिङ्ग स्कूलमा पढ्छन । मेडम गृहनी हुन । हामी ३ भाई छौ । म जेठा हुँ । वुवाआमा दैलेखमै वस्नु हुन्छ । हरेस खानु हुदैन । हुने कुरा भइहाल्छ । भएको कुरा तिर फर्किनु हुदैन ।
माओवादीको डरले ज्यान जोगाउन भारत…
एसएलसी परिक्षाको तयारीमा रहेका शाहीलाई २०५८ साल फागुन २७ गते तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरेका थिए । अपहरणको ४ दिनपछि भागेर उहाँ घर आउनु भयो । अनि एसएलसीको तयारीमा जुटनु भयो । त्यही वीचमा मैले जहाँ भेटिन्छ त्यही खुट्टा भाँच्ने भनेको सुने । खुटटा भाँचि भाँचि के वस्नु भनेर भागेर भारतको वम्वई गए उहाँले भन्नुभयो ।
वम्वइमा गएर काम गर्न थालेको १५ दिनपछि उहाँको नजर एउटा पत्रिकामा छापिएको विज्ञापनमा पर्यो । कोरियाको हुन्डाइ ह्यापी प्रजोक्टको विज्ञापन देखेपछि उहाँ जागिर खोज्दै त्यसको सम्पर्क कार्यालय पुग्नु भयो । विज्ञापन छापिएको पत्रिका लिएरै कार्यालय गए । त्यहाँ एकजना कोरियनसगँ भेट भयो । मलाई कोरियन भाषा नआउने, उसलाई नेपाली नआउने । इसरा इसरैमा कुराकानी भयो शाहीले भन्नुभयो ।
६ महिनासम्म उ सगै रहेर काम गर्नुभयो । शाहीको कामवाट कोरियन निकै प्रभावित भयो । मासिक तलव ६ हजार भारु थियो । खाना पकाउने काम थियो । अढाई वर्षसम्म भारतमै बसेर प्रोजेक्टमा काम गरेपछि शाहीलाई सिंगापुर लग्यो । त्यही प्रजेक्टमा उहाँले ७ वटा देशमा गएर काम गर्नुभयो । प्रोजेक्टमा काम गर्ने सिलसिलामा भारतवाट सिंगापुर, इन्डोनेसिया हुदै शाही बर्मा पुग्नुभयो । पानी जहाजवाट बर्मा पुग्न २७ दिन लागेको सम्झना उहाँलाई ताजै छ । कोरियन कम्पनीले समुद्रमा ग्यास र तेलको खोजी गथ्यो । कम्पनीका कामदारलाई सेनाले सुरक्षा दिइरहेको थियो ।
फर्केर एसएलसी पास गरे…
दैलेखका स्रोत व्यक्ति हिमालयजंग शाहीले एसएलसीको परिक्षा दिन सुझाव दिनुभयो । म लेख्न सक्दैन्थे । ८ कक्षामा पढने भाई राखेर एसएससी दिए । दोस्रो श्रेणीमा पास गरे । यो २०६६ सालतिरको कुरा हो । त्यसछि मलाई स्वास्थ्यकर्मी भएर सर्वसाधारणको सेवा गर्ने इच्छा जागेर आयो । स्वास्थ्यकर्मी नै ठुलो पेशा लाग्यो । कोमामा गएको व्यक्तिलाई वचाउँने स्वास्थ्यकर्मीप्रति माया लगेर आयो । सुर्खेतमा रहेको सेडामा एचए पढे । उपचार गदै पढदै गए । २०७० सालमा एचए पनि पास गरे । अंकलले पढाइमा सहयोग गर्नुभयो ।
एचए पास गरेपछि मध्यपश्चिम क्षेत्रीय अस्पाल सुर्खेतमा भोलेन्टेरको रुपमा ९ महिनासम्म काम गरे । त्यसपछि एक जनाको करार दरवन्दी खाली भयो । मैले त्यसमा फर्म लगाए । १२ जना थिए । अन्तर्वातामा मेरो नाम निश्कियो । २०७२ साल बैसाखदेखि करार सेवामा क्षेत्रीय अस्पतालमै काम गदै आएको छु । इमरजेन्सी शाखा इन्चार्जको रुपमा कार्यरत छु ।
जिन्दगी संर्घषै संर्घष रहेछ …
जीन्दगी भनेको संर्घषै संर्घष रहेछ । तर हरेस खानु हुँदो रहेनछ । संर्घष गर्नुपछि संर्घषले नै मासिनलाई सफल वनाउदो रहेछ । मिहिनेत गर्नु पर्छ मिहिनेतको फल मिठो हुँदो रहेछ । अस्पतालले मलाई दया गरेर हैन सक्षम भएर जागिर दिएको हो । अहिले एचएको स्थायी जागिरको लागि तयारी गरिरहेको छु । स्थायी जागिर खाइएरै छाड्छु ।प्रकाश पन्तसँग गरिएको कुराकानीमा आधारित ।

प्रकाशित मितिः २३ श्रावण २०७३, आईतवार ०३:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *