युवा राजनीतिज्ञ कुलमणी देवकोटाको उडिरहेको जहाज डिस व्यालेन्स हुँदाको त्यो क्षण…

182642_102529166493035_4966051_nकुलमणी देवकोटा सुर्खेतको सामाजिक र राजनीतिक क्षेत्रको एउटा चर्चित र परचित पात्र हुनुहुन्छ । नेकपा एमालेका युवा नेता, झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष र खानेपानी तथा सरसफाई राष्ट्रिय उपभोक्ता महासंघका उपाध्यक्ष समेत रहनु भएका देवकोटाले सानै उमेरदेखि आफुलाई सम्पूर्ण रुपमा सामाजिक र राजनीतिक अभियान्ताको रुपमा आफुलाई स्थापित गर्नु भएको छ ।
जान्ने÷वुझने भएदेखि नै सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय उहाँ सुर्खेतको राजनीतिक र सामाजिक क्षेत्रको अग्रणी व्यत्तित्व मात्र होइन, एउटा खुल्ला किताव पनि हुनुहुन्छ । निस्वार्थ रुपमा समाज सेवा लाग्दा कयौपल्ट मृत्युलाई पनि नजिकैवाट नियालेको अनुभव देवकोटासँग छ । तर पनि उहाँले हिक्मत हार्नु भएको छैन । जस्तो सुकै वाधा÷व्यवधान आएपनि तिनलाई छिचोल्दै अविछिन्न रुपमा उहाँ समाज सेवामा लागिरहनु भएको छ ।
उडिरहेको प्लेन डिस व्यालेन्स हुँदाको त्यो क्षण…
उहाँ भन्नुहुन्छ सामाजिक कामको सिलसिलामा २०६७ सालमा मुगु जाने क्रममा म ठुलो दुर्घटनावाट बाँचेको छु । घटना सम्झदै उहाँले भन्नुभयो प्लेनमा सुर्खेतवाट कर्णाली अन्चलको मुगु जिल्ला जाने वेला काँक्रेविहारदेखि अघि सत्यकाँडाको नजिक उडिरहेको प्लेनको ढोका एक्कासी खुल्यो । ढोक्का खुल्न वित्तिकै तिव्र गतिमिा हावा भित्र पस्दा प्लेन डिस व्यालेन्स भयो । अनि यात्रुहरुमा भय र आतंकको अवस्था सृजना भयो । त्यो यति एयर लायन्सको प्लेन थियो । उडिरहेको प्लेनको ढोका एक्कासी खुलेपछि र भित्रको त्यो अवस्था देखेपछि प्लेन सुरक्षित अवतरण हुन्छ र हामी वाँच्छौ भन्ने कुनै आश थिएन । मृत्युको एकदमै नजिक पुगेको अनुभुति भएको थियो । पाइलटले प्लेन अवतरण गर्न पनि नसक्ने कुराको जानकारी पाएपछि त झन मृत्यु अव निश्चित छ भन्ने लागेको थियो ।
त्यतिवेला प्लेन भित्रका यात्रुहरुको कोलाहाल, चिच्याहाट र त्रासको जुन सीमा थियो त्यो सम्झदा अहिले पनि काहाली लाग्छ । त्यति हुँदा पनि पाइलटले प्लेनलाई सुरक्षित अवतरण गराउन सफल भए । हामी वाँच्यौ । विमानस्थलमा प्लेन सुरक्षित अवतरण भएपछि पनि १० मिनेटसम्म हामीलाई झारिएन । प्लेनवाट झरेपछि भने खुट्टा चलेनन, शरीर कम्पन हुन थाल्यो । पुर्नजन्म भएको अनुभुति भयो ।
यस्तै खानेपानी तथा सरसफाई उपभोक्ता राष्ट्रिय महासंघको कार्यक्रममा सुर्खेत जिल्लाको प्रतिनिधित्व गदै २०६५ सालमा काठमाडौ गए । कार्यक्रम सकेर फर्किने बेला पनि ठुलो दुर्घटनावाट जोगिन सफल भए । त्यतिवेला थारुहटको आन्दोलन चलिरहेको थियो । दाङको भालुवाङ भन्दा केही पश्चिम आएपछि रातीको समयमा हामी चढेको गाडीमाथी एक्कासी आक्रमण भयो । ढुंगा बर्साउने थाले । प्रहरीले स्कटिङ गरेर ल्याएको थियो । गोली पनि चल्यो । ३ जना घटनास्थलमै मारिए । त्यतिवेला ठुलो चोट लाग्यो । ढुंगा लाग्दा नाक भाँचियो । नाक भन्दा अलिकति दाँयावायाँ लागेको भए वाँच्ने सक्ने अवस्था हुदैन्थ्यो । यो सवै सर्जरी गरेर ठिक भएको हो आफनो नाक देखाउदै देवकोटाले भन्नुभयो उपचार गर्न ६ महिना लाग्यो । चोट लागेपछिको अनुहार हेर्दा यो अवस्थामा आउछु भन्ने लागेकै थिएन । आर्थिक रुपमा पनि धेरै खर्च भयो ।
राजनीतिक र सामाजिक सेवामा प्रवेस …
जन्मिसकेपछि सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रले मान्छेलाई स्वभाविक रुपमा आर्कषित गदो रहेछ । व्यक्तिगत स्वभावले पनि मेल खाने र वस्तुगत आवश्यकताले पनि त्यतातिर तान्ने परिस्थीति सृजना हुदो रहेछ । राजनीतिकमा आउनको लागि स्वभाविक रुपमा केही प्रेरणाका स्रोतहरु हुन्छन । म वामपन्थी राजनीतिवाट प्रभावित हुनुको मुख्य प्रेरणाको स्रोत केदार कँडेल हुनुहुन्छ । उहाँ सुर्खेतको कम्युनिष्ट आन्दोलनको एउटा स्थापित नेता पनि हुनुहुन्छ । उहाँले गरेको राजनीतिक देखेर मैले राजनीतकि यात्रा सुरु गरेको हुँ । सामाजिक क्षेत्रमा भने सानैदेखि विकास निर्माण, शिक्षा, खानेपानीको पूर्वाधार निर्माण, टोलमा शान्ति सुरक्षा देखि लिएर रक्सी विरोधी अभियानमा सहभागी भए । स्कुल र क्याम्पस पढ्दा समेत यस्ता अभियानमा निरन्तर सहभागी भैइरहे । त्यसपछि विद्यार्थी राजनीतिमा संगठित भए । जागिर खाने अवसर पनि थियो । तर खाइन । समाज सेवालाई नै मुल एजेण्डा वनाएर अघि वढे ।
२०३६ सालको जनमत संग्रहको राजनीतिक चर्चा परिचर्चा एकदमै नजिकवाट जान्ने वुझने मौका उहाँले पाउनु भयो । किनकी उहाँ जुन ठाउँमा जन्मनु, हुर्कनु भएको थियो त्यो राजनीतक संवाद र छलफल हुने थलो थियो । त्यतिखेर एकतिर पंञ्चायतको नेतृत्व गर्ने गंगाप्रसाद सुवेदी लगायतका नेताहरु हुनुहुन्थ्यो भने अर्कोतिर पंञ्चायतको विरुद्ध वकालत गर्ने र वहुदलको पक्षमा लाग्नेहरु पनि सक्रिय थिए । देवकोटाले सानै उमेरमा दुवै पक्षका कुराहरु वुझने, सुन्ने मौका पाउनु भयो । अनि त्यसले पनि राजनीतिक वाटोमा हिड्ने प्रेरणा दिएको उहाँ वताउँनु हुन्छ ।
अनेरास्ववियुमा संगठिन भएर राजनीतिक यात्रा सुरु गर्नु भएका उहाँ २०४६ सालको जनआन्दोलमा सहभागी हुनुभयो ।यसपछिका आम निर्वाचन र स्थानीय निकायको निर्वाचनमा सक्रिय भएर लाग्नुभयो । नेकपा मसालमा आवद्ध भएर उहाँले वामपन्थी राजनीति सुरु गर्नु भएको थियो । त्यसपछि भने उहाँ निरन्तर रुपमा नेकपा एमालेमा आवद्ध भएर राजनीतिक यात्रा अघि वढाई रहनु भएको छ ।
२४ वर्षमै जनताको प्रतिनिधी चुनिदा…
समाज सेवाप्रतिको निष्ठा र इमानदारिताकै कारण सुर्खेतको राजनीतिक र सामाजिक क्षेत्रमा आफनो छुट्टै पहिचान स्थापित गर्न सफल नेकपा एमाले सुर्खेतका युवा नेता तथा झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटामा सानै देखि नेतृत्व गर्न सक्ने क्षमता थियो । त्यसैले होला २०५४ सालमा २४ वर्षकै वर्षको उमेरमा जनप्रतिनिधीमा निर्वाचित हुनु भयो । त्यसपछि उहाँले सामाजिक क्षेत्रमा रहेका काम गर्दा अरु थुप्रै चुनाव जित्दै अघि वढनु भएको छ ।
२०५४ सालको स्थानीय चनाव उहाँले स्वतन्त्र रुपमा जित्नु भएको थियो । सानै उमेरदेखिको समाज सेवा गरेकै कारण उहाँले चुनाव जित्नु भएको थियो । स्वतन्त्र रुपमा उमेदवारी दिनु भएका देवकोटालाई जर्वुटा गाविसको वडा न १ का जनताले वडाध्यक्षमा जिताएका थिए । वडाध्यक्ष भएपछि राजनीति र समाजिक क्षेत्रमा थप क्रियाशिल भएर लाग्ने हौसला मिल्यो । त्यसैले जनताको यो विश्वास, माया ममता र सदभावलाई कसरी जोगाई राख्ने र समाजप्रति अझ बढी कसरी जिम्मेवार हुने भन्ने भावनाले यसमा क्रियाशिल भएर लागेको उहाँको भनाई छ ।
वुवाको चाहाना…
देवकोटको वुवा भारतीय सेनामा जागिरे हुनुहुन्थ्यो । वुवाको इच्छाचाही छोरालाई आफु हिडेकै वाटोमा हिडाउने चाहाना थियो । तर उहाँ भने वुवाले हिडेको वाटोमा हिडनु भएन राजनीतिक र सामाजिक क्षेत्रको वाटोमा लाग्नुभयो । जतिवेला जान्ने वुझने भए त्यतिवेला देखि नै पूर्णकालिन सामाजिक कार्यकर्ता भएर समाजको सेवा गर्ने संलल्प गरिसकेको थिए । सामाजिक विकृति र विसंगति विरुद्ध लड्दै समाजलाई सही मार्गमा हिडाउने भावना जागृत भएको थियो । त्यसलाई पुरा गर्न दृढ संकल्पिक भएर अघि बढने योजना वनाएकोले फरक मार्ग अपनाउन पुगे उहाँले भन्नुभयो ।
समाज सेवामा चुनौति…
सिद्धान्तमा एउटा र व्यवहारमा अर्कै कुरा गरेर हिड्ने मान्छेहरुको दवदवा समाजमा भएकोले त्यसलाई चिरेर अघि वढनु पर्ने मुख्य चुनौति देवकोटा देख्नु हुन्छ । अर्कोतिर समाजमा विकृति र विसंगतिहरु पनि मौलाउदै गएका छन । तिनलाई परास्त गर्न उठने आवाजहरु पनि विस्तारै मसिनो हुदै गएका छन । यस्तो खालको प्रवृतिले गर्दा सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल रही रहन निकै चुनौति भएको देवकोटाको अनुभव छ । प्रतिस्पर्धावाट श्रेष्ठता हासिल गर्ने जुन विधी र पद्धति हामीले अपनाएका छौ । यो नै प्रजातन्त्रको सुन्दर पक्ष हो । त्यसैले प्रतिस्पर्धा गर्दा एकतालाई विर्सनु हुदैन र एकता गर्दा पनि प्रतिस्पर्धालाई विर्सने हुदैन । निष्ठालाई आत्मसाथ नगरी फाइदा र वेफाइदालाई मात्र हेरेर राजनीतिक र समाजिक क्षेत्रमा लागियो भने त्ससमा टिक्न सकिदैन देवकोटा भन्नुहुन्छ ।
भावी योजना…
नेपाल खानेपानी तथा सरसफाई उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका देवकोटाको राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय भएर लागि रहने भावी योजना छ । विशेष गरी खानेपानी र सरसफाईको क्षेत्रमा आवद्ध भएको नाताले जनतालाई सफा र स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रयासमा उहाँ हुनुहुन्छ । यसमा भएका नीतिगत कमीकमजोरीलाई सच्याउन प्रयास गर्ने उहाँको योजना छ । ग्रामिण क्षेत्रका जनताले खानेपानी र सरसफाइको क्षेत्रमा भोगेका समस्यालाई कसरी समाधान गर्नको लागि वनेको रणनीतिक योजनालाई कसरी कार्यान्वयन गर्ने भनेर राज्यलाई झक्झक्याउने योजना पनि देवकोटाले वनाउनु भएको छ । यस्तै सुर्खेत उपत्यकामा दीर्घकालिन खानेपानीको समस्या समाधान गर्नको लागि पनि उत्तिर्कै क्रियाशिल रहने उहाँ वताउनु हुन्छ ।
अन्त्यमा…
राजनीतिक र सामाजिक क्षेत्रमा आउने चाहान भएका व्यक्तिहरुले सिद्धान्त र व्यवहारवीचको तादम्यता मिलाउनु पर्ने उहाँको सुझाव छ । यदि सिद्धान्त र व्यवहारवीचको तादम्यता मिलेन भने त्यसको कुनै अर्थ हुदैन । त्यस्तो कोरा सिद्धान्तले केही हुदैन । व्यवहार विनाको सिद्धान्त अर्थहिन हुन्छ । समाजको आवश्यकतालाई प्रतिनिधत्व गर्नको लागि निष्ठापूर्वक राजनीतिक र सामाजिक क्षेत्र लाग्नु पर्छ । राजनीतिक र सामाजिक क्षेत्रमा लागेका मान्छेहरुमा जस्तो सुकै अप्ठ्यारा चुनौतिको समाना गर्नु परेपनि इमानदारिता हुनै पर्ने देवकोटाको भनाई छ । उहाँ सुझुाव दिनुहुन्छ हामी जुन क्षेत्रमा लागेका छौ त्यही क्षेत्रमा राम्रो गरौ । त्यही क्षेत्रमा श्रेष्ठता हासिल गर्ने प्रयास गरौ । अरुको आलोचना गरेर हैन आफुले केही गरेरे देखाउने आँट गरौ । उसले यो गरेन त्यो गरेन भनेर वस्नुभन्दा पनि आफुले आगामी दिनमा के गर्ने भनेर योजना वनाऔ । अन्धकारलाई सराप्नु भन्दा एउटा दियो वाल्नु वेस हुन्छ भने उक्तिलाई मनन गदै अघि वढ्यो भने मान्छे एक न एक दिन त्यो मान्छे सफल भएरै छाड्छ । आफनो समाज, परिवार र देशको लागि मैले यो गरे भनेर गर्वका साथ भन्ने रचनात्मक काम गरौ । समाजको वस्तुगत आवश्यकता र चाहाना पनि अहिले यही नै हो । पत्रकार प्रकाश पन्तसँगको कुराकानीमा आधारित 

प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *