ह्वील चेयरको साहारामा ज्ञानको ज्योति वाँड्दै राजनकुमार कँडेल

12345408_922533971128672_2136279353282779182_nसुर्खेत, ३ भदौ ।
सुर्खेत क्याम्पस शिक्षाका सहायक क्याम्पस प्रमुख राजनकुमार कँडेलले २४ वर्षको उमेरमा हिड्डुल गर्ने सार्मथ्य सधैको लागि गुमाउनु भएको थियो । चामुन्डा–८ दैलेखका कँडेल आफुले पढाएका विद्यार्थीको सफलतालाई नै आफनो सफलता ठान्नुहुन्छ । उहाँ अपांगता भएका व्यक्तिलाई दया नभई अवसर दिनु पर्ने र उनीहरुको लागि अपाग मैत्री संरचना वनाउनु पर्नेमा जोड दिनुहुन्छ । शारिरीक रुपमा कमजोर हुदैमा केही फरक पदैन इच्छाशक्ति भए संसार बदल्न सकिन्छ भन्ने कँडेलको अनुभववाट सिद्ध हुन्छ ।
सायद, त्यो घटना गाउँमा भएको भए स्पोट डेथ हुन्थ्यो । काठमाडौमा पनि त्यति धेरै साथीहरु र सहयोगी हातहरु नभएको भएपनि वाँच्न सक्ने अवस्था हुर्दैन्थ्यो । अस्पताल पुरयाउदासम्म मेरो शरीरमा २ प्वाइट मात्र रगत वाकी थियो । स्थीति अत्यन्त गम्भिर थियो । त्यसैले यो प्राण आधा म वाँचेको हो । आधा प्राण साथीहरुले सृजना गर्नु भएको हो ।
२०६३ साल साउन ५ गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको कान्ति छात्रवासको छतवाट खेपछि स्पाइनल कर्ड इन्जुरी भयो । साँझको समय खाना खानेवेला भएको थियो । वाहिर निस्केको थिए । चिप्लिएर एक्कासी छतवाट खस्न पुगेको छु । केहीवेरसम्म वाहिरवाट नआएपछि भतियो भुपेन्द्र पौडेलले छतवाट खसेको भेटाउनु भएछ । म होसमा थिएन ।
एक तलाको छत थियो । ३÷४ मिटर अग्लो हुदो हो । खस्दा पेटीको धारमा ढाड परेछ । झ्यालको धारमा टाउको परेछ । म वेहोस भएछु । २२ दिनपछि वल्ल होसमा आए । ह्वील चेयरमा मात्रै वसेर हिड्डुल गर्छु । अध्ययन÷अध्यापन लगायत सवै काम ह्वील चेयरमै वसेर गर्छु ।
होस्टेल वाहिर त्यो दुर्घटना हुन्थ्यो भने वाँच्न सक्ने अवस्था नै हुदैन्थ्यो । त्यहाँ धेरै साथीहरु हुनुहुन्थ्यो । तत्काल उद्धार गरी अस्पताल पुरयाउनु भएछ । अस्पतालले ५ लाख डिपोजिट गरेपछि मात्र उपचार सुरु गर्ने भनेछ । घर दैलेखवाट त्यो पैसा जम्मा गरेर पठाउने वेलासम्म वाँच्न सक्ने अवस्था हुदैन्थ्यो । साथीहरुले नै तत्कालै ५ लाख रुपैया डिपोजिट गर्नु भयो । अनि मेरो ज्यान वचाउनु भयो । तत्कालिन त्रिभुवन विश्वविद्यालयका स्ववियू सभापति भिम शीरिषको सक्रियता र साथीहरुको साथले गर्दा नयाँ जीवन पाएको हुँ । सवै पैसा जोड्दा उपचारमा २० लाख रुपैया खर्च भयो । त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा २१ दिन वसे । ६ महिना स्पाइनल कर्ड इन्जुडि उपचार केन्द्रमा वसेर उपचार गरे ।
20160717_124045-2स्नातकोत्तर तहको थेसिस गर्न वाकी थियो । उपचारसगसगै फेरी त्यही होस्टेलमा वसेर थेसिस सके । पढाईको सवै काम सकिएपछि काठमाडौवाट फर्के । दैलेख जान सक्ने अवस्था भएन, किनकी पहाडमा ह्वील चेयरको सहज पहुँच हुदैन्थ्यो । सुर्खेतको वीरेन्द्रनगरमै वस्ने सोच वनाए । सुर्खेत आएपछि सवै कथाव्यथ तत्कालिन शिक्षा क्याम्पसको प्रमुखलाई वताए । अंग्रेजी विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नु भएका कँडेलको तत्कालिन क्याम्पस प्रमुखले कुरै सुन्न चाहानु भएन । उठेर पढाउनेहरुले त सकेका छैन ह्वील चेयरमा वसेर कसरी पढाउनु होला भनेर जवाफ दिए ।
कँडेलले क्याम्पसमा पढाउने चाहाना राखेपछि उहाँलाई धेरै मान्छेले प्रयास गर्नुभयो । तर कसैका कुरा सुनिएन । यो सन्दर्भमा स्वर्गिय चेतानन्द स्वामी लगायत धेरैलाई उहाँ सम्झनु हुन्छ । खाने मुखलाई जुँगाले छेक्दैन भनेझै त्यसको एकवर्ष पछि कँडेललाई उहाँकै गुरु विष्णुहरी शर्माले त्यो अवसर जुटाइ दिनुभयो । उहाँ सरुवा भएर सानो ठिमी क्याम्पस भक्तपुर गएपछि कँडेलले पढाउने अवसर पाउनु भयो । जाने वेला शर्माले कँडेललाई राखेर जानुभयो । त्यसपछि वल्ल उहाँले सुर्खेत क्याम्पसमा पढाउने अवसर पाउनु भयो । उहाँ भन्नहुन्छ मैले मिहिनेत गरेर पढाए । मेरो पढाईवाट विद्यार्थीहरु पनि प्रभावित हुनुभयो । उठेर पढाउने भन्दा मेरै कक्षामा बढी विद्यार्थी हुन थाले । सेक्सन विभाजन हुँदा अरुको कक्षा खाली हुने मेरो कक्षा भरिने अवस्था सृजना भयो । मेरो प्रयासले सार्थकता पाउँदै गयो । त्यसपछि उहाँ क्याम्पसमा पूर्णकालिन शिक्षक हुदै अहिले सहायक क्याम्पस प्रमुख वन्न सफल हुनु भएको छ ।
आकस्मिक रुपमा घटना घटेपछि जीवन नै समाप्त भएको जस्तो उहाँलाई लागेको थियो । अव केही गर्न सकिदैन । सवै कुरा सकियो भन्ने लागेको थियो । तर पछि विस्तारै विस्तारै आत्मवल बढदै गयो । सवल जीन्दगीले यहाँसम्म ल्यायो भने अव अपांगता भएपनि केही न केही गरेर देखाउनु पर्छ भन्ने हिक्मत वोकेर अगाडी वढिरहेको छु कँडेलले उल्लेख गर्नुभयो ।
10855011_852936688106741_1324538535509995888_oअपाग हुदैनमा जीवन समाप्त हुदैन
हिड्न नसक्दैमा जीवन समाप्त हुँदो रहेनछ । अपागता हुदैमा सारा खतव हुदैन देश र समाजको केही गर्न सक्छौ । परिवर्तन ल्याउन सक्छौ । त्यसैले अपागता भएका व्यक्तिलाई दयामाया हैन, अवसर दिनुपर्छ । अवसर दियो भने वाँकी कुराहरु स्वयम व्यक्तिले गर्न सक्छ । मेरो पनि कुनै वेला आत्मवल घटेकै हो । आत्मवल घटाएर समस्याको समाधान हुदैन । जीवन संर्घष हो भनेर धेरैले पढेका हुन्छन । तर जीवनमा संर्घष गरेर देखाउन त्यति नै कठिन छ । प्रत्येक मान्छेलाई केही न केही समस्या दिइएको हुन्छ । त्यो एक किसिमको परिक्षण पनि हो ।
मैले खुटटा चलाउन सक्दिैन । तर भगवानलाई धन्यवाद दिन्छु । हात चलाउँन त सक्छु । मस्तिष्क चलाउन त सक्छु । त्यो चोट माथी लागेको भए हात र मस्तिष्क चल्दैन्थ्यो होला । सकारात्मक तरिकाले सोच्यौ भने स्थीतिको सामना गर्न सक्ने कँडेलको भनाई छ । उहाँ भन्नुहुन्छ यतिराम्रो मान्छे म खतम भए । वर्वाद भन्ने सोच्यो भने सवल व्यक्तिले पनि त आत्महत्या गरेका उदाहरण छन । समस्या पर्दैमा सवै हारिएको हुदैन । इतिहासमा सवै बिजेता पनि त छैनन् । हामी जहाँ छौ त्यतिवाट, जस्तो अवस्थामा छौ, त्यही अवस्थावाट समाजको लागि योगदान दिनुपर्छ ।
13147341_10205371610284820_2617196471083156120_oआगामी योजना
आफनै क्षेत्रमा सफल भएर देखाउने कँडेलको योजना छ । पिएचडी गर्ने लक्ष्य छ । सवै संरचना अपांग मैत्री छैनन् । सवै संरचना अपांग मैत्री वनाउनु पर्छ । अपागता भएका व्यक्तिलाई क्षमता अनुसारको अवसर दिनुपर्छ । जीवन समस्या हो । समस्यासगँ मुकाविला गर्न सक्नु व्यक्तिको क्षमता हो । जो समस्यसगँ जुध्न सक्छ त्यो मात्र सक्षम भएर निस्कन्छ । जुध्न नसक्ने व्यक्ति कि असफल हुन्छ, कि आत्महत्या गर्न वाध्य हुन्छ उहाँ भन्नुहुन्छ ।
सुझाव
अपांगता भएका व्यक्तिलाई हेयको रुपमा हेरिनु हुदैन । क्षमता सवैको हुन्छ । अपांगता रहर हैन । चाहेर हुने कुरा पनि हैन । यो वाध्यता हो । यो जो कोहीलाई पनि हुनसक्छ । त्यसैले नीजि तथा सार्वजनिक संरचनाहरु वनाउदा सवै किसिमका अपांगता भएका व्यक्तिहरु जान सक्ने किसिमले वनाउनु पर्छ । अपांग मैत्री, ह्वील चेयर मैत्री, संरचना वनाउनु पर्छ । यो सवैले जान्नु पर्ने हुन्छ । अपांगता भएका वच्चालाई सहज हुने खालका संरचनाहरु वनाउनु पर्छ । त्यसैले सवैलाई समेटेर अघि वढन सके मात्र समाज प्रगतिको पथमा अघि वढछ । एक्लै हिड्दा कोही काँही पुग्दैन । दिपेश दाहालसगँको कुराकानीमा आधारित ।

प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०१:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *