घरबाट १००० रुपैया चोरेर भारत भागे

Ammar sir
अमरबहादुर थापा

२०४० सालमा सुर्खेतको घाटगाउमा जन्मनु भएका अमरबहादुर थापा अहिले सैनिक आवासिय महाविद्यालयमा कार्यरत हुनुहुन्छ । विपन्न परिवारमा जन्मिनु भएका उहाले आफु पढदै र अरुलाई पनि पढाउदै अध्ययन पुरा गर्नूभयो । २०६३ सालमा छिन्चुमा रहेको इंग्लीस मिडियम स्कुलबाट उहाले न्युन तलबमा शिक्षण पेशा सुरु गर्नु भएको थियो ।
वाध्यताले भारत गए
एसएलसी परिक्षा सके लगत्तै माओवादीले १५ दिने अभियान प्रशिक्षणमा लाने भनेपछि उहा भागेर भारत जानुभयो । भागेर त जाने, तर कसरी भन्ने कुरामा उहालाई दुबिधा भयो । घरबाट १ हजार रुपैया चोरेर भारत भाग्ने निर्णय गरे । । आफ्नो जन्मभुमि अनि आफुलाई कर्म दिने बुवा आमालाई छाडेर जाने कस्लाई पो रहर हुन्छ र तर खाउ दिनभरीको सिकार नखाउ कान्छाबाउको अनुहार भएपछि बाध्यताले भागर गए ।
भारतको मुम्बइ जादा कर्णाली चिसापानी हुदै नेपालगञ्ज भएर गए । धम्बोजी हुदै रुपडिया पुगेपछि घरवाट लिएको नेपाली रुपैया साटे । नेपाली नोट लिएर भारतमा के काम । रुपडियाबाट ग्वालिएरको टिकट काटे । रातीको १२ बजे गौडा पुग्नु पुगे ।

विचलित मन बोकेर भारत पुगेपछि एउटा कुराले सारै तनाब दियो । त्यो थियो भाषा । हिन्दी बोल्न फिटिक्कै नआएपछि भारतमा बेसरी दुख पाए । भारतबाट आमा बुवा अनि घरमा रहेको सानो भाइ सम्झिएर दिनमा एकचोटि चिठी लेख्थे । सानो भाईलाई औधि माया गर्थे ।

२०५८ सालमा राजा वीरेन्द्रको हत्या भयो । हत्यापछि भारतका तत्कालीन प्रधानमन्त्री अटर बिहारी बाजपेइले आफना नेपाली सुरक्षा गार्ड हटाए । राजाको हत्याको घटनाले भारतमा रहेका नेपालीहरुको चित्त दुख्यो । त्यसपछि म घर फर्किए । भारतबाट फर्किदा मथुरा रेलवे स्टेशनमा भोगेको क्षण सधै अविस्मरणीय छ ।
त्यहा एक व्यक्तिले तपाई नेपाल जान लाग्नु भएको हो भनेर सोध्यो । मैले हो भने । अनि उसले भन्यो म संग ५० हजार भारु छ यो नेपालमा लगेर साटीदिए बापत तपाई पाच हजार दिन्छु । त्यति भनेपछि भने अनि त्यसको पछि लागे । मानिसले बाटोबाट जंगल लग्न थालेपछि सचेत भए । जंगल नगएपछि लुटिनबाट जोगिए । उहाले भन्नुभयो हे भगवान तिमि त साच्चै मेरो साथमा रहेछौ ।
मथुराबाट धनगढी नजिकैको पलिया आइपुग्ने रेलमा राती १२ बजेको थियो । भारतीय प्रहरी आइपुगे अनि भन्न थाले नागरीकता है तम्हारे पास सिफारेस हे कि नहि थापासंगै रहेको केही नेपालीले देखाए त्यसपछि भारतीय प्रहरीले सबैसंग ५०÷५० रुपैया उठाउन थाल्यो त्यतिनैबेला मैले जुक्त्ति लगाएर विद्यार्थीको आइडिकार्ड देखाए । म विद्यार्थी हु“ म संग पैशा छैन भने पछि उनीहरुले छाडिदिए आखिर अर्काको ठाउ भनेको अर्काको ठाउ हुदो रहेछ ।
घरमा आएपछि सानो भाईको मायालु अनुहार देखेर खुसी भए । त्यसपछि जे गेरपनि अब आफ्नै ठाउमा गर्छु भन्ने अठोट लिए । त्यसपछि पढाइलाई निरन्तरता दिए ।
ammar sir 2हतियारधारी छिरेपछि सन्नाटा
द्धन्द्धकालको समयमा विद्यापुरमा जिवन बिताउनु निकै कष्ठपूर्ण थियो । कक्षा कोठामा पढिरहदा प्रसंगवस शिक्षक चक्रपाणीले उदाहरण दिदा राष्ट्रिय गान श्रीमान गम्भीर प्रचण्ड प्रतापि भुपति भनिराख्दा एक विद्यार्थीले प्रचण्ड शब्द जोडले उच्चारण गर्दा सेनाको गस्ती टोली सुनेर सेना कक्षा कोठामा छिरे त्यतिबेला डरको सिमा नै रहेन । कक्षा कोठामा सन्नाटा छायो । नछाओस पनि कसरी हतियारधारी मानिस देखेपछि सबैको मुटु काप्छ । त्यसपछि माओवादीहरुले बेलोबेलामा मसाल जुलुसमा लाने भनेर उर्दी जारी गर्थे एसएलसि दिइसकेपछि भारत भागेर जानु अघि आफनो बहिनी र साथीलाई माओवादीले अभियानमा बावियाचौर लगेको र त्यतिनैबेला नेपाली सेनाको हेलिकप्टरबाट आक्रमण गर्दा बहिनीको साथीको खुट्टामा छर्रा लागेको घट्ना अहिले पनि याद आइरहन्छ ।

त्यसपछि वीरेन्द्रनगरमा हानिए । वीरेन्द्रनगरमा रामबहादुर सिंहकोे घरमा बस्दा एउटा कुसल अभिभावक पाएको अनुभुति भयो । उहाले मेरो सुख अनि दुखमा सधै साथ दिनुभयो । त्यसपछि उहाले २०६७ सालमा सैनिक आवासीय महाविद्यालयमा जागिर खाए । त्यसदिन पछिका दिनचर्या राम्रै वित्न थालेको छ । भद्र भण्डारी, विमल नेपाली लगाएतका व्यक्तिलाई आफनो जिवनको अमूल्य पाटो मान्नु हुन्छ अनि भन्नु हुन्छ । जिन्दगीको उत्पे्ररणको रुपमा म उहा“हरुलाइ सधै सम्झीरहने छु ।
जीवन असन्तुष्टी हो
जिन्दगी भनेको असन्तुष्टि हो । हामीले जिन्दगीलाई असन्तुष्टी ठान्छौ यही असन्तुष्टीलाई पुरा गर्दा गर्दै जिन्दगी बितेको पत्तै हुदैन । जीवन भनेको कुनै समस्या होइन, समस्या समाधान गर्ने अनुभव हो ।
धेरै संघर्ष गरियो । भारतमा पाएको दुख अनि विद्यार्थी जीवनमा भएका उतार चढाप आफ्नै ठाउँमा छन् । बिदेश घुम्ने रहर छ । दुई दिनको जिन्दगीमा एक पटक विदेश घुम्न जान पाएको भए जीवनमा गरेको संघर्ष सार्थक हुने थियो । विदेशमा गएर काम गर्ने होइन । विदेश घुमेर फर्किसके विद्यार्थी भाइ बहिनीहरुलाई पढाउने नै हो ।
शिक्षक बलेको दियो
शिक्षक भनेको एउटा बलेको दियो हो । दियो सधै बलिरहनु पर्छ, दियो निभ्यो भने अन्धकार हुन्छ । अन्धकारको चपेटामा पर्ने भनेको विद्यार्थी हुन । शिक्षकले नँया नँया कुराहरुको जानकारी राख्नु पर्छ । अहिले त आधुनिक युग हो । हातहातमा मोबाइल छन्, इन्टरनेट छ । इन्टरनेटबाट धेरै नँया जानकारी पाउँन सक्छौ विद्यार्थीलाई नँया जानकारी दिनुनै शिक्षकको मुख्य कर्तव्य हुन्छ । विदेशी सिस्टमबाट नै अब शिक्षण पेशालाई अगाडी बढाउनु पर्छ जस्तो लाग्छ ।
(सैनिक अावासीय महाविद्रयालय सुर्खेतमा कार्यरत थापासँग
रारा खबर संवाददाता दिपेश दाहालसंगको कुराकानीमा आधारित)

प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ११:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *