पीडा खेप्न नसकेर निकै रोए

2गहेन्द्रप्रसाद दाहाल नेपालको शैक्षिक क्षेत्रमा चिरपरिचत नाम हो । शिक्षा क्षेत्रमा चमत्कारिक परिवर्तन ल्याउन सफल भएकै कारण उहाँको चर्चा देशभरी चल्ने गर्छ । प्राथमिक तहवाट शिक्षण पेशा सुरु गर्नु भएका दाहाल अहिले सुर्खेतको बीरेन्द्रनगर ८ इत्रमामा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माध्यामिक विद्यालयको प्रधानाध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले जहाँ गएपनि कुशलतापूर्वक दायित्व र जिम्मेवारी निर्वाह गदै आउनु भएको छ । शिक्षक पेशाको मान, सम्मान र इज्यत प्रतिष्ठामा कहिल्यौ आँच आउन दिनु भएको छैन ।
उहाँको बुवा कृष्णप्रसाद दाहाल शिक्षक हुनुहुन्थ्यो । बुवाकै पेशालाई उहाँले पनि निरन्तरता दिनुभयो । किन त उहाँ भन्नुहुन्छ वुवाले समाजवाट पाउनु भएको मान सम्मान र इज्यतको कारणले मलाई पनि शिक्षक पेशालो तान्यो । पेशाप्रतिको बझादारिता र इमानदारिताकै कारण नेपालको शैक्षिक क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन दाहाल सफल हुनु भएको छ ।२०४६ सालबाट प्राथमिक तहवाट शिक्षण पेशा थाल्नु भएका उहाँ शैक्षिक क्षेत्र सुधारका अभियन्न भनेर पनि चिनिनुहुन्छ । २७ वर्षदेखि निरन्तर शिक्षक पेशामा आवद्ध दाहाल आफुले पढाएका विद्यार्थीको सफलता नै आफनो सफलता ठान्नुहुन्छ ।
सरल स्वभावका धनी दाहाल शिक्षण पेशासगसगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहदै आउँनु भएको छ । उहाँ नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष समेत भैइसक्नु भएको छ । ४५ वर्षका दाहालले जीवनमा थुप्रै तितामिठा अनुभव संलग्नु भएको छ । नेपालकै शैक्षिक क्षेत्रमा सफल शिक्षकको छवि वनाउनु भएका दाहाल आफनो सफलतको सम्पूर्ण श्रेय विद्यार्थीहरुलाई दिनुहुन्छ ।
थुप्रै विकल्ल हुँदाहुदै शिक्षक भए
चाहे म जस्तो विरामी हुँ । बच्चाको अघि जादा भलभल्ती पसिना बग्दा पनि उनीहरुलाई चाहिने भन्दा बढी नै खुराक दिन्छु । विद्यार्थीलाई भेटदा जहिले पनि उत्साहित छु । जब कक्षा भित्र पस्छु विद्यार्थीलाई देख्छु एकाएक उत्साह थपिन्छ । बच्चाहरुसँग हुन पाइन भने निरास हुन्छु । स्कुलमा मात्रै बच्चाप्रतिको दायित्व हैन । मेरो दायित्व उ घरमा रहदा पनि बाटोमा भेटिदा पनि हो । त्यसैले उनीहरु जहाँ भेटिन्छन । पढाई लेखाइको बारेमा जानकारी लिन्छु । सन्चो विसन्चो सोध्छु । टाइम टेबल अनुसार अघि बढेका छन छैनन् भनेर उनीहरुको घरमा पनि जान्छु । मेरो स्वार्थ भनेकै उसको जीवन वनाउने हो । उसको जीवन बन्दा मलाई सन्तुष्टी हुन्छ ।
बुवा कृष्णप्रसाद दाहाल शिक्षक हुनुहुन्थ्यो । उहाँ मेरो जीउदो भगवान पनि हो । समाजले बुवाप्रति देखाएको सम्मान र श्रदाकै करण मलाई पनि शिक्षक पेशाले आर्कर्षित गर्यो । हरेक कुराको समाधान मेरो बुवासगँ समाजले खोज्ने जनु संस्कृतिमा हुर्किए त्यसले पनि शिक्षक बन्न प्रेरित गर्यो । बुवाको पेशाप्रतिको जुन आर्दशपन थियो, त्यसैले नै मलाई शिक्षक पेशाप्रति रुची जगायो । त्यसैले थुप्रै विकल्पहरु हुँदाहुदै पनि शिक्षक भएर नै देश र समाजको सेवा गर्ने लक्ष्य बनाए । त्यो लक्ष्यमा २७ वर्षदेखि निरन्तर खटिरहेको छु ।
२७ वर्षे जागिरे अनुभव
२०४६ साल भदौ ८ गते प्राथमिक तहको स्थायी शिक्षकको रुपमा जागिर सुरु गरेको थिए । गएको भदौ ८ गते २७ वर्ष पुरा भयो । साविकको रतु गाविसको पारेगाउँमा रहेको प्राथमिक विद्यालयबाट जागिर सुरु गरेको हुँ । जनु विद्यालयमा १ कक्षामा पढेको थिए । पहिलो जागिर पनि त्यही विद्यालयबाट सुरु गरे । संम्योग पनि कस्तो पर्यो भने मेरो बुवा पनि त्यही विद्यालयमा पढाउनु हुन्थ्यो । २०५६ सालबाट मध्यामिक तहको शिक्षक भए । त्यो भन्दा अघि दरवन्दी प्राविकै भएपनि योग्यताको कारणले माध्यामिक तहमा पनि पढाउथे । प्राविकै शिक्षक भएपनि शैक्षिक योग्यताले गर्दा जनसेवा उच्च माध्यामिक विद्यालय घुस्रामा प्रधानाध्यापकको रुपमा काम गरे ।
विद्यार्थीलाई अरुको छोराछोरीको कहिल्यै पनि रुपमा हेरिन । जहिले पनि आफनै छोराछोरी सरह हेरे अनि त्यही अनुरुप नै शिक्षा दिए । जागिरको सवैभन्दा सुन्दर पक्ष पनि हो । म नै विद्यार्थी र विद्यालयको अक्सिजन हुँ भन्ने भावनाले काम गरे । जहिले पनि यही भावनाले काम गदै आएको छु । दावीको साथ भन्छु २७ वर्षसम्म मैले जानी जानी विद्यार्थीलाई एक सेकेन्ड पनि ठगेको छैन । पढाउदा कहिल्यै पनि थकाई महसुर गरिन । घण्टी भन्दा बढी पढाउँछु तर घण्टी लाग्नु भन्दा अघि कहिल्यै पनि छाडिन ।

1
यसरी तल्लिन भएर लाग्यो भने मात्रै हजारै विद्यार्थीले मन देखि शिक्षकलाई श्रदा गर्छन । यदि मान्छेको मनबाट गिरियो भने जुनसुकै भौतिक प्राप्तीले पनि जीवनमा कुनै अर्थ राख्दैन मलाई त्यस्तो लाग्छ । अर्को कुरा अरु पेशा भन्दा शिक्षक पेशा नै सुन्दर पनि छ । सिडिओे, जिशिओ, सहसचिव, सचिव अथवा जुनसुकै माथिल्लो ओहदामा बसेको मान्छे र शिक्षकलाई हेर्ने जनताको दृष्ट्रिकोणमा निकै भिन्नता छ ।
शिक्षक विद्यार्थीको समस्याप्रति कति सम्वेदनसिल छ । उनीहरुको भविस्यप्रति कत्तिको चिन्तनशिल छ । अनि उनीहरुलाई सकारात्मक बाटोमा लैजान शिक्षकले कति मिहिनेत गरेको छ भन्ने कुरा अभिभावकले बुझे त्यो सवैभन्दा ठुलो सम्मान अरु हुदैन । त्यसैले यो पेशामा धेरै ठुलो सम्मान छ । तर त्यो सम्मान पाउनको लागि, लिनको लागि शिक्षक नै अग्रसर हुनुपर्छ । विद्यार्थीको भविस्य मेरो हातमा छ म बनाएर छाड्छु भन्ने शिक्षकमा इच्छा शक्ति हुनुपर्छ । म पाइलट हुँ र प्लेनलाई सुरक्षित अवतरण गराएरै छाड्छु भन्ने इच्छा शक्ति हुनुपर्छ । पाइलट हुनु मात्रै ठुलो कुरा होइन । प्लेन चलाउनु पनि ठुलो कुरा हैन ।
शिक्षक वन्नु ठुलो कुरा हैन । पढाउनु मात्रै पनि ठुलो कुरा हैन । सवैभन्दा ठुलो कुरा त प्लेन सुरक्षित अवतरण गर्नु हो । विद्यार्थीको भविस्यलाई सुरक्षित अवतरण गराउनु हो । यही मानसिकताले शिक्षक अघि बढ्यो भने यो पेशाको सुन्दरताका हामी मजाले भेटाउन सक्छौ ।
जसरी डाइभर निदाउदैन । त्यसरी नै शिक्षक पनि थाक्नु हुदैन । डाइभर निदायो भने बस दुर्घटनामा पर्न सक्छ । त्यसैले प्रत्येक बच्चाको भविस्यसगँ शिक्षकको सम्वन्ध पनि जोडिएर आउँछ । शिक्षकले दायाँवाया गर्यो भने विद्यार्थीको भविस्य पनि दुर्घटनामा पर्न सक्छ । जसरी पाइलट, डाइभर र अक्सिजनको भुमिका शिक्षकले निर्वाह गछै त्यसरी नै विद्यार्थी सफल हुन्छ । शिक्षकले जस्तो अक्सिजन दिन्छ विद्यार्थी उसै गरी बाँच्ने हो ।
विद्यार्थी भनेकै समाज हो । विद्यार्थीको मन जित्न सकियो । उसलाई सकारात्मक वनाउन सकियो । उसको जीवन बनाउने गरी शिक्षा दीक्षा दिन सकियो भने बल्ल शिक्षकले पनि सम्मान पाउँछ । कसैले पनि तपाई त गजबको शिक्षक हुनुहन्छ भनेर भन्दैन । बिद्यार्थी मार्फत नै सम्मान लिन जाने हो । बिद्यार्थीलाई नै सम्मान दिन सकेका छैनौ भने शिक्षकले कसरी सम्मान पाउने ?
मेरो लागि व्यक्तिगत रुपमा कति क्षेति व्यहोर्नु पर्छ त्यो महत्वपूर्ण पाटो होइन । शिक्षकको दायित्व र कर्तव्य के हो त्यो निकै महत्वपूर्ण पाटो हो । त्यसैले म कहिल्यै पनि आफनो कर्तव्यबाट च्युत हुदिन । म मर्दाको क्षण कति व्यक्तिले सम्झना गर्दछन । त्यही कुराको आकलन गर्छु । अनि आफनो काम र कर्तव्यप्रति पूर्ण रुपमा समर्पित भएर लाग्छु ।
विद्यार्थीलाई सफल बनाउने सुत्र भनेको उनीहरुलाई उदेश्यसहित अघि बढाउनु हो । म बिद्यार्थीलाई उदेश्यविहीन हैन, टर्गेटसहित अघि बढ्न उत्साह जगाउँछु । प्रेरित गर्छु । उनीहरुलाई सम्मान गर्छु । म बच्चालाई झुकेर नमस्कार गर्छु । इमानदारीपूर्वक भन्छु मन देखि नै विद्यार्थीलाई सम्मान गर्छु । उनीहरुको समस्यमा सहजीकरण गर्छु । प्रत्येक समस्या जान्ने प्रयास गर्छु । उनीहरुको भोलीको लक्ष्य के हो ? त्यसमा सहजीकरण गर्छु । त्यसकारण उनीहरुले मलाई विश्वास गर्छु । पेशामा रहे पनि नरहे पनि सधैभरी विद्यार्थीहरु नै मेरो मानसपटलमा रहनेछन ।
आमाबुवाले जसरी आफना छोराछोरीको बारेमा चासो राख्छन त्यसरी नै शिक्षकले पनि आफना विद्यार्थीको बारेमा चासो राख्नुपर्छ । विद्यार्थीले कक्षामा हल्ला गर्छन भने सम्झनु पर्छ कि उनीहरुले शिक्षकलाई टेरेनन अर्थात सम्मान गरेनन् । हामीले उनीहरुलाई चाहिने खालका कुरा दिन सकेनौ । विद्यार्थीले सुन्न लायकका कुराहरु दिन सकिएन भने हल्ला हुन्छ । त्यो स्वभाविक हो ।
पछिल्लो समय शिक्षक भन्दा विद्यार्थी धेरै एडभान्स भैइसकेका छन । शिक्षकले एउटा पनि किताव पढेको हुदैन, उनीहरुले धेरै किताबहरु पढिसकेका हुन्छन । त्यसैले विद्यार्थी शिक्षक भन्दा एडभान्स छन भनेको । यदि शिक्षक अपडेट हुन सकेन भने । शिक्षकले दिने कुरा नयाँ भएन भने विद्यार्थीले सुन्दैनन । उनीहरु सुन्न तयार हुदैनन् । नयाँ कुरा छैन भने किन सुन्छ ? त्यसैले शिक्षक पनि नयाँ कुराहरुमा अपडेट हुनुपर्छ । बढी भन्दा बढी कितावहरु पढनु पर्छ । अनि मात्र विद्यार्थीले शिक्षकलाई सम्मान गर्छ । शिक्षकको कुरा सुन्न तयार हुन्छ । पहिला विद्यार्थीबाट यदि शिक्षकले सम्मान पायो भने अनि समाजले पनि सम्मान गर्छ र देशले पनि सम्मान गर्न वाध्य हुन्छ ।
डउरे बेचेर, खुवा बेचेर, खुर्सानी बचेर, काफल बेचेर, तीजू बेचर पढनु पर्छ भन्ने मान्यता राख्नु । यस्ता समस्यासँग जुधेर आएको मान्छे पनि हो । त्यो समस्यासँग जुध्न सक्ने ताकत विद्यार्थीसगँ छ । आर्थिक रुपमा विपन्न हुदैमा केही फरक पदैन । इच्छाशक्ति भयो भने विद्यार्थीले राम्रो गर्न सक्छ । संचारमा जति पनि ठुला मान्छेहरु संचारमा जति पनि ठुला मान्छेहरु छन उनीहरु सवैको इतिहास पढ्यो भने धेरै हन्डर ठक्कर खाएको भेटिन्छ । मिहिनेत विना, परिश्रम विना सफलता हासिल गर्न सकिदैन । सफलतको लागि मिहिनेत आवश्यक छन । मिहिनेतले नै मान्छेलाई महान बनाउछ । विद्यार्थीले यो कुरामा ध्यान दिनुपर्छ ।
विद्यार्थीको भविस्यलाई केन्द्रमा

3
विद्यार्थीको भविस्यप्रति सर्मपित हुने हो भने, उनीहरुको भविस्यलाई आफनो पहिलो प्राथमिकतामा राखेर अघि बढने हो भने, आफनो सन्तानको भविस्यसगँ विद्यार्थीको भविस्यलाई जोड्ने हो भने मात्रै शिक्षक पेशालाई सम्मानित पेशा वनाउँन सकिदो रहेछ । यो मेरो अनुभव हो । आफनो सभ्यता, वौद्धिकता र विद्ताको परिचय भनेकै विद्यार्थीको भविस्य निर्माणमा जिम्मेवार भएर लाग्नु नै हो । उनीहरुको भविस्यलाई केन्द्र विन्दुमा राखेर अघि बढने हो भने समाजले मात्रै हैन राष्ट्रले पनि सम्मान गर्न योग्य शिक्षक भइन्छ ।
विद्यार्थी नै भगवान हुन
२७ वर्षसम्म पढाएका विद्यार्थीकै कारण यो हाइट छ । उनीहरु असल नभएको भए । खराव भएको भए । जुन इज्यत छ, त्यो सवै फिक्का हुन्थ्यो । विद्यार्थीलाई इज्यत गरेको छु । २७ वर्षसम्म पढाएका विद्यार्थीले प्रगति गरेको देख्दा, सुुखसगँ आफनो जीवन विताएको देख्दा आनन्द लाग्छ । उनीहरु मध्ये कोही जर्नेल छन त कोही डाक्टर छन । अनि कोही इन्जिनियर छन त कोही पाइलट छन । त्यो देख्दा जीवन भनेकै यही हो की जस्तो पनि लाग्दो रहेछ । सन्तानको प्रगति देख्दा जति खुशी हुन्छ, त्यति नै खुशी मैले पढाएका विद्यार्थीको प्रगति र उन्नति देख्दा हुन्छु ।
विद्यार्थीहरु नै मेरो लागि भगवान हुन । जसको कारणले असल शिक्षक वन्न सधै प्रेरणा मिलेको छ । अर्थात सम्मान गर्न लायक शिक्षक भएको छु । जुन अवस्थामा छु । जसरी समाजले मलाई आज विश्लेषण गरिरहेको छु । त्यसमा मेरो हात केही पनि छैन । म त एउटा पात्र मात्रै हुँ । जुन इज्यत, सम्मान पाएको छु । यसको सम्पूर्ण श्रेय विद्यार्थीहरुलाई दिन्छु ।
यो क्षण कहिल्यै पनि भुल्दिन
नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष भएको बेला युरोप भ्रमणमा जाने अवसर मिल्यो । जर्मनी, फान्स, अष्ट्रिया सवैतिर घुमियो । त्यहाँ डच भाषा बोल्दा रहेछन । नक्सा हेरेर हिडनु पथ्र्यो । पूर्वतिर जानु पर्ने म पश्चिमतिर गएछु । एउटा साइडबाट जानु पर्ने अकै साइडमा गएर बसेछु । टिकट पनि नचाहिने । कहाँ जाने भनेर कसैले पनि नसोध्ने । झ्याप्प चढिहाल्यो । ठिकैमा चढे जस्तो लाग्यो । तर निकै दुख पाइयो ।
घटना हो अष्ट्रियाको राजधानी भियन जादाको । यो घटना अहिले पनि सम्झनामा आइरहन्छ । मेरो कार्यक्रम स्थल पूर्वतिर रहेछ । तर म धेरै पश्चिम पुगेछु । धेरै मान्छेहरुलाई सोधे कसैले पनि जवाफ दिदैन । एकदमै जेन्टिल देखिनेहरुले पनि कुनै जवाफ दिएनन् । उनीहरु सरी, आइ हेभ नो टाइम भनेर आफनो बाटो लाग्थे । त्यतिवेला निकै पीडा बोध भयो । पीडा खप्न नसकेर बस स्टेसनमा रहेको शौचालयमा गएर निकै रोए । बास्तवमा त्यो क्षण कहिल्यै भुल्दिन । केही उपाय नलागेपछि अन्त्यमा डाइभरको अघि आँसु बगाए । एकदमै लाटो भए । इसरा मात्रै गरेर म यहाँ जाने हो भने । अनि उसले मलाई कार्यक्रम स्थलसम्म पुर्यो । अनि बल्ल खुशीको स्वास लिए ।
परिवारको साथ नै सफलताको आधार

4
जुन जुन ठाउँमा समर्पित भएर काम गर्ने अवसर पाए । त्यसको सम्पूर्ण वातावरण तयार गर्ने मेरो जीवनसाथी भुमिसरा दाहाल हुनुहुन्छ । उहाँलाई म इज्यत गर्न चाहान्छु । दुवै छोराहरु लोकेन्द्र र गोविन्द उहाँहरुलाई पनि विशेष धन्यवाद दिन्छु । बुवा आमाले समस्या पर्दा जहिले पनि समाधान दिनुभयो । समस्यालाई कहिल्यै पनि थप समस्याको रुपमा लिनु भएन । सधै समस्या समाधानको लागि बाटो देखाउनु भयो । त्यसैले मेरो परिवारको साथ र सहयोग विना म यो अवस्थामा आइपुग्ने थिइन । यदि परिवारको सहयोग नभएको भए चाहे अनुसारको काम गर्न सक्ने अवस्था हुदैन्थ्यो ।
भावि योजना
एक/दुई वटा विद्यालयमा मात्र काम गर्ने अवसर मिल्यो । अझ धेरै विद्यालयको विकासमा जीवनलाई समपर्ण गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । दोस्रो पटक जन्मिने पनि हैन । मृत्यु निश्चित छ । दुई वटा विद्यालयमा आफनो केही क्षमता प्रर्दशन गर्नेे अवसर पाए । बाँकी विद्यालयहरुलाई पनि यी विद्यालयहरु भन्दा कसरी अझ उत्कृष्ट वनाउन सकिन्छ भन्ने सोचाइमा छु । त्यसको लागि उपयुक्त वातावरणको खोजीमा छु । शैक्षिक जगतको प्रगतिको लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । सगसगै समाज सेवा त छदै छ ।
शिक्षकले विद्यार्थीलाई र विद्यार्थीले शिक्षकलाई सम्मान गर्न सक्ने वातावरण निर्माण गर्न सकियो भने विद्यालयलाई जस्तो चायो त्यस्तै बनाउन सकिन्छ । चाहे गुणस्तरको कुरा होस, चाहे उन्नति प्रगतिको कुरा । असभ्व भन्ने केही छैन चाहे भने सवै सम्भव हुन्छ । त्यसैले फेरी पनि जोड दिएर भन्नु इच्छा शक्ति भयो भने संसार बदल्न सकिन्छ ।
कल्पना भन्दा बाहिर
शिक्षकबाट नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष बन्ने पहिलो व्यक्ति हुँ । मलाई गर्भ लाग्छ यो मेरो कल्पना भन्दा बाहिरको कुरा हो । सर्वसम्मत रुपमा अध्यक्ष भए । कसैले पनि विरोद्ध गरेनन् । सामान्य परिवारको मान्छे त्यहाँ पुग्न सफल भए । करोडौको खर्च गर्नु पर्ने अवस्थमा ५०÷६० हजार रुपैया खर्च गरेर अध्यक्ष भए । नेपालको तर्फवाट २०÷२२ देशको नेतृत्व पनि गरे । विदेशमा जादा अँग्रेजी जानेपछि सवैथोक हुन्छ होला भन्ने भ्रम रहेछ । जुन देशमा गए अँग्रेजी कतै पनि बोलेको पाइन । उनीहरु आफनै देशको भाषा बोल्दा रहेछन । कतिपय अवस्थामा लाटो भएर पनि बस्नु पर्यो । ति क्षणहरु पनि जीवनमा सम्झना लायक छन ।
सुर्खेत र दैलेखका मानुभावहरुले मलाई राष्ट्रिय अध्यक्ष बन्नको लागि निरन्तर प्रेरित गर्नुभयो । सक्दो साथ सहयोग गर्नुभयो । उहाँहरुकै प्रेरणाले जेसिज जस्तो प्रतिष्ठत संस्थाको राष्ट्रिय अध्यक्ष बन्ने सौभाग्य मिल्यो । नेपाल बन्दमा पनि आफनो जीवन हत्केलामा राखेर उहाँहरुले मलाई राष्ट्रिय अध्यक्ष बनाएरै छाड्नु भयो । त्यसैले उहाँहरुप्रति सधै ऋणी छु ।
आज म जहाँ छु । यहाँसम्म आइपुग्न मेरो हजुरबुवा, हजुरआमा, बुवाआमा अनि श्रीमतिको पनि ठुलो देन छ । गुरुमहाराज धुर्वानन्द पुरीले पनि मलाई अघि बढ्न निकै हौसला दिनुभयो । एसएलसी दिएपछि ६ महिना गुरुमहाराजको संगतमा बसेको थिए । गुरुमहारज भन्ने गर्नु हुन्थ्यो भगवानको तागत तिमीसँग छ । आज मैलै पनि मेरा विद्यार्थीहरुलाई यही भन्ने गरेको छु, भगवानको ताकत तिमीहरुसँग छ ।
छोराहरुलाई बिदेश जानबाट रोके

6
अहिले समाजमा विदेश जाने होडबाजी छ । तर मैले २ जना छोरालाई विदेश जानबाट रोके । कान्छो छोरा गोविन्द बेलायतमा एक महिना गएर बसेको थियो । उतै बस्नको लागि जागिर पनि खोज्दै थियो । तर मैले बस्न दिइन । तुरन्त फर्किन भने । जेठो छोरा लोकेन्द्रलाई पनि बिदेशमा जान दिइन । अहिले दुवै छोरालाई आफैसगँ राखेको छु । लोकेन्द्र विश्वविद्यालयमा अध्ययन गदैछ । ४ कक्षाबाट ए लेबलसम्म बुढानिलकण्ठ पढेको मान्छे बिदेश बाहेक केही पनि सोध्दैन्थ्यो । तर मैले जे गरे ठिक गरे जस्तो लाग्छ । इज्यत भन्दा पैसा ठुलो हैन । आफनै घरमा परिवारसगै बसेर नुनसगँ ढिढो खादा जति आनन्द आउँछ बिदेशमा बसेर करोडौ कमाउदा पनि त्यति आनन्द आउँदैन । मेरो दृष्टिकोणलाई कार्यान्वयन गर्नको लागि परिवारबाट कुनै अवरोध छैन । सवैको साथ सहयोग र समथर्न छ । अन्त्यमा फेरी पनि भन्छु विद्यार्थी नै मेरा सवैभन्दा ठुला सम्पति हुन । जसको कारण म यहाँसम्म आइपुग्न सफल भएको छु । प्रकाश पन्तसँगको कुराकारीमा आधारित

प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार १३:४३

Leave a Reply

Your email address will not be published. Required fields are marked *