‘परिश्रमले आदर्श नागरिक बनाउँछ’

आफ्नो फरक पहिचान र कार्यशैलीबाट नारायणप्रसाद सापकोटा सुर्खेतमा चर्चित व्यक्ति हुन् । उहाँ सुर्खेतबाट प्रकासित लोकमञ्च दैनिकका प्रधान सम्पादक तथा सुर्खेत एफएमका अध्यक्षसँगै नेपाली काँग्रेस सुर्खेतका नेता तथा समाजसेवीका रुपमा स्थापित हुनुहुन्छ । उहाँले एमएसीसम्मको अध्ययन गर्नु भएको छ । अत्यन्त मिलनसार, सहयोगी, मृदुभाषी सापकोटा आर्थिकरुपमा सवल र सक्षम पनि हुनुहुन्छ । उहाँ एउटा जागरुक नागरिक पनि हो । अरुको भलाईमा आफ्नो भलाई निहित देख्ने सापकोटा देश र समाज परिवर्तनको पक्षमा वकालत गरिरहनु हुन्छ । उनै सापकोटाको ‘म सानो छँदा’ को सम्झनाबारे हाम्रा समाचारदाता पार्वती थापाले गरेको कुराकानीको सार संक्षेप ।


मेरो जन्म सुर्खेतको साविक जर्वुटा हाल वीरेन्द्रनगर १२, मा २०२२ साल पौष १, वुवा गंगाप्रसाद सापकोट र आमा चन्द्रकाला सापकोटाको कोखबाट ‘राईलोे’ छोराको रुपमा जन्मिएको हुँ । मेरा ८ दाजुभाई र ४ दिदीबहिनी हुनुहुन्छ । ६ वर्षको उमेरमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गाग्रेताल (हाल चन्द्रगंगा मावि) बाट कखरा चिन्न शुरु गरेको थिए । बाल्यकालदेखि नै म शान्त स्वभावको थिए । यद्यपि ! परिस्थिति अनुसार मेरो चरित्रमा परिवर्तन समेत हुने गरेको मेरो अनुभव छ । शिक्षक डिलप्रसाद ढकालको अध्यापन शैली, माया र प्रोत्साहनका कारण मेरो अध्ययनमा रुचि बढ्ेको हो । त्यतिबेला ३ कक्षादेखि अंग्रेजी पढाई हुन्थ्यो । कक्षा ३ सम्म म स्कुल प्रथम हुनुको याद आज पनि ताजै छ । कक्षा ५, ६ देखि ९ सम्म औसत राम्रो अंक ल्याएर उर्तिण भएको थिएँ । म सानोमा मिल्ने मान्छेसँग असाध्यै मिल्ने र निहुँ खोज्नेसँग लडाई झगडा, कुटपिट गर्ने बानी थियो । उहाँ भन्नुहुन्छ, ‘पहिले पहिले त शिक्षककै भरमा पढ्नु पथ्र्यो । अहिलेको पढाईमा त कति हो कति सुविधा छ ।’ कक्षा ६ मा अध्ययन गर्दा नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय हालको अमर ज्योति नमूना माध्यमकि विद्यालयमा पढाई सकेर फर्किदै गर्दाको क्षण उहाँका लागि अझै पनि ताजा छ ।
हामी विद्यालय जाँदा÷फकिँदा प्रायः चार÷पाँच जनाको ग्रुपमै हुन्थ्यौं । एक दिन विद्यालयबाटै फर्किदै गर्दा एक जना साथीको खाजा जवरजस्ती खोसेको खाएको याद आजपनि ताजै छ । हालांकी म प्राय खाजा साथीहरुलाई खिलाउने र खाने गर्थेँ । कसैले दिएन भने अनि जबरजस्ती गर्थेँ । आज ती दिन सम्झेंपछि लाज पनि लाग्छ । खाजा खानकै लागि मरिहत्ते गर्नुको कुनै तुक रहेनछ जस्तो लाग्छ । किनभने म किसान जमिंन्दार परिवारको सन्तान भएकाले मलाई कहिल्यै पनि अभाव भन्ने महसुस भएन । फेरीपनि त्यतिबेला आर्थिकरुपले समाजमा नगद कारोवार कम हुन्थ्यो । अर्को भाषामा विनिमय प्रणाली बढी चलन चल्तीमा रहेको थियो । नगद पैंसा सबैका लागि महत्व हुन्थ्यो ।
उहाँ भन्नु हुन्छ, ‘विहान बेलुका घरको काम गर्नु पथ्र्याे अनी दिउँसो विद्यालय जानुपथ्र्यो । घरको काम गरेर पनि कक्षामा सधैं उपस्थिति हुन्थें । वर्षे विदामा गाई,गोरु र बाख्राको गोठालो गर्ने अनि रोपाईँमा पनि सघाउनु पथ्र्याे । मेरो पहिलो पाठशाला घर हो मैले घरमा बुवाबाट नै अक्षर चिन्न सिकेको हुँ मेरो पहिलो गुरु मेरो बुवा हुनुहुन्छ । छ बर्षको उमेर देखि म विद्यालय जान थालेको हुँ ।

त्यसपछिको विद्यालय नेपाल राष्ट्रिय चन्द्रगंगा प्राथमिक विद्यालय गाग्रेताल हो । मैले दश कक्षासम्म पढ्दा तिन वटा विद्यालय फेरेको थिएँ । पढ्न निकै रमाईलो लाग्थ्यो अरु विषय भन्दा गणित अलि बढी पढ्न मन लाग्थ्यो । तर दशमलव को हिसाब भने अलि गाह्रो लाग्थ्यो । सामाजिक विषय पनि औधी मन पथ्र्यो । विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागि पनि हुन्थें र पुरष्कृत हुन्थें । धेरै जसो प्रतियोगिताहरु स्काउटले गराउने गर्दथ्यो । अनि एक पल्ट राजाको सवारी हुदाँ तिन मिनेटमा चिया पकाउने प्रतियोगिता गरिएको थियो उक्त प्रतियोगितामा मैले भाग लगेको थिएँ र नगद पुरस्कार पाएपछि मेरो खुशीको ठेगाना थिएन ।
गुच्चा, खोपि धेरै खेलिन्थ्यो । एक दिन दाईको चुरोट चोरेर खाएको दाइले थाहा पाएपछि मलाई पिट्नुभयो । अनि गर्मिको बेला थियो धनसारमा लगेर थुनिदिनुभयो । त्यतिबेला कक्षाका साथिहरुसंग अलिअलि झगडा गरिन्थ्यो । मलाइ पढाउने शिक्षकहरुमध्ये डिलप्रसाद र कृष्णप्रसाद रेग्मी राम्रो लाग्थ्यो ।
७ कक्षासम्म गाँउकै स्थानीय विद्यालयमा अध्ययन गर्नुभएका सापकोटा ८ कक्षा अध्ययन गर्नका लागि जन व्यवसायिक मावि हाल साविकको जन माविमा भर्ना हुनु भयो । उहाँले एसएलसीसम्मको अध्ययन जन माविबाटै गर्नु भएको थियो । उहाँ भन्नुहुन्छ,‘अन्त कतै नअल्मलिई मेहेनतले पढ्ने हो भने यसैले आदर्श नागरिक बनाउँछ ।’ अहिलेको अवस्थालाई विश्लेषण गर्ने हो भने व्यवहारिक र नैतिक शिक्षाको खाँचो रहेको उहाँको भनाई छ । फुर्सदको समयमा सापकोटा क्यारमबोर्ड, ब्याटमिन्टन जस्ता खेल खेल्न मन पराउनुहुन्छ ।
अबका नानीबाबुहरुलाई उनिहरुकै इच्छा अनुुसारको शिक्षाको वातावरण अभिभावकहरुले मिलाइ दिनुपर्छ । त्यसका साथै आर्थिक क्रान्तिले पनि अहिले भिन्नता ल्याएको छ । विद्यार्थीले आफ्नो इच्छा अनुसारको विषय पढ्न पाए भने उनीहरुको भविष्य राम्रो हुन्छ । जस्ले पनि आफुले चाहेको क्षेत्रमा लागिपर्नु पर्छ र त्यसक्षेत्रमा माया र ईमान्दारिता हुन जरुरी छ ।
यदि त्यसोभएन भने जुनसुकै व्यक्ति जुनसुकै क्षेत्रमा पनि सफल हुन सक्दैन् । पहिलेको शिक्षा र अहिलेको शिक्षामा धेरै फरक छ । पहिलाको शिक्षाका जागिर ग्यारेण्टी र पढेपछि जागिर खानै पर्छ भन्ने थियोे भने अहिलेको शिक्षा बहुउद्देश्यीय हुन्छ ।
जीवन जिउने कला सिकाउँछ । नानी वावुहरुले सानैदेखि आफ्नो निश्चित लक्ष्य उद्देश्यले बोकेर अगाडि बढ्न सकियो भने सपना यर्थातमा परिणत गर्न सकिन्छ । मेहनत, ईमानदारी र मिशनका साथ गरिएका सबै सत्कर्र्महरु देर भएपनि अँधेर हुँदैन ।

साभार …………………।
मिति २०७४÷०४÷०३ गते सुर्खेतबाट प्रकासित स्काई न्यूज दैनिकबाट ।

प्रकाशित मितिः ३ श्रावण २०७४, मंगलवार १२:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *