‘पश्चिमबाट उदाए जय’

छोटो समयमै चर्चित
बहुमुखी प्रतिभाशाली कलाकार जय रावल नेपालकै चर्चित कलाकार मध्य एक हुन । कला क्षेत्रमा लागेको छोटो समयमै उनी राम्रो चर्चा बटुल्न सफल भएका छन । मध्यपश्चिमको कला संस्कृतिलाई उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल पनि भएका छन । सानैदेखि गायन क्षेत्रमा प्रवेस गरेका उनले २०५८ सालमा पहिलो एल्बम निकालेका थिए । यो एल्बम नै जाजरकोट जिल्लाको पहिलो एल्बम पनि हो । पहिलो एल्वमवाटै राम्रो आम्दानी
जाजरकोटको लोक संस्कृतिलाई समेटेर ‘जाजरकोटी सेरोफेरो’ एल्बम निकालेका थिए । तीन वटा लय समेटिएको यो एल्बम जाजरकोटको अहिलेसम्मकै पहिलो ऐतिहासिक एल्वम मानिन्छ । यो एल्बममा जाजरकोटका विशेष स्थानलाई समेटिएको थियो । जिल्लाकै पहिलो एल्वम भएर पनि होला यसले चर्चासगै राम्रो बजार पाएको थियो कलाकार रावलले भने, यो एल्वम ५ हजार प्रति विक्री भयो । एल्वम बेचेरै तीन लाख रुपैया आम्दानी भयो ।एकैपल्ट पाँच वटा नयाँ एल्वम
उनले २०५८ सालमा रेडियो नेपालको स्वर परिक्षा पास गरेका थिए । त्यतिवेला कलाकार हुन, अहिलेको जस्तो सजिलो थिएन, रेडियो नेपालको स्वर परिक्षा पास गुर्न पथ्र्याे उनले भने । आफनो घरखेत बन्दकी राखेर उनले गीत संगितमा लागेका थिए । त्यतिवेला एल्वम निकाल्न ३३ हजार रुपैया खर्च भएको थियो विगत सम्झदै उनले भने, एल्वमको आम्दानीले कला क्षेत्रमा टिक्नको लागि थप उर्जा दियो ।
अहिलेसम्म दर्जनै एल्वम निकालेका कलाकार रावल लगत्तै ५ वटा नयाँ एल्वम निकाल्ने तयारीमा छन । यी एल्वममा लोक रिमिक्स दोहोरी, एकल लोकगीत, लोपोन्मुख ख्याली, सिंगारु, बनगाडी, ठाडो भाका, टप्पा, देउडा लगायतका १३ वटा गीत समेटिएका छन ।
कलाको माध्यमबाट जाजरकोटलाई चिनाउन सफल कलाकार रावलले पहिलो गीत भने ७ कक्षामा पढदै गर्दा गाएका थिए । भानुभक्त माध्यामिक विद्यालय लहँमा एउटा शुक्रवारिया कार्यक्रम थियो,उनले भने, त्यो कार्यक्रममा नेपालका चार जना सहिदको सम्झनालाई समेटेर सन्देशमुलक गीत गायको थिए । त्यो नै मैले जानी÷नजानी गायको पहिलो गीत हो ।
पैसा भन्दा पनि इज्यत र प्रतिष्ठा
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका रावलले भने, चाहेको भए जागिर पनि खान सक्थे तर कसैको दास बनेर जागिर खान चाहेनन् । घरको एक्लो छोरा खान लगाउन खासै समस्या छैन । पैसा भन्दा पनि इज्यत र प्रतिष्ठाको लागि कला क्षेत्रलाई पहिलो गन्तव्य बनाएर अघि बढिरहेको छु । २०६२ सालदेखि जाजरकोटमा हुने हरेक साँस्कृतिक कार्यक्रममा उनको सक्रिय भूमिका हुदै आएको छ । भनिन्छ, कालाकार जय रावलको अभावमा जाजरकोटमा कुनै पनि साँस्कृति कार्यक्रम हुदैनन् र भएका पनि छैनन् ।
उनकै पहलमा नेपाल पर्यटन वर्ष सन २०११ म जाजरकोटमा पहिलो पटक बृहद् पर्यटन साँस्कृतिक महोत्सव भएको थियो । त्यो कार्यक्रममा रावलले जिल्लामै पहिलो पटक राष्ट्रिय स्तरका कलाकारलाई जाजरकोट जमघाट गराउन सफल भएका थिए । कलाकार चन्द्र शर्मा, जानकी तारमी मगर, नविन पौडेल लगायतका कलाकार गएका थिए । त्यसपछि २०७० सालमा भएको जाजरकोट महोत्सवको साँस्कृतिक नेतृत्व पनि रावलले नै गरेका थिए । त्यो महोत्सवमा कोमल ओली, पार्वती राई, टीका पुन, कमल गाउँले लगायतका दुई दर्जन भन्दा बढी कलाकार जाजरकोटमा उतारेका थिए । कला क्षेत्र निकै चुनौतिपूर्ण
डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय रावल कलाकार हुनु निकै चुनौतिपूर्ण भएको अनुभव सुनाउछन । कलाकारिता क्षेत्रमा नााम वाहेक साखै आम्दानी हुदैन, उनले भने, व्यवसायिक कलाकार वाहेक अन्य कलाकारलाई गीत गायर जीवन निर्वाह गर्न निकै कठिन छ ।
अलि तड्क भड्क र अश्लिल खालका गीतहरुले बढी चर्चा कमाउने गरेका छन । त्यस्ता गीतहरुलाई सवैले सहयोग पनि गर्छन तर लोपोन्मुख र पैराणिक गीताहरु बचाउन कसैको ध्यान जादैन । नयाँ पुस्ताले पुराना गीतहरु मन पराउन छाडिसके कलाकार रावलले भने । उनको एउटै आग्रह छ, यस्ता लोपोन्मुख गीतहरुलाई संरक्षण गर्न कलाकारको साथै राज्यको पनि उत्तिकै दायित्व र जिम्मेवारी हुनुपर्छ । कलाकारलाई कलाकार नै भएर बाँच्न
कला क्षेत्रको विकास र समृद्धिको लागि राज्यले विशेष ध्यान दिनु पर्ने उनी वताउँछन । राज्यले दुर्लभ गीतहरु निकाल्ने कलाकारलाई संरक्षण, सहयोग र प्रोत्सहान गर्नुपर्छ । लोपोन्मुख र पुराना भाकाका गीताहरुलाई वाहिर ल्याउनको लागि राज्यले कलाकारलाई लगानी गर्नुपर्छ । कलाकारलाई कलाकार नै भएर बाँच्नको लागि पनि राज्यले विशेष भुमिका निर्वाह गर्नुपर्ने रावल बताउँछन ।
राजनीतिक हस्तक्षेप
राज्यले कला संस्कृतिको जर्गेना गर्नको लागि नगरेको पनि होइन, गरेको छ तर त्यो परिणाममुखी हुन सकेको छैन । राष्ट्रिय नाट्य कला प्रतिष्ठान, ललित कला केन्द्र, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान लगायतका कला,सहित्य क्षेत्रमा दर्जनौ निकाय स्थापना भएका छन । तर राजनीतिक हस्तक्षेपका कारण तिनले राम्रोसँग काम गर्न सकेका छैनन् । राजनीतिक हस्पक्षेप हुँदा पहुँच हुने र नेताको चाकडी गर्ने कलाकारले मात्रै सहयोग पाएका छन । कतिपयको लागि त्यो कमाई खाने भाडो पनि भएको छ ।ज्ञानलाई तिखारेर आउ
कलाकारिता क्षेत्रमा आएपछि टिक्न कठिन छ । शोषण गर्नेहरु धेरै छन । सहयोग गर्नेहरु कम छन, उनले भने, कलाकारितामा ज्ञानलाई तिखारेर आउनु पर्छ हचुवाको भरमा हैन । कलाकार हुनको लागि कला क्षेत्रलाई सवैभन्दा पहिला वुझ्नु होस, क्षमतावान हुनुहोस अनि मात्र प्रवेस गर्नुहोस उनले कला क्षेत्रमा प्रवेस गर्न चाहानेलाई सुझाव दिए । शिक्षक वन्ने सपना
बहुमुखी प्रतिभाका धनी कलाकार रावलको सानोमा शिक्षाक बन्ने सपना थियो । उनले आफनो सपनालाई पुरा गर्नको लागि शिक्षक वन्ने प्रयास पनि गरेका थिए । तर समयले उनलाई कलाकार वनायो । सिर्जनात्मक अभिव्यक्तिशील कला सम्वन्धी प्रशिक्षण दिने र गीता संगितलाई अझ उचाईमा पुर्याउने उनको योजना छ । दुर्लभ गीत संगितको खोजी गर्ने उनको भावि योजना छ । पुराना शैलीका गीताहरुलाई छायाकन गर्ने, वृत्तचित्र बनाउने र गीत संगीतमा वाकी जीवन विताउने उनको सपना छ । श्रीमति पनि गायिका
कलाकार रावलकी धर्मपत्नी सरस्वती घर्ती पनि सफल गायिका हुन । अहिलेसम्म उनले पनि ५ वटा एल्वममा स्वार दिएकी छन । उनी २०५९ सालमा कलाकारितामा प्रवेस गरेकी थिइन । दुवैजना कलाकार भएको हुनाले धेरै आम्दानी नभएपनि जीवन चलाउन पुगेको कलाकार रावलले भने । पढाईमा अव्वल
सानैदेखि पढाईमा अव्वल उनीले कक्षा १ देखि १० कक्षासम्म गाउँकै विद्यालयमा पढेका थिए । २०५७ सालमा भानुभक्त माविवाट एसएलसी गरेका उनले ललितकला क्याम्पस काठमाडौवाट प्रविणता प्रमाणपत्र र स्नात्तक तथा त्रिभूवन विश्वविद्यालयवाट राजनीतिक शास्त्रमा स्नतकोत्तर गरेका रावल अहिले समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पनि गरिरहेका छन । कलाकारितासगै पत्रकारिता
कलाकार रावल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानमा आवद्ध छन । उनकै सक्रियतामा जाजरकोटमा प्रतिष्ठान खुलेको थियो । अहिले उनी प्रतिष्ठानका अध्यक्ष पनि हुन । कलाकारितासगसगै पत्रकारितामा पनि हात हालेका रावलले तीन वर्ष रेडियो खलंगा एफएमको स्टेसन म्यानेजर भएर पनि काम गरेका थिए । उनले समयअधिकारका दैनिक पत्रिका वाँकेमा २ वर्ष कार्यकारी सम्पादक भएर पनि काम गरे । उनले नियमित रुपमा विभिन्न दैनिक पत्रिका, अनलाईन लगायतका संचार माध्यममा कला र साहित्य सम्वन्धी अनुसन्धानमुलक लेखहरु पनि लेख्दै आएका छन । संगीत शिक्षा अनिवार्य
कलाकार रावल आफै रचना गर्ने, आफै गाउँने र आफै लय बनाउने गर्छन । व्यवसायिक गीतहरु भन्दा पनि पुराना गीतहरु ख्याली, बनगाडी, दरी, फाक जस्ता गीतहरु गाउन रुचाउने कलाकार रावल कला क्षेत्रमा राज्यले लगानी वढाउनु पर्नेमा जोड दिदै आएका छन । उनले भने, यदि नयाँ पिढीलाई नैतिकवान र कर्तव्यनिष्ट बनाउने हो भने प्राथमिक तहदेखि नै संगीत शिक्षालाई अनिवार्य बनाउनु पर्छ । निकै प्रभावित भए
गाउँमा त्यतिवेला युनाइटेड मिसन टु नेपाल भन्ने संस्थाले अनौपचारिक शिक्षाका कक्षा संचालन गरेको थियो । ति कक्षाहरुमा हरेक शुक्रवार विभिन्न संस्कृतिक कार्यक्रमहरु हुने गर्थे । ति कार्यक्रममा प्रौढ कक्षामा पढन आउने बुढावुढीले गाउने पुराना गीतहरुवाट उनी निकै प्रभावित भए । यस्तै विद्यालयमा हरेक शक्रवार हुने संस्कृतिक कार्यक्रमले पनि उनलाई कला क्षेत्रमा आर्कषित गर्न मदत गरेको थियो ।७ सय रुपैया पुरस्कार
कलाकारीता क्षेत्रमा मेरो प्रेरणाको स्रोत कोही छैन, यस्तै खालका कार्यक्रमका सहभागीता जनाउँदा जनाउदै कलाकार भइयो उनले भने । विद्यालय पढ्दा अंकुराउदै गरेको कलालाई २०५६ सालमा खलंगामा भएको सास्कृतिक कार्यक्रमले मलजल गरेको थियो । स्वर्गिय राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा सेनाले जिल्ला स्तरीय दोहोरी गीत प्रतियोगीता गरेको थियो । त्यो प्रतियोगीतामा रावल पहिलो भएका थिए । ७ सय रुपैया पुरस्कार र प्रमाण पत्र पाएपछि उनलाई कलाकारिता क्षेत्रमा प्रवेस गर्न ठुलो हैसला मिलेको थियो । स्वर परिक्षा पास
जिल्लास्तरीय प्रतियोगीताममा प्रथम भएपछि उनी क्षेत्रिय प्रतियोगीताको लागि छनौट भए । क्षेत्रीय प्रतियोगीतावाट पनि उनी केन्द्रका लागि छनौट भए । त्यतिवेला रेडियो नेपालले आफनो स्थापना दिवसको अवसरमा फुलवारी कार्यक्रम गथ्र्योे, उनले भने, त्यो कार्यक्रममा स्वर परिक्षा पासको उपाधी पाए । त्यसपछि व्यवसायिक रुपमै कला क्षेत्रमा प्रवेस गरे । (पत्रकार प्रकाश पन्तसँग गरिएको कुराकानीमा आधारित)

 

प्रकाशित मितिः २९ भाद्र २०७४, बिहीबार ०७:४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *