
सुर्खेत, ५ असोज ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष तथा युवा समाजसेवी युवराज पौडेलले वोनम्यारो (एप्लाटिक एनिमिया) को समस्यावाट पीडित जाजरकोटकी रबिना सिंह बोहरालाई आर्थिक सहयोग गरेका छन ।
शिक्षण अस्पताल काठमाडौमा उपचार गरिरहेकी रबिनाको उपचारको लागि पौडेलले नगद ५ हजार रुपैया प्रदान गरेका छन ।
वोनम्यारोको समस्यावाट पीडित रबिना बचाउ अभियान थालेका पत्रकार प्रकाश पन्तलाई पौडेलले उक्त रकम हस्तान्तरण गरेका हुन ।
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतमा कार्यरत उनीले लाईन्स क्लव मार्फत विभिन्न किसिमका सामाजिक अभियानहरु संचालन गरिहेको छन ।
उनको पहल र सक्रियतामा सुर्खेतका विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन भएका छन ।
उनले नेतृत्व गरेको लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले प्रदेश नं ६ को प्रमुख पर्यटकिय स्थल बुलवले उद्यान भित्र वोटानिकल पार्क बनाउने तयारी गरेको छ ।
अध्यक्ष पौडेलले वोनम्यारो पीडित रविनाको वारेमा कान्तिपुर दैनिक,नेपाल समाचार पत्र दैनिक र राराखवर डटकममा प्रकाशित भएको समाचार पढेपछि उपचारको लागि सहयोग गरेको बताए ।आफनो सानो सहयोगले रविनाको उपचारको लागि थेरै भएपनि राहात हुने विश्वास उनले व्यक्त गरे ।
मानविय सेवा नै धर्म भएको उल्लेख गदै उनले वोनम्यारो पीडित रविनाको जीवन बचाउनको लागि सक्दो सहयोग आग्रह पनि गरेका छन ।
यसअघि जाजरकोटका सांसद राजीव विक्रम शाहले पनि वोनम्यारोको समस्यावाट पीडित रविनाको उपचारको लागि २५ हजार रुपैया सहयोग गरेका थिए ।
शिक्षण अस्पताल महाराजगंजमै पुगेर रबिनालाई सांसद शाहले नगद नगद रुपैया हस्तान्तरण गरेका हुन ।
अस्पतालको शैयावाटै जीवन रक्षाको लागि सहयोगको याचना गरेको थाहाँ पाउन वित्तिकै अस्पतालमै पुगेर रबिनालाई सहयोग गरेको सांसद शाहले बताए ।६ महिनादेखि शिक्षण अस्पताल काठमाडौमा उपचार गरिरहेकी रविनालाई रकम अभावले गर्दा थप उपचारमा समस्या भएको समाचार पत्रकार प्रकाश पन्तले नेपाल समाचार पत्र दैनिक र राराखवर डटकममा लेखेका थिए ।
उनले रविनालाई बचाउनको लागि सामाजिक संजाल मार्फत अभियान पनि चलाएका छन ।
अहिलेसम्म उनको उपचारमा ५ लाख रुपैया खर्च भैइसकेको भने वोनम्यारो प्रत्यारोपन गर्न थप ३० लाख रुपैया खर्च लाग्ने बताएको रबिनाका श्रीमान राजेन्द्र बोहराले जानकारी दिए ।
रबिनाको उपचार गदै आएका शिक्षण अस्पतालका डा.अन्जान श्रेष्ठले रबिनालाई वोनम्यारो नै प्रत्यारोपन गर्नु पर्ने वताए ।
उनले वोनम्यारो पत्यारोपन गर्न कम्तिमा पनि १५ देखि ३० लाख रुपैया खर्च हुने समेत वताए ।