जाजरकोटको विकासका आधार स्तम्भ
नेपाली काँग्रेस जाजरकोटका सभापति दिपकजङ्ग शाह जाजरकोट काँग्रेसका संस्थापक मध्ये एक हुन । काँग्रेसका संस्थापक सचिव उनले प्रतिवन्धित अवस्थामा पार्टी संगठन निर्माण गरेका थिए । प्रतिवन्धित अवस्थामा चक्रबहादुर शाह सभापति र उनले सचिव भएर जाजरकोटमा काँग्रेसलाई स्थापना गरेका थिए ।
जाजरकोट काँग्रेसको राजनीतिमा उनी निडर र विकासप्रेमी नेताको रुपमा चिनिन्छन । १६ वर्षको उमेरदेखि नै उनी काँग्रेसको राजनीतमा सक्रिय हुदै आएका छन । रुकुमको मुसिकोटमा रहेको त्रिभुवन माध्यामिक विद्यालयमा पढदै गर्दा शाह विद्यार्थी युनियनमा आवद्ध भए । सुरुमा अर्थमन्त्री र त्यसपछि महामन्त्री भएर युनियन हाकेका थिए । प्रतिवन्धित अवस्थामा संगठन विस्तार
प्रतिवन्धित अवस्थामा संगठन विस्तार गरेकै कारण जाजरकोटमा काँग्रेसको वलियो आधार छ । त्यो वेला संगठन निर्माण गर्न कम चुनौतिपूर्ण थिएन, शाहले भने, खुला रुपमा राजनीतिक गतिविधी संचालन गर्न कठिन थियो, चिठी पत्रमार्फत केन्द्रका खवर गाँउ र गाउकँको खवर केन्द्रसम्म पुर्याउनु पथ्र्यो । सधै विकास निर्माण र जनताको सेवामा सक्रिय
बहुदल आएपछि २०४८ सालको संसदिय चुनावमा उनी झिनो मतअन्तरले पराजीत भएका थिए । चुनावमा पराजीत भएपनि उनी निरन्तर जाजरकोटी जनताको सेवा र काँग्रेसको संगठन निर्माणमा जुटी रहे । त्यसैको परिणामस्वरुप २०५१ सालको चुनावमा प्रतिद्धन्द्धीलाई दोव्बर मतको अन्तरले हराउदै प्रतिनिधी सभाको सदस्यमा निर्वाचित भए । त्यसपछि २०७० सालको संविधान सभा निर्वाचनमा झिनो मतअन्तरले पराजीत भएपनि उनी जनताको सेवामा निरन्तर जुटरहेका छन । चुनाव हारे पनि शाह २०७१ साल असार २३ गतेवाट दुर्गम क्षेत्र विकास समितिको उपाध्यक्ष भएर जाजरकोट लगायत दुर्गम जिल्लाको विकास निर्माण र जनताको सेवामा सक्रिय छन । काँग्रेसको झन्डा हेर्न आउनेको भीड
काँग्रेसको जिल्ला कार्यसमितिको सदस्य, सचिव हुदै वाह्रै महाधिवेसनमा पहिलो पटक र तेह्रौ महाधिवेसनमा दोस्रो पटक पार्टी सभापतिमा निर्वाचित भएर जाजरकोटको काँग्रेसलाई हाकिरहेका छन । करिव ४ दशकको राजनीतिक अनुभव सुनाउदै उनी भन्छन, प्रतिवन्धित अवस्थमा कोही काँग्रेस हुन चाहादैन्थे, काँग्रेस बनाउनको लागि धेरै मिहिनेत गर्नुपथ्यो, २०४६ सालमा काठमाडौवाट काँग्रेसको झन्डा लिएर जाँदा मलाई दिपकले काठमाडौवाट काँग्रेस पार्टी ल्याएर आएको छ भनेर झन्डा हेर्न आउने मान्छेको भीड पनि लागेको थियो । त्यसपछि बल्ल बहुदल पक्षले चुनाव जित्यो
भूमिगत कालमा पार्टीको काम गर्न गाह्रो थियो । तर जनमत संग्रहमा हामीले जाजरकोटवाट वहुदललाई जिताएका थियौ । २०३६ सालको जनमत संग्रहमा बहुदलले निर्दललाई हराएको थियो । वहुदलले जित्नुको एउटा रमाइलो प्रशंग सुनाउदै उनले भने, जनमत संग्रहको चुनावमा काठमाडौवाट हेलिकप्टेरले जाजरकोटमा मत पत्र लगायत चुनावका सामाग्रीहरु ल्याएर आयो । हामीले जनतालाई सरकारले हेलिकप्टेर मार्फत पैसा पठायो तपाईहरुले पाउनु भयो कि भएन भनेर प्रचार गरयौ । त्यसपछि एकाएक चुनावी माहोल वहुदलको पक्षमा बन्यो, परिणाम पनि वहुदलकै पक्षमा आयो । बहुदल पक्षले चुनाव जित्यो । गाउँगाउँमा गएर संगठन निर्माण
निडर नेताको पहिचान वनाएका शाहले वहुदल आएपछि जाजरकोटको गाउँगाउँमा गएर काँग्रेसको संगठन विस्तार गरेका थिए । खुला राजनीतिमा आएपछि गाउँगाउँमा गएर संगठन निर्माण गरियो । त्यसैले अहिले जाजरकोटमा काँग्रेसको जग बलियो भएको छ, उनले भन, संगठन निर्माण गर्दा हरेक व्यक्तिलाई काँग्रेसको वारेमा वुझाउनु पथ्र्यो । काँग्रेस र कम्युनिष्टको फरक वताउनु पथ्र्यो ।
त्यतिवेला राजादेखि देउता मान्ने मान्छेहरु थिए । हाम्रो सक्रियताले काँग्रेसप्रति जाजरकोटी जनताको आर्कषण बढ्यो । त्यतिवेला काँग्रेसमा नेतृत्व गर्ने मान्छेको पनि अभाव थियो । कतिपय साथीहरु शिक्षण पेशा छाडेर पार्टी राजनीतिमा प्रवेस आउनु भयो, उनले भने । सधै जाजरकोटीको सुखदुखमा साथ
जजरकोटी जनताको सुखदुखमा सधै साथ दिदै आएका सभापति शाह जनताकै सेवा गर्छु भनेर राजनीतिमा प्रवेस गरेको बताउँछन । तत्कालिन जाजरकोटी राजा स्वयंमप्रकाश शाह राजाहुदाहुदै पनि काँग्रेसको राजनीतिमा आएर २०१५ सालमा सांसद निर्वाचित भएका थिए । उनको पारिवारीक पृष्ठभूमी पनि राजनीतिसँग जोडिएको हुनाले पनि उनलाई राजनीतिमा आउन सजिलो भयो । राजा भएर पनि प्रजातन्त्रमा आस्था राख्ने जाजरकोटी राजा कम प्रजातान्त्रिक होइनन् उनले भने २०१५ सालमै काँग्रेसले राजा राजौठा उन्मुलन गरेका थियो ।
उनका ससुरा लोकेन्द्रबहादुर शाह २०१५ सालको चुनावमा कैलाली कन्चनपुरको सांसद थिए । उहाँ काँग्रेस पार्टीलाई बचाएर राख्ने केन्द्रीय स्तरको नेता हुनुहुन्थ्यो सभापति शाहले भने, पारिवारीक पृष्ठभूमिका साथै मेरो ससुरा पनि राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्छ । त्यस्तै विपी कोइराला, गणेशमान सिह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुकै प्रेरणाको कारणले म राजनीतिमा आए ।
नयाँ भिजन र सोच
राजनीति भनेको देश र जनताको सेवा हो । तर पछिल्लो समय राजनीति र नेताप्रति जनताको विश्वास टुटदै गएको छ, उनले भने, राजनीति गर्नेहरुले राजनीतिलाई जुनस्तरमा पुर्याउनु पर्ने हो त्यो स्तरसम्म पुर्याउन सकेनौ । त्यसैले जनतालाई राजनीतिप्रति वितृष्णा पैदा भएको छ । अब पुरानो पाराले राजनीति चल्दैन, उनले भने, नयाँ तरिकाले राजनीति गर्नुपर्छ, जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि नयाँ भिजन र सोचका साथ अघि बढनु पर्छ । असल काम गर्नुपर्छ । अनि मात्र जनताको विश्वास जित्न सकिन्छ । खुला हृदयका साथ स्वागत
अहिले धेरै युवाहरु राजनीतिमा आउन चाहान्छन । राजनीतिमा आउन चाहनेहरुलाई खुला हृदयका साथ स्वागत गर्नुपर्छ । नयाँ चिन्तन, सोच र भिजन भएका युवाहरुको खाँचो अहिले हरेक पार्टीमा छ । पुरानै तरिकाले राजनीति चल्दैन । घोषणा पत्रमा सीमित भएर पनि हुदैन । चुनावको समयमा जसरी जनतासँग भोट माग्दै घोषणा पत्र बाँडिन्छ जितेपछि त्यसरी नै घोषणा पत्रलाई कार्यान्वयनको लागि जनताको घरदैलोमा जानुपर्छ, सभापति शाहले उल्लेख गरे । विकास निर्माण थुप्रै काम अघि बढाए
पहिलो पटक २०५१ सालमा जाजरकोट क्षेत्र न २ वाट चुनाव जितेपछि उनले पश्चिम जाजरकोटमा विकास निर्माणका थुप्रै कामहरु अघि बढाए । त्यतिवेला खोलाहरुमा पुल थिए, सवैलाई पायक पर्ने ठाउँमा विद्यालय थिएनन्, गाउँमा स्वास्थ्य चौकी पनि थिएनन्, औषधी उपचारको लागि वाहिर जानुपथ्र्यो, सिचाई, बाटोघाटोको पनि सुविधा थिएन । चुनाव जितेपछि मैले पश्चिम जाजरकोटमा विकास निर्माणका धेरै कामहरु गरे । चुनाव जितेपछि १२ वटा झोलुंगे पुल एकै वर्षमा निर्माण गरे, उनले भने । समृद्ध जाजरकोट निर्माणको अभियानमा सधै सक्रिय
विद्यालय, वाटोघाटो, खानेपानी, सिंचाई जस्ता विकास निर्माणका कामलाई अघि वढाए, उनले भने, चुनाव जितेपछि विकास निर्माणसगसगै जनताको काममा सहयोग गर्नेदेखि सुखदुखमा पनि उत्तिकै साथ दिए । पदमा रहेपनि नरहेपनि समृद्ध जाजरकोट निर्माणको अभियानमा सधै सक्रिय भएर लागि रहे । एउटै गाविसमा दुई वटा स्वास्थ्य चौकी
त्यतिवेला हरेक गाउँ विकास समितिका एउटा उपस्वास्थ्य चौकी राख्ने नीति सरकारले ल्यायो । स्वास्थ्य चौकी कहाँ राख्ने विषयमा तत्कालिन पजारु गाविसमा विवाद भयो । पजारुका जनताको भावनालाई समेट्दै सरकारको नीतिलाई समेत चुनौति दिएर मैले पजारुको शेरा खहरेमा अर्को उपस्वास्थ्य चौकी स्थापना गरे । सायद नेपालमै पहिलो पटक होला एउटै गाविसमा दुई वटा स्वास्थ्य चौकी भएको । विद्यालयको स्तर उन्नति गर्नेदेखि गाउँका साथीहरुले ल्याएर आउने हरेक समस्यालाई समाधान गर्न आफनो तर्फवाट सक्दो सहयोग र पहल गरे, उनले थपे । प्रदेश सभाकै लागि चुनाव
अहिले हुन लागेको संघ र प्रदेशको चुनावमा लड्ने उनले बनाएका छन । नेपाली काँग्रेस जाजरकोटले सभापति शाहलाई प्रदेशको चुनावको लागि क्षेत्र न २ वाट सर्वसम्मत रुपमा उम्मेदवार बनाएको छ । पार्टीको निर्णय सगै शाहले आफनो चुनावी अभियान पनि सुरु गरेका छन । उनले भने यो चुनावमा काँग्रेसले सुझबुझपूर्ण निर्णय गरेको छ । चुनाव आउनु २ महिना अगाडी नै उम्मेदवारको निर्णय गरेकोले जनतामा पनि राम्रो सन्देश गएको छ । नयाँ संरचना अनुसार हुन लागेको चुनावमा लडेर जनताको सेवा गर्ने इच्छा छ । त्यसको लागि सवैवाट साथ सहयोग र समर्थनको अपेक्षा गरेको छु उनले भन, प्रदेश सभाको चुनाव लडने तयारी गरेको छु । प्रदेश सभामा आएर धेरै कामहरु गर्न सकिने भएकोले प्रदेश सभाकै लागि चुनाव लड्छु, उनले भने । काँग्रेसकै नेतृत्वमा समृद्ध, समुन्वत र नमुना जाजरकोट
जतिसक्यो चाडो केन्द्र र प्रदेशको प्रत्यक्ष र समानुपाति तर्फका उम्मेदवारको टुंगो लगाएर जाजरकोट काँग्रेस चुनावमा होमिने पनि सभापति शाहले वताए । जाजरकोटमा प्रदेश र संघको चुनावमा काँग्रेसले नै जित्छ । सवै एकजुट भएर चुनावमा लागौ । व्यक्ति हैन संगठनलाई प्राथमिकता दियौ । नेपाली काँग्रेसले अघि सारेको समृद्ध जाजरकोट, समुन्वत जाजरकोट अनि नमुना जाजरकोट बनाउने अभियानलाई कार्यान्वयन गर्न लागौ ।(रारा खवर डटकमसँग गरिएको कुराकानीमा आधारित)