प्रेरणाको ज्योति बाल्दै ‘गणेश सर’

दैलेख, नारायण नगरपालिका–२, जारकोटका गणेशबहादुर थापाले ३६ वर्षसम्म शिक्षाको ज्योति बाले । सेवाबाट अलग भएपछि धेरैलाई लागेको थियो– अब उनी आरामसाथ बस्नेछन् । तर, सबैलाई चकित पार्र्दै उनी तरकारी खेतीमा जुटे । अहिले ‘गणेश सर’ इलम गरेर प्रेरणाको ज्योति चम्काउँदैछन् । मिहिनेतको पाठ सिकाउँदैछन् ।
हिजोआज उनको दिनचर्या तरकारी बारीमै बित्छ । कृषिकर्मले रिटायर्ड लाइफलाई थप उर्जा दिएको उनको अनुभव छ । ‘काम नगरेर खाली बस्नुहुँदैन भन्ने पाठ सिकाउन म आपैm यो व्यावसायमा लागेको हुँ,’ उनी भन्छन्, ‘यसले मलाई आर्थिक आम्दानी दिएको छ भने अरुलाई प्रेरणा र हौसला पनि दिएको छ ।’


२०७२ सालबाट व्यावसायिक तरकारी खेती सुरु गरेका उनी अहिले वार्षिक करिब दुई लाख रुपैयाँ आम्दानी गर्छन् । ६ रोपनी जग्गामा आलु, मूला, गाँजर, धनियाँ लगाएका छन् । उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले सहयोग गरेपछि उनको व्यावसायिक जीवनमा थप प्रेरणा मिलेको छ । उनी गाउँको करलेआवत कृषक समूहमा आवद्ध छन्, जुन समूहलाई आयोजनाले तरकारी खेती गर्न १३ लाख ५७ हजार रुपैयाँ सहयोग गरेको छ ‘आयोजनाले व्यसायिक तरकारी खेती गर्ने प्रेरणा दिएपछि शिक्षकबाट रिटायर्ड भएपछि पनि यसमै लागेँ,’ उनी भन्छन्, ‘बाँकी जीवन पनि कृषिकर्ममै बिताउँछु ।’
उनले उत्पादन गरेको तरकारीको बजार समस्या पनि छैन । उनले दैलेख बजारमा रहेको बम फलफुल तथा सब्जीमण्डीसँग अग्रिम सम्झौता गरेका छन् । उत्पादित सबै तरकारी बम सब्जीमण्डीलाई दिन्छन् । पहिले डोकोमा बजारसम्म पु¥याउँथे, अहिले घरमै गाडी तरकारी लिन आइपुग्छ । दैलेख बजारलाई आवश्यक पर्ने करिब ७० प्रतिशत तरकारी जारकोटले धानेको छ । यस्तै कृषकको कारण जारकोट तरकारी खेतीमा जिल्लाकै नमूना गाँउ बनेको छ । समूहमा आवद्ध किसानले तरकारी बेचेर वार्षिक ४० हजारदेखि १५ लाख रुपैयाँसम्म कमाउँछन् ।
६ वर्षअघि शिक्षकबाट राजीनामा दिएका थापा शिक्षक र कृषकमा धेरै फरक पाएको अनुभव सुनाउँछन् । जागीरमा परनिर्भरता र अर्काको दवाव–प्रभाव हुन्थ्यो । यसमा आत्मनिर्भर र स्वतन्त्रता छ । ‘श्रम त जहाँ पनि गरिन्छ, तर जहाँ स्वतन्त्रतासहितको श्रम हुन्छ, त्यहिँ काम गर्न सहज हुन्छ,’ उनले आप्mनो अनुभव सुनाउँदै भने, ‘मैले श्रम स्वतन्त्रता यहाँ पाएको छु ।’
शिक्षणकालमा जिल्लाकै नमूना शिक्षक रहेका उनी अहिले पनि नमूना किसानको रुपमा स्थापित भएका छन् । उनको सिको गरेर अरु गाउँलेले पनि तरकारी खेती गरेका छन् । उनी आपैm बारीमा गएर खनजोत गर्छन्, तरकारी लगाउँछन्, गोडमेल गर्छन् र उब्जेको तरकारी बजारसम्म पु¥याउँछन् । ‘जुन व्यवसायमा लाग्यो, त्यही व्यवसायको मर्मअनुसार काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ उनी भन्छन्, ‘त्यसैले म यो व्यवसायमा पनि मज्जासँग रमाइरहेको छु ।’
छोटो समयमा राम्रो आम्दानी गरेका थापा आगामी दिनमा तरकारी खेतीमा थप लगानी गर्ने योजनामा छन् । उनी स्थानीयतहका वडासदस्य पनि हुन् । त्यसैले आप्mनो तर्पmबाट स्थानीय सरकारलाई कृषिमा उत्कृष्ट नीतिसहित लगानी बढाउन सुझाब पनि दिएका छन् ।

प्रकाशित मितिः ९ मंसिर २०७५, आईतवार ०९:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *