पर्यटन विद् सिंजालीको मनभित्रको मनोरंम कर्णाली

कर्णाली नेपालको सबैभन्दा ठूलो प्रदेश हो । यो प्रदेशमा डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, सल्यान, पश्चिम रुकुम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला पर्छन् । कर्णाली नामले नै ऐतिहासिक, सांस्कृतिक, जातिय तथा भौगोलिक विविधताले भरिपूर्ण ठाउँ हो । नेपालको परपुरातण सभ्यता झल्किने जुम्ला, सुर्खेत र दैलेखमा पुरातात्विक स्थलहरुले उल्लेख गर्दछ कि यो क्षेत्र खस राज्यको एक भाग थियो जुन ११ औं शताब्दीमा स्थापना भएको थियो ।


यसमा विस्तृत दायरा र अद्वितीय भौगोलिक स्थलहरू छन् जसमा दक्षिणी भागहरू र उत्तरपश्चिम उच्च पहाडी क्षेत्रमा समतल भूमिहरू छन्, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको लागि ठूलो सम्भावना बोकेको छ । प्रदेशले उत्तरको उच्च पहाड भूमि र नेपालका मध्य पहाडी क्षेत्रहरू समेटेकोे छ, जसमा कुबीगांग्री, चांगला र कान्जीरोबा पहाडहरू रहेका छन् ।


शे फोक्सुण्डो ताल रहेको से फोक्सुण्डो राष्ट्रिय निकुन्ज नेपालका सबै भन्दा ठूलो राष्ट्रिय निकुन्ज तथा नेपालको सवैभन्दा ठुलो रारा ताल पनि कर्णाली प्रदेशमै पर्छ । कर्णाली नदी यस क्षेत्रको सबैभन्दा ठूलो नदी हो जुन नेपालको सबैभन्दा लामो नदी पनि हो । तिला कर्णाली, हुम्ला कर्णाली, भेरी नदिहरु पनि यसमा पर्छ । हाल, कर्णालीको पर्यटन उद्योगमा लोकपिय्र प्रमुख पर्यटकीय स्थलहरुमा से फोक्सुण्डो ताल, रारा ताल, लिमी उपत्यका यात्रा, माथिल्लो डोल्पा यात्रा र केहि अन्य रहेका छन् । विद्यमान प्राकृतिक र ऐतिहासिक गन्तव्य संगै पर्यटन मा अधिक सम्भावना का बावजूद, हामी अझै संतोषजनक रुपमा घरेलू तथा अन्तर्राष्ट्रीय पर्यटकहरु लाई भित्याउन संघर्ष गर्दै छौं ।


कर्णालीमा पर्यटनको प्रचार किन ?
पर्यटन विकासको ७० वर्षभन्दा बढी अवधिमा हामी अझै एक लाख पर्यटक भित्याउन संघर्ष गरिरहेका छौ । यद्धपि, यस तथ्यका बावजूद हामीसँग धेरै अद्वितीय पर्यटकिय उत्पादन र गन्तव्यहरू छन् । नेपालमा पर्यटकीय उत्पादनहरु को बजार प्रवर्धनमा पारंपरिक पद्धतिहरुको वर्चस्व रहँदै आएको छ । सडक कार्यक्रम तथा महोत्सवहरुको आयोजना गरी औचित्यहीन पर्चा र पाम्पेट बाँड्नुमानै नेपाल पर्यटन बोर्डले प्राथमिकता दिँदै आएको छ । नेपाल पर्यटन बोर्डको सुरुवातदेखि प्रचलित व्यापारिक रणनीतिहरू सकारात्मक नतिजा प्राप्त गर्न असफल रहेका देखिन्छन् ।


यसका बावजूद नेपाल पर्यटन बोर्ड वर्तमान कार्यप्रणालीको समिक्षा गर्नमा कम चिन्तित देखिन्छ । यसलाई हाम्रो पर्यटन उत्पादन र गतिविधि संग तुलना गर्दा ट्रेकिङ, दर्शनीय स्थल र केहि साहसी गतिविधिहरु बाहेक, हाम्रो पर्यटकीय उत्पादनहरु पर्यटकहरुको कल्पनामा रम्न असफल भएको भान हुन्छ । यो नेपाली पर्यटन क्षेत्रको मुख्य कमजोरी हो ।


हामी ठूलो मात्रामा प्रकृतिमा आधारित पर्यटनमा सीमित छौं र अरु सम्भावित क्षेत्रहरू जस्तै संस्कृति, सम्पदा र मनोरञ्जनात्मक गतिविधिहरूलाई उपेक्षा गरिरहेका छौ । विगतका वर्षहरूमा हामी नयाँ गन्तव्य र उत्पादनहरूको विकास गर्न असफल भएका छौं । पर्यटन विकासको लागि जिम्मेवार अधिकांश संगठनहरूले मुख्यतः ट्रेकिंग र भ्रमणलाई मात्र प्राथमिकता दिइरहेका छन् ।

यसबाहेक त्यहाँ यस्ता धेरै आकर्षक गन्तव्यहरु छन् जसले घरेलु तथा अन्तर्रा्ष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न सक्छन्  प्राविधिक विकासको यस युगमा, विश्वव्यापी परिप्रेक्ष्यसम्म पहुँच पु¥याउन वेबपेजको माध्यमबाट यस क्षेत्रका विशेषताको प्रवर्धन र विकासमा सहयोग मिल्दछ ।


यसै गरी, सूचना डेस्कको स्थापनाले स्थानीय र अन्तर्राष्ट्रिय आगन्तुकहरूसँग उचित संचार कायम राख्न पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । धार्मिक, सांस्कृतिक, जातीय र प्राकृतिक गन्तव्यहरूको असाधारण विविधता सम्बन्धी जानकारीपूर्ण अभियानहरू पनि उत्तिकै महत्वपूर्ण छन् । यस अभियानको माध्यमबाट प्याराग्लाइडिङ, चट्टान चढ्ने, बन्जी जम्पिङ, राफ्टिंग र कायाकिंग जस्ता कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ ।


अनुसन्धानमूलक, खोजमूलक तथा विकासोन्मुख रणनीतिले पर्यटन क्षेत्रको प्रवर्धनमा रहेका रुकावटहरुको निराकरण गर्न एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पर्यटनलाई बढावा गर्न लोकप्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा विज्ञापनहरू राख्नुपर्दछ । यसका लागि दूतावास तथा गैरआवासिय संगठनहरुलाई गतिशील बनाउनु एउटा दरिलो माध्यम हुनसक्दछ । यसका साथै सम्भावना बोकेका तर ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई उजागर गर्न यस अभियानले निश्चित रुपमा सहयोग गर्नेछ ।


हाल बढ्दो मात्रामा अन्तर्राष्ट्रिय पर्यटकहरु पर्यावरण पर्यटन अन्तर्गत सामाजिक अभियानकाप्रति आकर्षित भएको पाइन्छ । यस्तो गतिविधिहरूमा संलग्न पर्यटकहरूसँगको सामुहिक प्रयासका माध्यमबाट पर्यटन प्रवर्धन तथा प्रचारका उपायहरुको खोजी गर्न सकिन्छ ।
पर्यटन प्रवर्धनका लागि नयाँ कार्यप्रणालीको आवश्यकता
पर्यटन एक अन्तरसम्बन्धित क्षेत्र हो । यसैले विभिन्न सम्बन्धित क्षेत्रबाट यसको विकास र सम्वद्र्धनको प्रयास गर्नु आवश्यक छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई आकर्षित गर्न हामीले नयाँ प्रवद्र्धन विधिहरु तिर झुकाव बढाउन आवश्यक छ । सामाजिक सञ्जालका साइटहरू, अन्तरक्रियात्मक वेबसाइटहरूको प्रयोग, गैरआवासिय नेपाली तथा दूतावासहरूको सङ्गठन पर्यटकहरू माझ पुग्ने केही उपायहरु हुन सक्छन् । शव्द / तस्बीर बिशु सिंजाली

प्रकाशित मितिः १० फाल्गुन २०७५, शुक्रबार १५:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *