सुन त मृत्यु

तिमि अन्माउन आउदैछौ मलाई भनि खबर पाएपछि
नयाँ खुशीका पुराना कुनामा
ओथारो बसेका केही सपना
ननिदाउँदा पनि ब्युझाइरहने केही याद
अनि मेरो जिन्दगीलाई पनि एक्लै छोडेर
म श्रृङ्गार खोसिएकी तिम्री दुलही हुन बाध्य भए
अरुको बिहेमा सम्म रातो सारी नलाएकी मलाई
आफ्नो बिदाईमा पनि रातो सारी नसिब भएन
मलामी संगै एक थान कात्रो दाइजो लिएर भित्रिदा
नभरिएका खुशी अनि नरित्तिएका सपना साथमा
ल्याउन पाइन्
तिमिसम्म पुग्न त सजिलो कहाँ थियो र ?
आफु जल्नु पथ्र्यो आफ्नालाई पोल्ने गरी ,
आफुलाइ मेट्नु पथ्र्यो फेरी नलेखिने गरी ,
लुकामारी खेल्नुपथ्र्यो आफ्ना संग
फेरी कहिल्यै नभेटिने गरी ,
धेरै रुनु पथ्र्यो आफैले नसुन्ने गरि अनि
कसैले नदेख्ने गरी
र पनि तिम्रो प्रस्ताव स्वीकारी आए
तिमी कहिल्यौ प्रिय लागेनौ मलाई
तरपनि हेरन तिम्रै लागि धेरै प्रियलाई
छोडेर आए
आए म सधैलाई अब फेरी नफर्कने गरी
कहिल्यै नदेखिने गरी
निदाए तिम्रो निन्द्रामा फेरी नब्युझने गरी
गुनासो छ रे तिमिसंग धेरै
म संगै तिमीले भित्याएका मेरा अधुरो सपना
अनि अपुरा खुशीको नहोस् पनि किन
तिनीहरुले अमर भएरपनि अकालमै ज्यान गुमाएका जो छन्
अनि प्रश्न गरिदिनु भन्दै थियो मेरो जिन्दगीले रुदै
मृत्यु तिमिलाई जुन देहाए बमोजिम छन्
मलाई जीवन्त बाँच्न नदिने तिम्रो जीवन कति छ ?
उमेर नपुगेका मेरा रहनको निधन गर्ने तिम्रो आयु कति छ ?
मलाई फेरी ब्युँझन नदिने तिमी सधैको लागि कहिले निदाउँछौ?
मैले हिजो उदाएको सुर्य देख्न पाइन, अब तिमि सधैको लागि उस्थाउने भोलि कहिले आउँछ ?
जवाफ चाडै दिनु किनकी तिमीले मलाई पनि हतारमै अन्माएका थियौ ।  फेसवुकबाट (सिंह सुर्खेतमा उच्च शिक्षा अध्ययनरत  विद्यार्थी हुन् ) 

प्रकाशित मितिः २४ कार्तिक २०७६, आईतवार ०९:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *