खुशी हराएको सूचना

बिमला सिंह ठकुरी

बालापन नाम गरेको एक प्रिय हिजो खुशीलाई लिएर बेपत्ता भएको छ

हिजो म अर्थ नजानेका थुप्रै शब्दहरू उच्चारण गर्थे जब उ साथैमा थियो मैले खुशीको अर्थ आफु अनुकूल निर्धारण गरेकी थिए ,
आज मैले शब्द ब्यबस्थापन गर्न जानेकी छु तर पनि भावना को अभिलेखन गर्ने कौशल झन् दरिद्र हुदैछ ।

हिजो खाली खुट्टा सपना बोकि दौडने यो मन लाई आज जिम्मेवारी ले मार्गदर्शन गरेको छ
दिनहुँ सहिद हुने मेरा निर्दोष सपना लाई म सहिद दिबसमा पनि सम्झन पाउदिन ।

हिजो म उपयोगिता पनि नबुझेका थुप्रै बस्तुको माग निर्धक्क गर्थे आज धेरै प्रिय लागेका मान्छे पनि अस्वीकार गर्नु मेरो आदत बनेको छ त्यसैले त,
हिजो सपना किन्ने सामर्थ्य भएको यो मन आज भावना बेच्न पनि सफल भएको छैन ।

मौलाएको जिम्मेवारी तिमिले मेरो बालापनको कुवा रित्त्याए पछि म खुशीको प्यासले भौतारिएकी छु तर पनि तिमि मेरो रोजाइ हौ त्यसैले खुशी संगको वियोग देखी प्रभावित यो मन क्षतिपूर्ति को अपेक्षा गर्ने अधिकार देखि बन्चिति मा परेको छ।

तिमिले नफर्कने बाचा गरेर हराएनी म तिम्रो प्रतीक्षा जीवन्त गर्ने बाचा गर्दछु । यदि फर्कियौ भने लामो बिदा लिएर आउनु तिम्रो आगमनमा म आफ्नो सपनाको भेटी चढाइ दिउला

अनि, आशा छ तिमि जो संग छौ उ संग तिमिलाइ उपयोग गर्ने कौशल मेरो भन्दा उत्तम छ ।

(सिंह सुर्खेतमा उच्च शिक्षा अध्ययनरत  विद्यार्थी हुन् ) 

प्रकाशित मितिः २८ कार्तिक २०७६, बिहीबार १६:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *