जाजरकोटवाट २५ करोड रुपैया फिर्ता

Atakholaबद्री पन्त
जाजरकोट २, साउन ।
जाजरकोट जिल्लाको लागि गएको आर्थिक बर्ष ०७२÷०७३ मा आएको मध्ये २५ करोड रुपैया खर्च हुन नसकी फिर्ता भएको छ ।
चालु तर्फको २ अरव ८ करोड ५ लाख २३ हजार मध्ये १ अरव ९८ करोड १ लाख २३ हजार खर्च भएको छ । चालु तर्फको १० करोड २ लाख ७२ हजार वजेट फिर्ता भएको छ ।
यस्तै पुजिगत तपर्mको ७७ करोड २९ लाख मध्ये ६२ करोड ३ लाख ७१ हजार वजेट मात्र खर्च भएको छ ।
पुजीगत तर्फको १५ करोड २५ लाख २९ हजार वजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटका कोष नियन्त्रक यामबहादुर बुढाले बताउँनु भयो ।
जिविसको ३ करोड ५० लाख, जिल्ला स्वास्थ्यको १५ लाख, जिल्ला शिक्षाको १ करोड ५१ लाख, जिल्ला कृषिको २५ लाख, सिचाइ डिभिजनको १ करोड २८ लाख, खानेपानीको २५ लाख रुपैया खचै हुन नसकी फिर्ता भएको छ ।
ढिला गरी अख्तियारी आउने, ठुला आयोजनाको टेन्डर समयमै नहुने, आर्थिक वर्षको अन्त्यमा वजेटको निकासा हुने जस्ता कारणले रकम खर्च हुन नसकेको कोष नियन्त्रक बुढाले जानकारी दिनुभयो ।
यस्तै राजनिति दलको बजेट बाडफाँडमा खिचातानी, न्युन प्राविधीक जनशक्ति लगायतका कारणले पनि बजेट खर्च नभएको वताएको छ ।
यसैगरी चालु आर्थिक वर्ष ०७२÷०७३ मा जाजरकोटमा ५ करोड १९ लाख ५९ हजार रुपैयाँ राजश्व आम्दानी भएको समेत कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः २ श्रावण २०७३, आईतवार ११:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *