सुर्खेत, ३१ साउन ।
सरकारले सुर्खेतका बाढी पहिरो पीडितहरुको नाममा अहिलेसम्म ८ करोड खर्च गरेको छ ।
त्रिपालमा बसेको २ बर्षको अवधिमा सरकारी तथा स्थानीय तवरबाट राहत र पुनस्र्थापनाका नाममा ८ करोड २ लाख १६ हजार खर्च गरेको हो । यसमा गैरसरकारी संस्थाहरुले गरेको खर्च विवरणभने समेटिएको छैन ।
सरकारी तवरबाट ७ करोड ४९ लाख ६८ हजार र जनस्तरबाट ५३ लाख ४८ हजार रुपैया गरी ८ करोड खर्च भइसक्दा पनि अझै २ सय बाढीपीडित परिवारको पुनस्र्थापना हुन सकेको छैन ।
उनीहरु अझैपनि विभिन्न शिविरहरुमा बसिरहेका छन् ।
जिल्ला दैवी उद्धार प्रकोप समितिले ९७० घरपरिवार विस्थापित भएकोमा २ बर्षको अवधिमा ७ सय बढी परिवारको पुनस्र्थापना जनाएको छ ।
करिव २ सय परिवारलाई रेडक्रस र कारितास नेपाल संस्थाले घर बनाइ दिएका छन ।
सरकारले विस्थापितहरु मध्ये ४ सय ६४ परिवारलाई जग्गा खरिद गरी घर बनाउनका लागि २ करोड ९३ लाख ५० हजार रुपैया अनुदान दिएको समितिले जनाएको छ ।
समितिका सदस्य सचिव तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले घर निर्माण गर्न १ सय १३ जनाले पहिलो किस्ता वाफत २५ हजार र १० घरपरिवारले दोस्रो किस्ता स्वरुप २५ हजार लिएको वताउनु भयो ।
उहाँले अधिकाश वाढी पीडितहरु पुनस्र्थापना भइसकेको र अव करिव २ सय परिवार मात्रै पुनस्र्थापना हुन बाकी रहेको उल्लेख गर्नुभयो ।
यो अवधिमा बाढीपीडितहरुका लागि खाद्यान्नमा २१ लाख ५७ हजार, पूर्ण र आंशिक रुपमा घर क्षति भएका २ हजार ३ सय २७ परिवारलाई ९५ लाख रुपैया प्रदान गरिएको छ ।
यसतै मृतक तथा वेपत्ता १ सय १५ परिवारलाई ९५ लाख ८० हजार रुपैया दिइएको समितिले जानकारी दिएको छ ।
यता बाढीपीडितहरुका लागि गैरसरकारी संघ संस्थाहरुले पनि लाखौं रकम खर्च गरेको दावी गरेपनि बास्तविक विवरण जिल्ला दैवी प्रकोप उद्धार समितिम नवुझाएको वताएको छ ।
समितिले गैरसरकारी संघसंस्थाहरुले आफूहरुले यति खर्च गरे भनेर मौखिक रुपमा भनेपनि लिखित रुपमा कति खर्च गरे भन्ने नदिएको उल्लेख गरेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिबाट सिफारिस संख्याः ९७० परिवार
रेडक्रसले वनाएको घर संख्याः १४० परिवार
कारितास नेपालको सहयोगमा नवज्योति केन्द्रले बनाएको घर संख्याः ४९ परिवार
सिफारिस मध्ये जग्गा खरिदका लागि अनुदान पाएको संख्याः ४६४
घर निर्माण पहिलो किस्ता २५,००० हजार लिएका संख्याः ११३
घर निर्माण दोश्रो किस्ता २५,००० लिएका संख्याः १०
कुल जम्मा रकम २९,३५००००÷–
शिविरमा बसोबास गर्ने परिवार संख्याः करिव २०० परिवार
प्राप्त बजेटः
सरकारीः ७४९६८९५०÷–
स्थानीयस्तरमा संकलन भएकोः ५३४८०२८÷९६
कुल जम्माः ८०२१६९७९÷–
खाद्यान्न खरीद जिल्ला दैवी प्रकोप उद्धार समिति, सुर्खेतबाट विपद पीडितहरुको लागि तत्काल राहत स्वरुप रु. २१,५७,०२९ को खाद्यान्न खरीद गरी विभिन्न अस्थाई आश्रयस्थलहरुमा वितरण गरेको ।
बजेट खर्चः पीडित व्यक्तिहरुलाई पुर्ण घर क्षति वापत रु. ५००० हजार आंशिक घर क्षति वापत रु. ३००० हजारका दरले २३२७ परिवारका लागि रु. ९९,१३,०००÷
पहिलो चरण अन्तर्गत खाद्यान्न वापत प्रतिव्यक्ति दैनिक रु. ३५ का दरले १० दिनको ३५० का दरले १२,३८५ जनालाई ४३,३०,३५० तथा लत्ता कपडा वापत प्रति व्यक्ति ५०० का दरले १२,३८५ जनालाई ६१,८८५००÷
दोश्रो चरण अन्तर्गत १ महिनाको लागि खाद्य सामग्री वापत प्रति व्यक्ति १५००÷का दरले ११,९३२ जनाको लागि १७,८९८०००÷ र चाडपर्व खर्च वापत प्रति परिवार रु. ३००० हजारका दरले २३६३ परिवारलाई ७०८९०००÷–उपलब्ध गराइएको ।
२४ जना मृतकका हकदारलाई रु. २५,६००००÷, ९१ जना वेपत्ता भएका व्यक्तिलाई मृतक सरह मानिएको र निजहरुका हकदार मध्ये ८८ जनाका हकदारलाई रु. ७०,२०,०००÷– समेत गरी रकम रु. ५४९९८८५०÷– उपलब्ध गराइएको ।
स्रोत जिल्ला दैवी प्रकोप उद्धार समिति सुर्खेत ।