संयुक्त व्यवसायी समूह सुर्खेत उद्योग वाणिज्य संघवाट अलगभएपछि …

सुर्खेत, १ भदौ ।
सुर्खेत उद्योग बाणिज्य संघसग असन्तुष्ट उद्योगी व्यवसायीले उद्योग बाणिज्य संघवाट अलगिएपछि अहिले सामाजिक संजालहरुमा पक्ष र विपक्षमा तिव्र प्रतिक्रियाहरु आइरहेका छन ।
उद्योग बाणिज्य संघको कार्यशौलीप्रति असन्तुष्टी जनाउदै एमाले, माओवादी लगायतका वामदलमा आवद्ध व्यवसायीहरुले अहिले अलग्गै उद्योग बाणिज्य संघ दर्ता प्रक्रिया अघि वढाएको वताएका छन ।
वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गदै उनीहरुले चाहाना नहुदा नहुदै पनि संयुक्त व्यवसायी समूह अलग्गै संघ दर्ता गर्ने प्रक्रियामा अघि वढेको वताएका थिए ।
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनमा आवद्ध भएपछि उनीहरुले भदौ १ गते देखि धुलियाविटमा कर असुली गर्न थालेको जनाएका छन ।
उनीहरुको यस्तो कामप्रति कतिपयले तिव्र आलोचना गरेका छन भने कतिपयले तिव्र समर्थन जनाउदै जाहेज काम भनेका छन ।
14022354_1415186711841190_4221973045461966897_nउद्योग बाणिज्य संघवाट अलग भएको घोषणा गरेका उद्योगी व्यवसायीको यस्तो कामवाट उद्योगी व्यवसायी देखि, विभिन्न व्यक्तिहरुको वीचमा यतिवेला सामाजिक संजालमा पक्ष विपक्षमा दोहोरी नै चलेको छ ।
पत्रपत्रिकामा आएका समाचार चिन्तमणी शर्माले फेसवुकमा फोस्ट गर्नवित्तिकै किरण विसीले त्यसको समार्थन गदै नव संघलाई अग्रिम बधाईका साथै उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्नु भएको छ । व्यवसायी कृष्णप्रसाद आचार्यले सामाजिक संस्थालाई भातृ सगंठन बनाउन उद्दत भएपछिको परिणति सर्बथा यहि हुन्छ । सबैको सस्थालाई केहीको बनाउन खोज्दा को परिणाम यहि नै हो भनेर लेख्नु भएको छ ।
असन्तुष्ट व्यवसायीको यसतो कदमप्रति असहमति जनाउदै सुर्खेत उद्योग बाणिज्य संघका उपाध्यक्ष धनवहादुर रावत लेख्नु हुन्छ आफ्ना सदस्यहरूलाई बिभिन्न किसिमका सेवाहरु सुर्खेतमा बिषेश लगानी बर्ष कृषि उत्पादनमा नयां कार्यक्रम म प बिशव विद्यालयसग सहकर्य गरी नयां पुस्तालाई ब्यबसाय सीप र दक्ष जनशक्ति उत्पादन गराई सबल आर्थिक उन्नति विश्वका आर्थिक उन्नति भएका राष्ट्रसंग सहकार्य गरी व्यवसायीको व्यवसाय कसरी माथि उठाउने ज्ञानको खोजी र बाहिरी हस्तक्षेप पुरै निर्मुल पारेको हुदा कतै यो नेतृत्वलाई बिगार्ने खेलजस्तो हो कि ? शकास्पद छ है व्यपारी साथिहरू हो ।
धुलियावीटमा कर संकलन शुभारम्भ गदै संगठनका पदाधिकारहरु भन्दै फेसवुकमा विनोद ढकालले फोटो पोष्ट गर्न वित्तिकै व्यवसायीको यस्तो कदम प्रति असहमति जनाउदै नरेश थापा लेख्नु हुन्छ हार स्वीकार गर्न सिक्नु पर्यो कमरेड हो अनि पो लोकतान्त्रिक भन्न सकिन्छ नत्र भने लोकतन्त्रमा अटाउन गाह्रो होला नि ? थापाको कुरालाई समर्थन गदै विजय सुवेदी लेख्नु हुन्छ हो हो सही कुरा हो दाजु ।
व्यवसायीको कदमको समर्थन गदै व्यवसायी चिन्तमणी शर्मा लेख्नु हुन्छ लोकतन्त्रमा फर्जी, वदमासी, धोका, खुराफात सवै हुन्छन भन्ने हो भने त्यो लोकतन्त्र हामीलाई चाहिदैन । १५० कर कार्यालयमा रेकर्ड नै नभेटिएका फर्मका मतदाता अनि हरेक वर्ष चुनाव ताका खोलिने ४०७ जना गैर व्यवसायीको पोको, जुन रातो कपडाले वाधेर राखिन्छ त्यो पनि उद्योग बाणिज्य संघमा होईन, यो प्रकारको लोकतान्त्रिक अधिनायकत्व हामीलाई स्वीकार छैन ।
दुवैलाई कटाक्ष गदै दलवहादुर नेगी सुर्खेती जनताले कांग्रेस, एमालेका व्यवसायीहरूको गाईजात्रा हेर्न पाउने भय सित्तैमा भनेर लेख्नु हुन्छ । गत साउन ३० गते सुर्खेत उद्योग वाणिज्य संघको कार्यशैलीप्रति सहमति जनाउदै असन्तुष्ट बनेको संयुक्त व्यवसायी समूहले आफु सुर्खेत उद्योग वाणिज्य संघवाट अलग भएको घोषणा गरेको थियो ।

प्रकाशित मितिः १ भाद्र २०७३, बुधबार १३:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *