सुर्खेत, १ भदौ ।
सुर्खेत उद्योग वाणिज्य संघले समानान्तर भन्दै संघ गठन गर्न भइरहेका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले बिज्ञप्ति जारी गरि निर्वाचनमा पराजित भइसकेपछि विरोधका नाममा विरोध गर्नकै लागि यस्ता क्रियाकलाप गरिएको आरोप लगाएको छ ।
बिज्ञप्तिमा स्थापनाकालदेखि व्यवसायिक एवं गैरराजनीतिक चरित्रलाई स्थापित गर्दै व्यापारी व्यवसायीहरुको सामूहिक एकता र अधिकारकालागि समर्पित संस्थाको गरिमामा आँच आउने गरी अनावश्यक आरोप लगाईएको भन्दै यसको पछाडि नलाग्न आग्रह गरिएको छ ।
बिज्ञप्तिमा विभिन्न दल निकट व्यवसायीहरुको नाममा गठवन्धन बनाई सहभागी भएको चुनावमा अनुकूलको परिणाम नआएपछि चुनाव सकिएको डेढ वर्षपछि यस्तो काम गर्नु पराजित मानसिकताको उपज भएको उल्लेख छ ।
यसअघि संयुक्त व्यवसायिक समूहले संघले एउटा पार्टी निकट भएर काम गरेको लगाएतका आरोप लगाउँदै समानान्तर संघ गठन गर्ने तयारी भईरहेको जनाएको छ ।