सुर्खेत उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष कार्कीको निधन

सुर्खेत, ४ भदौ ।
सुर्खेत उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष नन्दबहादुर कार्कीको निधन भएको छ । कार्कीको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।
आफना संस्थापक अध्यक्षको निधन भएको शोकमा सुर्खेत उद्योग बाणिज्य संघले ३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने बताएको छ ।
शनिबार विहान बसेको आकस्मिक बैठकले संस्थापक अध्यक्ष कार्कीको निधनप्रति दुई मिनेट मौन धारणसहित गहिरो दुःख एवं शोक प्रकट गर्दै यस्तो निर्णय गरेको हो ।
14067445_715631148575658_2799410488744745592_nयसैगरी १३ दिनसम्म कार्यालय परिसरमा शोक पुस्तिका राख्ने निर्णय भएको संघका महासचिव गोपालकृष्ण गिरीले जानकारी दिनुभयो ।
संस्थापक अध्यक्ष कार्कीको निधनले संघलाई अपूरणीय क्षति पुगेको भन्दै संघका अध्यक्ष प्रकाश अधिकारीले उहाँको कुशल नेतृत्व र असल अभिभावकत्वलाई संघले सधैं सम्झिरहने उल्लेख गर्नुभयो ।
२०३८ सालमा तदर्थ समिति गठन गर्ने बेलाका सदस्य हरिशचन्द्र चलाउनेले पञ्चायतकालको प्रतिवन्धित अवस्थामा स्व. कार्कीले निष्पक्षता र निडरतापूर्वक संगठन स्थापना गरेको स्मरण गर्दै संघको यो स्वभाव र प्रकृतिलाई कायम राख्न सुझाव दिनुभयो ।
नूनका खाली बोरा ओछ्याएर शुरु गरिएको संघ अहिले साधनश्रोत सम्पन्न भएको उल्लेख गर्दै संघका आजीवन विशिष्ट सदस्य चलाउनेले संघलाई थप सुदृढ एवं मजबुत बनाउँदै लैजानुपर्ने जिम्मेवारी वर्तमान नेतृत्वमा आएको बताउनुभयो ।
संघका उद्योग उपाध्यक्ष वासुदेव शर्माले स्व. कार्कीले देखाएको बाटोमा अविचलित भएर दृढताका साथ लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार ०५:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *