तालिम र गोष्ठीमै सकियो १ करोड २० लाख

सुर्खेत,३१ भदौ ।
सुर्खेत जिल्लामा लक्षित बर्गले संचालन गरेका विभिन्न योजनाहरु मध्ये धेरैजसो रकम क्षमता विकास तालिममै रकम खर्च हुने गरेको छ । जिविसले गत आव २०७२÷०७३ मा ती बर्गका कूल १८५ योजनामा एक करोड २० लाख रुपैया“ खर्च भएको जनाएको छ । यसमा धेरैजसो रकम क्षमता विकास र सीप विकास तालिममै सकिएको बताइन्छ ।
बालबालिका, महिला, अपांग, पिछडिएको बर्ग, आदिवासी जनजाति, दलित, ज्येष्ठ नागरिक र मुश्लिम लक्षित बर्गबाट जिविसमा विभिन्न योजनामा रकम माग गरेका थिए । सवैभन्दा धेरै योजना दलित लक्षित बर्गबाट परेपनि रकम बढी पाउनेमा महिलातर्फका योजनाहरुले ३२ लाख ६६ हजार पाएका छन् । दलित लक्षित बर्गका ४६ योजनामा २० लाख ७५ हजार रुपैया“ खर्च भएको छ । त्यसपछि आदिवासी जनजातिबाट परेका ४३ वटा योजनाका लागि १८ लाख २५ हजार रुपैया“ खर्च भएको जिविस सुर्खेतले जनाएको छ ।
यसपछि महिला लक्षित ३९ योजनाका लागि ३२ लाख ६६ हजार, बालबालिका लक्षित २७ योजनाका लागि ३१ लाख ३० हजार, अपांग लक्षित १८ योजनाका लागि ६ लाख २५ हजार रुपैया“ खर्च भएको छ । ज्येष्ठ नागरिकका सात योजनाका लागि नौ लाख ५० हजार, मुश्लिम लक्षित चार योजनाका लागि दुई लाख ५० हजार र सवैभन्दा कम पिछडिएको बर्गको एउटा योजनाका लागि ५० हजार रुपैया“ बजेट खर्च भएको जिविस सुर्खेतले जनाएको छ ।
nepali-rupeesलक्षित बर्गले धेरैजसो क्षमता अभिवृद्धि, आयआर्जन, सीप विकास, पूर्वाधारलगायतका योजनाहरु हालेका थिए । त्यसमा पनि धेरैजसो क्षमता अभिवृद्धि तालिममै बजेट खर्च हुने गरेको छ । जिविस सुर्खेतका योजना अनुगमन तथा प्रशासकीय अधिकृत रामबहादुर बुढाले लक्षित बर्गले आफ्ना हकअधिकार, भाषा संरक्षण, आयआर्जन, क्षमता विकासजस्ता विभिन्न नाममा योजना संचालन गर्ने र त्यसैमा रकम खर्चने गरेको बताउनुभयो । उहाँका अनुसार सवै भन्दा कम योजना पूर्वाधारमा पर्ने गरेको छभने सवैभन्दा धेरै योजना क्षमता विकास तालिममा पर्ने गरेको छ ।
योजना प्राप्तिमा पनि जो अलि सवल छ, उसैको धेरै योजना र त्यसमा धेरै बजेट पर्ने गरेको छभने जो अलि सीमान्तकृत छ, उसको बजेट र योजनापनि कम पर्ने गरेको छ । पिछडिएको बर्गका लागि एउटा मात्रै योजना परेको छ । मुश्लिम समुदाय, ज्येष्ठ नागरिकका तर्फमा पनि कम योजना परेको छ । यद्यपि महिला, बालबालिका, दलित, जनजाति आदिवासीतर्फ भने योजना पनि धेरै र बजेट पनि धेरै परेको छ । बजेटमा १० प्रतिशत बालबालिकाका लागि, १० प्रतिशत विपन्न महिलाका लागि, १५ प्रतिशत बजेट अन्य लक्षित अन्तर्गत, दलित, आदिवासी जनजाति मा विभाजन हुने गरेको छ ।
यता जिल्लामा सो आर्थिक बर्षमा साना ठूला गरी ६ सय ३२ वटा आयोजनाहरु संचालनमा छन् । एक लाखभन्दा कमका २९७ आयोजना, एक लाखदेखि पाँच लाखसम्मका ८४ वटा आयोजना, पाँच लाखदेखि १० लाखसम्म का ६४ वटा आयोजना र १० लाख भन्दामाथिका २९ वटा आयोजना जिल्लामा संचालित छन् । यस्तै नगर पालिका, गाविस तथा विषयगत कार्यालयहरुलाई अख्तियारी वा निकासा दिएका आयोजनाहरुको संख्या १५७ वटा रहेको छ ।

प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०३:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *