सिद्धार्थ सञ्चार सहकारीको पौने २ करोड कारोबारो, साढे २३ लाख नाफा

गाेविन्द देवकाेटा

सुर्खेत, ८ असोज ।
सिद्धार्थ सञ्चार सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा वीरेन्द्रनरमा सम्पन्न भएको छ ।
साधारणसभामा सहकारीका अध्यक्ष दिपबहादुर रानाले संस्थाको प्रगति प्रतिवेदनका साथै गर्दै भावी नीति तथा कार्यक्रमका प्रस्तुत गर्नु भएको छ ।
सहकारी व्यवसाय विस्तार तथा क्षमता विकासका लागि विभिन्न अवलोकन भ्रमण, व्यवसायिक योजना निर्माण तालिम, प्राविधिक तालिम, शेयर सदस्यका छोराछोरीलाई लोकसेवा, शिक्षकसेवा तयारी कक्षा अध्ययनका लागि आर्थिक सहयोग गर्ने प्रस्ताव गरिएको छद्ध ।
photos sahakariपौने २ करोड कारोबार, साढे २३ लाख नाफा
यस्तै जिल्लामा सञ्चार सहकारीको संघ गठन गर्न पहल थाल्ने, राष्ट्रिय सहकारी बैंकमा शेयर बृद्धि गर्ने, संस्थासँग संलग्न पदाधिकारी तथा कर्मचारीहरुको दुर्घटना बीमा गरिने लगायतका नयाँ नीति तथा कार्यक्रमहरु प्रस्ताव गरिएको छ ।
यस्तै संस्थाले गत आर्थिक वर्ष २०७२÷०७३ मा करिब पौन २ करोडको कारोबार गरेको छ जनाएको छ ।
संस्थाका कोषाध्यक्ष आँसुराम सोमैमगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आवमा संस्थाले जम्मा १ करोड ८६ लाख ८ हजार ९ सय २४ रुपैयाँ बराबरको कारोबार गरेको जानकारी बताउनु भयो ।
उहाँले यो अवधिमा संस्थाले २३ लाख ५२ हजार १ सय ५१ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको पनि जानकारी दिनुभयो ।
यस्तै सहकारीले चालु आर्थिक वर्षका लागि ३ करोड ९५ लाख ७२ हजार २ सय ५५ रुपैयाँ कारोबार गर्ने अनुमान गरिएको छ ।
उक्त कारोबारबाट २ करोड ८६ लाख आम्दानी गर्ने र ३४ लाख ५३ हजार बढी नाफा आर्जन गर्ने लक्ष्य राखिएको छ ।
लेखा समितिका संयोजक कृष्णकुमारी वंशीमगरले संस्थाको आन्तरिक लेखा परिक्षणको विवरण प्रस्तुत गरेकि थिइन् ।
उनले आन्तरिक लेखा परिक्षणका क्रममा देखिएका कमीकमजोरी औंल्याउँदै आगामी दिनमा त्यस्ता कमजोरी सुधार गर्दै जानुपर्ने सुझाव समेत व्यक्त गरिन् ।
सिद्धार्थ सञ्चार सहकारी संस्थाको नवौं साधारणसभामा प्रमुख अथितिका रुपमा सम्बोधन गर्दै राष्ट्रिय सहकारी संघका सञ्चालक पदम दाहालले सहकारी ऐन परिवर्तन हुनुपर्ने बताएका छन् ।
उनले २०४८ को सहकारी ऐनका कारण सहकारी संस्थाहरुलाई कारोबार गर्न र लगानी गर्नको लागि कठिनाई उत्पन्न रहेकोले वर्तमान अवस्था र भविष्यमा सहकारीलाई बलियो आर्थिक उपार्जनको क्षेत्रका रुपमा विकास हुनेगरी ऐन परिवर्तन हुनुपर्नेमा जोड दिए ।
उनले सुर्खेतमा सञ्चार सहकारी स्थापना गरी छोटो समयमा नै राम्रो प्रतिफल हासिल गर्न सफल भएकोमा सिद्धार्थ सञ्चार सहकारीको प्रशंसा गर्दै आगामी दिनमा पनि समयसँगै आफ्नो सेवा र संस्थालाई विस्तार गर्दै जान शुभकामना व्यक्त गरे ।
उनले सहकारी कुनै दलका भातृ संगठन नभएको भन्दै सबै सर्वसाधारणको सहभागिता हुने भएकोले सहकारी सम्बन्धी ऐन ल्याउँदा दिर्घकालिन रुपमा समस्या समाधान गर्ने खालको ल्याउनुपर्नेमा जोड दिए ।
साधारणसभामा जिल्ला सहकारी संघका सचिव रविन्द्र शाहले जिल्लामा सहकारीहरुको संख्या बृद्धि हुनुका साथै प्रतिस्पर्धा पनि उत्तिकै रहेको अवस्थामा पनि सिद्धार्थ सहकारीले उल्लेख्य प्रगति गरेको भन्दै आगामी दिनमा थप नयाँ लगानीका साथ अगाडि बढ्न आग्रह गरे ।
सिद्धार्थ बुहुउद्देश्यीय सहकारी संस्थाका सचिव अम्बरबहादुर तारामी मगरले सञ्चार सहकारीको सफलताको प्रशंसा गर्दै जनजातिहरु अब नेतृत्व तहमा पुग्नको लागि सामाजिक क्षेत्रमार्फत जुर्मुराउनुपर्ने बताए ।
शैक्षिक पुरस्कार प्रदान
साधारणसभाको अवसरमा सहकारी संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको शेयर सदस्यका छोराछोरीलाई दिइने शैक्षिक पुरस्कारलाई यसवर्ष पनि निरन्तरता दिएको छ । एसएलसीतर्फको शैक्षिक पुस्कार पाउनेमा शेयर सदस्य पार्वती श्रीनेटमगरकी छोरी सिर्जना श्रीनेटमगरलाई गतवर्षको एसएलसीमा उत्कृष्ट अंक ल्याएवापत नगद पाँचहजार पुरस्कार प्रदान गरिएको छ । यस्तै छात्र तर्फ देवकुमार घर्ती मगरका छोरा अनिल घर्तीमगरले एसएलसीमा उत्कृष्ट अंक ल्याएकोमा शैक्षिक पुस्कार प्राप्त गरेका छन् ।
यस्तै, प्रविणता तहको शैक्षिक पुस्कार पाउनेमा शेयर सदस्य अनिता सारु र विजोन रानाले नगद पाँच हजार पुस्कार पाएका हुन् ।
यसैबीच विगत सात वर्षदेखि हालसम्म इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेको भन्दै सहकारीले प्राविधिक अम्मरसिंह थापालाई यसवर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान समेत गरेको छ ।

प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १२:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *