जाजरकोटमा कालोवजारी रोक्न वजार अनुगमन

बद्री पन्त
जाजरकोट १९, असोज । जाजरकोटको सदरमुकाम खलंगामा अधिकांश पसलहरु दर्ता नगरी सञ्चालन भएका छन् । बजार अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता नभएका त्यस्ता पसलहरुले मूल्य सूचि र बोर्ड पनि नराखेको पाइएको हो ।
घरेलु तथा साना उद्योग विकास समितिमा फर्म दर्ता गर्नुपर्ने नियम भएपनि बर्षौदेखि सञ्चालन भैरहेका गल्ला खुद्रा पसल र तरकारी फलफुल पसलले लाखौ राजश्व समेत छली गर्दै आएका छन् ।
IMG_1840जिल्लाको खलंगा, रिम्ना, कालिमाटी, तल्लुबगर, चौखा, पाँचकाटीया, थलह, मोर्क, बालुवा, छेडा, फेरा लगाएत क्षेत्रमा पसल दर्ता नगरेरै सन्चालन भएका छन । दर्ता नभई सञ्चालन भएका पसलहरुलाई एक हप्तादेखि एक महिनाभित्र दर्ता गर्न निर्देशन दिइएको कोष तथा लेखा नियन्त्रक यामबहादुर बुढाले बताउनु भयो ।
यसैगरी फर्मको बोर्ड र मूल्यसूची राख्न पनि निर्देशन दिएको छ । ब्यवसायीले भने दर्ता प्रक्रिया झञ्जटिलो भएको बताएका छन् । दशैंको मुखमा कालोवजारी वढ्न सक्ने भन्दै जाजरकोटमा वजार अनुगमन तिव्र पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय, प्रहरी, घरेलु, कृषि, कोष तथा लेखा नियन्त्रक कार्यालय, नागरिकसमाजका प्रतिनिधि र पत्रकारहरुको टोलीले सदरमुकाम लगाएतका वजारहरुमा अनुगमनको कामलाइ तिव्र वनाएको छ ।
म्याद गुज्रेका खाद्य सामाग्रीको विक्री वितरण गरि कालो वजारी रोकन वजार अनुगमनलाइ तिव्र पारिएको हो । जनताको स्वास्थ्य र जीवनमा नराम्रो असर पार्ने खालका म्याद गुज्रेका खाद्यय सामाग्रीहरु नष्ट गरिएको छ ।
स्थानीयहरुको सहयोग र साथ पाए जिल्लामा चाडवाडका वेला हुने सवै प्रकारका कालोवजारीलाई नियन्त्रण गर्न सकिने बुढाको भनाई छ । विभिन्न वहानामा कृत्रिम अभाव सृजना गर्ने तथा म्याद सकिएका खाद्य सामाग्रीहरुको विक्री वितरणलाई नियन्त्रण गर्न चाडवाडका वेला मात्रै अनुगमन गरेर समस्याका समाधान नहुने स्थानीय प्रेमबहादुर सिंहले बताए ।
अघिपछि चुपलागेर वस्ने कहिले काहि मात्र औपचारिकता पुरा गर्न गरिने अनुगमनले कालो वजारी रोक्न नसक्ने सिंहको भनाई छ ।

प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार ००:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *