कहाँबाट आयो करोड ?

बद्री पन्त
जाजरकोट २१, असोज
दशैं पर्वको शुरुवातसंगै जाजरकोटमा दैनिक १ करोड रेमिटेन्स भित्रीएको छ । यहा“ स्थित वित्तीय संस्थाको अभिलेख अनुसार साता यता उक्त रकम भित्रीएको पाइएको हो । दशैं नजिकींदै गर्दा दैनिक १ करोडका दरले रेमीट्यान्स(विप्रेषण) रकम भित्रीएको हो ।
दशैं पर्व मनाउन घर फर्कने र विदेशमा बसेकाले बैंक तथा मनीट्रान्सफर मार्फत घरखर्च पठाएका हुन् । आब २०७२÷०७३ मा ८ करोड ६४ लाख रेमिटेन्स रकम भित्रीएको नेपाल बैंक लिमिटेड जाजरकोट शाखा प्रबन्धक कमल अधिकारीले बताउनु भयो । बैंकमा दैनिक २ लाख २० हजार रेमिटेन्स रकम भित्रीने र १० लाख बढी जिल्ला बाहिर जाने उहाँले बताउनु भयो । त्यसैगरी आब २०७२÷०७३ मा २३ करोड ६५ लाख ४६ हजार रेमिटेन्स कारोकार बाहिएको प्रबन्धक अधिकारीको भनाइ छ ।
imagesगत साता यता ज्योति विकास बैंकले २ करोड, सिटीजिन्स बैंकले ७० लाख, लक्ष्मी बैंकले ३८ लाख, ॐ सिता विल्डसले ७० लाख, कालिका टे«ड लिंकले ८४ लाख, हिमाल रिमीटले ४२ लाख र अन्य वित्तीय संस्थाले १ करोड बढी रेमीट रकम कारोबार गरेका छन् । भारत तथा अन्य खाडि मुलुकबाट रकम आउने गरेको छ । श्रीमान, दाजुभाई लगाएतले विदेशबाट पठाएको रकम बुझ्न महिलाहरुको बैंकमा भिड लागेको ज्योति विकास बैंकका प्रबन्धक प्रेमबहादुर सिंहले बताउनु भयो । विदेशबाट पठाएको रकम घर नजिकैको बैंकबाट सुरक्षित तवरले बुझ्न पाएको लहँ ४ का नरबहादुर चन्दले बताउनु भयो । विदेशबाट चाहिएको बेला पैसा मगाउन सकिन्छ चन्दले भन्नु भयो ।
त्यस्तै यहा“का वैंक तथा वित्तीय संस्थाहरु मार्फत यो साता दैनिक करोडका दरले जिल्ला बाहिर रकम गएको छ । प्रहरी, सेना, कर्मचारी र शिक्षकले उक्त रकम जिल्ला बाहिर पठाउने गरेको प्रबन्धक अधिकारीले बताउनु भयो ।

प्रकाशित मितिः २१ आश्विन २०७३, शुक्रबार १६:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *