सुरक्षाको लागि सीसी क्यामेरा जोडिने

आकाश तारा बयक
सुर्खेत,१८ मसिंर ।
सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २३ देखि सञ्चालन हुने कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेलामा २० वटा अन्तर्राष्ट्रियसहित ३ सय ३० वटा स्टल दर्ता भएका छन ।
मेलामा चीन, भारत, बंगालादेश, पाकिस्तान तथा थाइल्याण्डका गरी अहिलेसम्म २० वटा अन्तर्राष्ट्रिय कम्पनीका स्टल दर्ता भैसकेको स्टल व्यवस्थापन समितिका संयोजक धनबहादुर रावतले जानकारी दिए । उनले अन्तर्राष्ट्रिय स्टलका लागि भारत, बंगलादेश, थाइल्याण्ड, पाकिस्तानमा रहेका इभेन्ट व्यवस्थापक कम्पनीसँग समन्वय गरी स्टल बुकिङ गरिएको बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी जम्मा ४ सय स्टल रहने मेलामा हालसम्म नेपाल भित्रका ३ सय १० स्टल दर्ता भैसकेको संयोजक रावतले जनाए । मेलामा बिदेशी कम्पनीका ब्राण्डेड तयारी पोशाक, बिद्युतीय सामग्री, छालाका सामाग्रीहरु, फर्निचर तथा मार्बलहरुको स्टलको ब्यबस्था मिलाइएको उनको भनाई छ ।
प्रदर्शनीले विभिन्न देशका व्यवसायीहरुबीच व्यापार विस्तार, प्रविधि हस्तान्तरण, आयत निर्यात तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको आयोजक संघका महासचिव गोपालकृष्ण गिरीले बताए । उनले मेलामा रहने स्टल तथा अवलोकनका लागि आउनेहरुको सुरक्षाका लागि निजी सुरक्षाकर्मी र प्रहरी परिचालन गर्नुका साथै मेलास्थल वरपर सीसी क्यामेरापनि जडान गरिने जनाए ।
उनका अनुसार चोरी, लुटपाट र बालबच्चा हराउने समस्या समाधानका साथै स्टलहरुको सुरक्षा निगरानीका लागि कम्तिमा ४० वटा सीसी क्यामेरा जडान गर्न लागिएlogo-of-rara-300x95को छ । सुर्खेत जिविस अगाडिको खुल्ला मैदानमा यही मंसिर २३ देखि पौष ३ गतेसम्म यस क्षेत्रकै पहिलो अन्तर्राष्ट्रिय मेलाका रुपमा कर्णाली एक्स्पो सञ्चालन हुन लागेको छ ।

प्रकाशित मितिः १८ मंसिर २०७३, शनिबार १०:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *