मेहलपानी सहकारीद्वारा सय बढी दुग्ध कृषक परिचालन मासिक डेढ लाख लिटर विक्री वितरण गर्दै

बाबा बयक

सुर्खेत, २५ मंसिर ।
सुर्खेतको मेहलपानी कृषि तथा पशुपालन कृषि सहकारी संस्था गढीले एक सय बढी दुग्ध उत्पादक कृषक परिचालन गरेको छ । मासिक डेढ लाख लिटर दूध संकलन गरी विक्री वितरण गर्दै आएको सहकारीले शनिवार आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले दूग्ध उत्पादक कृषकका समस्याप्रति राज्य गम्भीर नरहेको बताएका छन् । उनले सुर्खेत जिल्ला कृषि तथा पशुपालनको उर्वरी भूमी रहेपनि राज्यको आवश्यक सहयोग तथा समन्वय नहुँदा सोचे जस्तो दुग्ध क्रान्ति हुन नसकेको दुःखेसो पोखें ।
imagesसभालाई सम्बोधन गर्दै जिल्ला कृषि संघका अध्यक्ष लक्ष्मी गौतमले आपसी एकता तथा समन्वयबाटै सहकारीको मर्मलाई आत्मसात गरी विकासका लागि अगाडि बढ्नु पर्नेमा जोड दिए । त्यस्तै सभामा डिभिजन सहकारी कार्यालयका नायव सुब्बा संगीता सुवेदी, जिल्ला सहकारी संघका सञ्चालक सदस्य डिलाकुमारी भट्टराई, काशी भट्टराई, प्रकाश चपाई लगायतले सहकारीको सफलताको शुभकामना दिएका थिए ।
सभामा सहकारीले वार्षिय एक करोड २६ लाख २१ हजार ३ सय ५१ रुपैयाँको आय–व्यय प्रस्तुत गरेको थियो । त्यस्तै एक सय बढी दुग्ध उत्पादक कृषकलाई ७६ लाख रुपैयाँ लगानी गरेको सहकारीले जानकारी दिएको छ । सहकारीले यस वर्ष अढाई लाख रुपैयाँ शुद्ध आम्दानी गर्न सफल भएको छ । सहकारीले आफ्नै सवारी साधानबाटै दूध विक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मनिराम कँडेलले जानकारी दिए । उनका अनुसार साधारण सभाको अवसरमा दीपा भण्डारी र दीपेन्द्र भट्टराईलाई असल बाल बचत कर्ता सम्मान, गाताराम गौरीलाई असल बचत कर्ता, खगिसरा कँडेल र लालबहादुर दर्लामीलाई जेष्ठ सदस्य सम्मान, पवित्रा भण्डारीलाई असल ऋणी सम्मान र रविलाल भण्डारी तथा कुमार भण्डारीलाई गुणस्तरीय दुग्ध वितरक कृषक सम्मानबाट सम्मानित गरिएको छ ।

प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १५:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *