प्रदेशको समृद्धिका लागि साझा धारणा आवश्यक –पूर्व गृहमन्त्री खड्का

15591735_10211745789226625_2049008957_nसुर्खेत, ३ पुस ।
गत मंसिर २३ गतेदेखि सुरु भएको कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा ११ करोडको कारोबार गर्दै आइतवार सकिएको छ ।
कांग्रेस नेता एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले मेलाको समापन गरेका हुन् । मेलाको समापन गर्दै पूर्व गृहमन्त्री खड्काले प्रदेशको समृद्धिका लागि सबैको साझा धारणा हुन आवश्यक रहेको बताए ।
उनले संघले राखेका १८ बुँदे मागपत्र कार्यान्वयनमा आफू लाग्ने बताए । ‘तपाईहरुले राखेका मागहरु प्रदेश समृद्धिका महत्वपूर्ण आधारहरु हुन्’ खड्काले भने, ‘त्यसको कार्यान्वयनको लागि पूर्ण रुपमा लाग्छु ।’ उनले दुई वर्षअघि आएको बाढीपहिरोबाट पिस्थापित भएकाहरुको पुनस्थापनाको प्रक्रिया सुरु भएको बताए ।
सरकार फेरिए पनि बाढीपीडितहरुका समस्या जस्ताको तस्तै रहेको भन्दै उनीहरुलाई पनि भूकम्पपीडित सरह राहत दिने निर्णय भएको बताए ।
सुर्खेत उद्योग बाणिज्य संघद्वारा आयोजित सो मेलामा १० करोड कारोबार हुने अपेक्षा गरिएको थियो । अपेक्षा गरिएभन्दा एक करोड बढी कारोबार भएको छभने ३ लाखले मेलाको अवलोकन गरेको मेला आयोजक बाणिज्य संघले जनाएको छ ।
मेलामा ३ सय ७३ वटा स्टल राखिएको थियो । यसपटकको मेला विशेष रहेको आयोजकले बताएको छ ।
विशेषगरी भारत, चीन, बंगलादेश, पाकिस्तान र थाइल्याण्डका उत्पादित सामग्रीहरुको बजारीकरण भएको छभने यस प्रदेशमा रहेका मुगुको राराताल, दैलेखको पंचकोशी, सल्यानको कुभिण्डे दह र सुर्खेत उपत्यका अवलोकनका लागि हेलिकप्टर प्याकेजपनि गरिएको थियो । यसबाट झण्डै ५० जनाले अवलोकन गरेको बताइएको छ ।
कार्यक्रम मेला आयोजक समितिका संयोजक तथा  सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १४:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *