बद्री पन्त
जाजरकोट २९, पुस
जाजरकोटको भेरीमालिका नगरपाालिकाले आगामी आर्थिक बर्षको लागि १६ करोड ७१ लाख १५ हजार रुपैया“को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रवार तेस्रो नगर परिषद्मा कार्यकारी अधिकृत राम प्रसाद शर्माले पु“जीगत तर्फ १० करोड ४९ लाख ३५ हजार र चालु तर्फ सामाजिक सुरक्षा सहित ६ करोड २१ लाख ८० हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । पूर्वाधार तथा संरक्षण समिति अन्र्तगत ५ करोड १२ लाख ८७ हजार, जलश्रोत, भुमि, विपद र सम्पुरक अन्र्तगत २ करोड ८१ लाख ८३ हजार, जनसंख्या तथा सामाजिक समिति अन्र्तगत २ करोड ६९ लाख ९३ हजार र संगठन तथा प्रशासन समिति अन्र्तगत ९ करोड ८० लाखको बजेट प्रस्तावित गरेको कार्यकारी अधिकृत शर्माले बताउनु भयो ।
उक्त बजेटको कृषि बन तथा वातावरण तर्फ ११ लाख ५० हजार , पुर्वाधार र संरक्षण तर्फ ४ करोड ९२ लाख ८७ हजार, जनसंख्या तथा सामाजिक विकास तर्फ ८८ लाख ९३ हजार , जलश्रोत , भुमि , विपद र सम्पुरक तर्फ २२ लाख ९८ हजार तथा संगठन तथा प्रशासन तर्फ ९ करोड २१ लाख रकम विनियोजन गरिएको छ । नेपाल सरकारबाट प्राप्त अनुदान र आन्तरिक आय नै बजेटको आम्दानीको स्रोत हो ।
नगरपरिषदले पुर्वाधार विकास तर्फ विद्युतिकरण र ग्रामिण सडक विस्तारमा जोड दिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, नगरपालिकालाई पुर्ण सरसफाईयुक्त, पुर्णखोपयुक्त, घरभित्रको धुवा रहित, पुर्ण साक्षर, लैगिंक हिंसामुक्त, बालश्रममुक्त, जातिय विभेदमुक्त समाजको निर्माण गर्ने गरी बजेटको विनियोजन गरेको कार्यकारी अधिकृत शर्माको भनाई छ । त्यसैगरी नगरविकास गुरुयोजना निर्माण, जैविक विबिधता संरक्षण, बनजन्य ब्यवसाय प्रवद्र्धन, बनअतिक्रमण न्युनिकरण, बालविवाह, बहुविवाह, लैगिंकतामा आधारित हिंसा, मानव बेचविखन र जातिय छुवाछुतका लागी विशेष जोड दिईने बजेटका प्राथमिकता हुन् ।
त्यस्तै नगर क्षेत्रभित्र सडक डिभिजनबाट संचालित धेरै सडक आयोजना अलपत्र अवस्थामा रहेकाले यथासिघ्र निर्माणका लागी अनुरोध गर्ने, जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरवारलाई ऐतिहासिक संग्राहलयको रुपमा विकास गर्न पुरातत्व विभागमा आग्रह गर्ने लगायतका निर्णय पारित गरिएको छ । नगरपालिकामा क्रियाशित राजनैतिक दलको सहमतिमा स्थानिय स्वायत्त शासन ऐन तथा नियमावली अनुसार बस्ती तथा वडा स्तरबाट आएका योजना तथा कार्यक्रमको आधारमा बजेट विनियोजन गरिएको हो ।