सुर्खेतमा बालमैत्री खेलौनाको पसल

सुर्खेत, १ फागुन ।
सुर्खेको वीरेन्द्रनगरमा बालबालिकाको लागि बालमैत्री खेलौना तथा शैक्षिक समाग्रीको पसल खुलेको छ ।
मन्टेश्वरी सामाग्रीहरु बिक्री गर्ने उदेश्यले करिव १० लाख रुपैयाको लागतमा पसल खोलेका संचालक निर्मल लामिछानेले बताउनु भयो ।
बच्चाहरुको उमेर अनुसारका खेलौना तथा शैक्षिक सामाग्रीहरु पाइने पनि उहाँले जानकारी दिनुभयो ।
बच्चाहरुको लागि साइकिल, कुर्सी, विभिन्न किसिमका डलहरु, लगायत खेलकुदका सामाग्रीहरु खाखिएका छन ।
पसलको जन उच्च माध्यामिक विद्यालयका प्रचार्य यामबहादुर श्रेष्ठले आइतवार एक कार्यक्रमका वीच उदघाटन गर्नु भएको हो ।
सुर्खेत जिल्लामै पहिलो पटक बालबालिकाको लागि मन्टेश्वरी समाग्रीको पसल संचालनमा भएको पनि संचालनक लामिछानेले दावी गर्नुभयो ।

प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार १२:५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *