अमर कार्की,
पञ्चपुरी सुर्खेत ३० असार ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रथम नगर सभाले पन्जपुरी नगरपालिकालाई वालविवाहरहित नगरपालिका बनाउने योजना अघि सारेको छ ।
शुक्रवार बाबियाचौरमा भएको नगरसभाले प्रत्येक वडामा सडक संजाल बिस्तार गर्ने, युवाका लागि खेलकुद तथा आयआर्जनमा जोड दिने, पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा संरक्षण गर्ने, नगरपालिकाको गुरुयोजना तयार गर्ने योजना पनि अघि सारको छ ।यस्तै बाढी पीडितहरुका लागि बिपद ब्यवस्थापन गुरुयोजना तयार गर्ने, उन्नत प्रबिधियुक्त कृषि प्रणालीमा जोड दिने, महिलाहरुका लागि नेतृत्व बिकासका कार्यक्रम गर्ने योजना समेत बनाएको छ ।
नगर सभाले नगर पालिकालाई पुर्ण सरसफाइ, जातीय विभेद, सामाजिक विभेद तथा कुरिति हरुको अन्त्य, र स्वास्थ्य शैक्षिक क्षेत्रको विकास गर्ने योजना तय गरेको छ ।
सभामा नगरपालिका उपमेयर मुक्ति देवी रेग्मी पुरी आर्थिक वर्ष ०७३÷०७४ को ४,६८,३२,४१२ रुपैया बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको छ ।
यस्तै कार्यकारी अधिकृत कृष्णबहादुर पन्तले आर्थिक वर्ष ०७४÷०७५ को ३८,९४,४४,४७० बजेट प्रस्तुत गर्नु भएको छ ।
नगरपालिकाले आर्थिक बिकास तर्फ २,१४,८७,०००, सामाजिक बिकासतर्फ ३,२२,३१,०००, पुर्वाधार बिकास तर्फ ११,८१,८३,०००, वातावरण तथा बिपद ब्यवस्थापन तर्फ २,१४,८७,०००, संस्थागत तथा सेवा प्रवाह तर्फ १२८९२०००र र बित्तिय ब्यवस्थापन र शुसासनतर्फ ८५९८२३० रुपैया बिनियोजन गरेको छ ।
नगर सभामा साविकका गाउँ पालिकादेखि अहिलको नगरपालिकाको वडा सचिव भएर काम गदै आउनु भएका सचिवहरु भद्रबहादुर थापा, तिलकराम अधिकारी, नारायण देव गिरी, टोप बहादुर बयक र कृष्णबहादुर बोहोरा सम्मानित हुनु भएको छ ।
नगरसभामा सांसद तप्तबहादुर बिष्टले पञ्चपुरीको बिकासका लागि सवैको सहकार्य अनिवार्य रहेको र आफुले पनि सक्ने सहयोग गर्ने बताउनु भयो ।
यस्तै नेकपा एमालेका नेता नवराज रावतले पञ्पुरी नगरपालिकाको विकास र समृद्धिको लागि सवैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
सभामा राप्रपाका कविराम पुरी, माओवादी केन्द्रका केशव शाही, वडा सचिव तिलकराम अधिकारी लगायतले पञ्चपुरी नगरपालिकालाई जिल्लाकै नमुना नगरपालिका वनाउनु पर्ने जोड दिनुभयो ।
नगर सभा नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको हो ।