घुस्रामा कृषि व्यवसायिक केन्द्र स्थापना

सुर्खेत, २ भदौ ।
गणेशजल बहुउदेश्यीय सहकारी संस्था सुर्खेतले वीरेन्द्रनगर १० घुस्रामा कृषि व्यवसायिक केन्द्र स्थापना गरेको छ ।
कृषिलाई व्यवस्थीत र आधुनिकरण गरी किसानको आयआर्जन बढाउन र बेरोजगारी समस्या समाधान गर्न कृषि व्यवसायिक केन्द्र स्थापना गरिएको सहकारीका अध्यक्ष प्रेम विसीले जानकारी दिए ।
७ वर्षअघि देखि संचालन भएको सहकारीले बचत तथा ऋण, रेमिट्यान्स र लघुवित्त कार्यक्रम मार्फत किसानलाई सहयोग गदै आइरहेको पनि उनले बताए ।कार्यक्रका जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसी किसानलाई व्यवसायि बनाउनु केन्द्रले सहयोग गर्ने वताए ।
वडाध्यक्ष रत्न बहादुर बुढाले सहकारीको भावना अनुसार किसानलाई आत्मनिर्भर र सक्षम बनाउन सहकारी एक माध्यम भएको उल्लेख गरे ।
यस्तै उच्च मुल्य कृषि वस्तु विकास आयोजनाका कृषि अधिकृत सुरेश कुमार थापाले कृर्षि क्षेत्रलाई थप व्यवस्थित र कृषकलाई आत्मनिर्भर गराउन केन्द्रले सहयोगीको भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः २ भाद्र २०७४, शुक्रबार ०५:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *