सुर्खेत, १ असोज ।
प्रोफेसनल स्किल डेभलपमेन्ट सुर्खेत २ दिने कर्जा व्यवस्थापन सम्वन्धी तालिमको आयोजना गरेको छ ।
बीरेन्द्रनगरा दुई दिनसम्म चलेको तालिममा सुर्खेतका १५ वटा सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, ऋण अधिकृत लगायत १७ जनाको सहभागी भएका थिए ।
तालिममा मुख्य प्रशिक्षक डिभिजन कार्यलय सुर्खेतका सहकारी अधिकृत देवीप्रसाद पौड्याल, सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्थाका वरिष्ठ व्यवस्थापक झक्कड पुलामी लगायतले सहकारीका विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
तालिममा सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई सुरक्षित तरिकाले ऋण प्रवाह गर्नको लागि ऋणका विश्लेषण गर्ने विभिन्न विधि र प्रक्रियाको वारेमा जानकारी दिइएको छ ।
तालिमको सहजीकरण गदै प्रोफेसनल स्किल डेभलपमेन्टका प्रवन्ध निर्देशक प्रेमकुमार विसीले सहकारी संस्था सदस्य पहिचान प्रक्रिया र सदस्य सहकारी शिक्षा कार्यक्रमका बारे व्यापक छलफल गरी सदस्यलाई संस्थाको व्यववसायिक योजना बनाउने र संस्थामा आईपर्ने जोखिम व्यवस्थापन बारे जानकारी दिए । पुलामीले सहकारीमा ऋण नियमावली, लगानीको सिमा, लगानी क्षेत्र र व्याजदर निर्धारण धितो सुरक्षण र मुल्याङ्गन, समुह जमानत कर्जा, अनुगमन प्रणाली, ऋण असुली प्रक्रिया, अपलेख, जोखिम व्यवस्था र प्रतिवेदनका विषयमा प्र्रशिक्षण दिएका थिए ।
तालिममा सहकारी अधिकृत देवीप्रसाद पौड्यालले कर्जा लगानीमा कानुनी प्रक्रिया, धितो सुरक्षण गर्दा तथा विना धितो कर्जा लगानी गर्दाका परिणामहरु र गैरसदस्यहरुसंगको कारोवारले सहकारीहरुमा समस्या आईपरेकाले सवै सचेत हुनु पर्ने अवस्था आएको बताए ।उनले सहकारी संचालक तथा पदाधिकारीमा सहकारी सम्वन्धि जानकारी नै नभई यस्तो समस्या आउने उल्लेख गरे ।
तालिमले सहकारीका संचालक पदाधिकारी तथा कर्मचारीको क्षमतामा विकास हुने र सहकारी संस्थाका हरेक कामकाज गतिविधि चुस्तदुरुस्त हुने पनि वताए ।तालिमका सहभागी मंगलगढी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर रावतले २ दिने कर्जा व्यवस्थापन तालिम निकै उपयोगी भएको बताए ।प्रक्षिक्षक पुलामीले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । तालिमको समापन गदै गणेशजल वहुउदेशिय सहकारी संस्थाका अध्यक्ष समेत रहेका प्रवन्ध निर्देशक विसीले अब सहकारी सम्वन्धि नियमित तालिमका कार्यक्रमहरु दिदै जाने भएकाले सहकारी संस्थाहरुलाई साथ दिन आग्रह गरेका छन ।