सुर्खेतमा कोपोएमआइएस सम्वन्धी तालिम हुदै

सुर्खेत, ७ असोज ।
सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सुचना प्रणाली कोपोएमआइएस सुरु भएकको जनाएको छ ।
सुर्खेत डिभिजन सहकारी कार्यलयल मार्फत सुर्खेत, दैलेख र जाजारकोटका सवै सहकारी संघ संस्थालाई कोपोएमआइएसको युजर आ.ई.डी र पासवर्ड दिईसकेको डिभिजन कार्यलयले बताएको छ ।
मन्त्रालयले यस्तो व्यवस्था गरेपछि अव सवै सहकारीहरुको कार्यक्रमहरु अनुगमन गर्न सजिलो भएको वताएको छ ।
सुर्खेतमा मात्र ६२३ सहकारी संस्थाहरु संचालनमा तर सवै सहकारीहरु कम्यृटर सिस्टममा गैसकेको अवस्था छैन र जान सक्ने अवस्था पनि छैन कतिपय सहकारीहरु झोलामै सीमित छन ।यो विषयमा सहकारीकर्मीलाई क्षमता विकास सम्वन्धि तालिम दिनुपर्ने सहकारी संचालकहरुले वताएका छन ।
ठुला सहकारीहरु तालिम लिन काठमाडौ जानसक्ने क्षमताका भएपनि साना सहकारीहरुलाई सुुर्खेतमै तालिमको व्यवस्था गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन ।
सुर्खेतमा भैर्खरै सहकारी सम्वन्धि विभिन्न तालिमहरु दिने उदेश्यले प्रदेश स्तरीय प्रोफेसनल स्किल डेभलपमेन्ट स्थापना भएको छ । यसले कोपोएमआइएस पनि १५ दिने तालिम सञ्चालन गर्न लागेको प्रवन्ध निर्देशक प्रेम विसीले बताए ।
तालिममा सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखापालको सहभागिता हुने छ । तालिम संञ्चालन १५ दिन सम्म हरेक दिन विहान २ घण्टा मात्र हुने बताएको छ ।

प्रकाशित मितिः ७ आश्विन २०७४, शनिबार ००:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *