कर्णाली योजना आयोगमा उपाध्यक्षमा रेग्मी

सुर्खेत, ४ मंसिर ।
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको योजना आयोग उपाध्यक्षमा डाक्टर पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मंगलबार दैलेख निवासी रेग्मीलाई उपाध्यक्ष, दैलेखकै योगेन्द्र शाही र हुम्लाका दिपेन्द्र रोकायलाई सदस्यमा नियुक्त गरेको हो ।मुख्यमन्त्री अध्यक्ष रहने योजना आयोगमा प्रदेश सरकारको प्रमुखसचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।


आयोगमा नियुक्त तीनैजना प्रदेश सरकारद्वारा गठित विज्ञ समूहका सदस्य पनि हुन । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोग, कर्णाली प्रदेश कानुन आयोग र अस्पताल व्यवस्थापन समिति गठनसम्बन्धी आदेश स्वीकृत गरेको थियो । ७ सदस्यीय कानुन आयोग, ६ सदस्यीय योजना आयोग र ७ सदस्यीय अस्पताल व्यवस्थापन समिति गठन गर्ने उल्लेख छ ।
७ सदस्यीय कानुन आयोगमा अध्यक्षसहित दुई सदस्य सरकारले नियुक्त गर्नेछ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कानुन सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव, मुख्यन्यायधिवक्ता गरि तीनजना पदेन सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखा प्रमुख सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।बैठकले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि कर्णाली पर्यटन वर्ष–२०७५ अन्तर्गत से–फोक्शुण्डोमा मंसिर ११ र १२ गते महोत्सव गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मितिः ४ मंसिर २०७५, मंगलवार १७:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *