सुइटर उद्योगबाट रोजगारी सृजना

बद्री पन्त
जाजरकोट १२, मंसीर
जाजरकोटमा सुइटर उद्योग सन्चालमा आएको छ । भेरी नगरपालिका ३, थाप्लेमा उद्योग सन्चालनमा आएको हो । उद्योगबाट ५ जनाले रोजगारी समेत पाएका छन । आर्थिक उत्पादन र समृद्धीका लागि केहि गर्नुपर्छ भन्ने सोचकी शारदा हमाल यतिबेला अशल उद्यमी बन्न सफल भएकी छन् । उनलाई आफैले खोलेको उद्योगमा कामको भ्यानभ्याई छ । सुइटर उद्योगबाट हमाललाई मासिक ५० हजार देखि ६० हजार सम्म आम्दानी हुने गरेको छ । घरेलु तथा साना उद्योग विकास समितिबाट ३ महिने तालिम लिएपछि उद्योग सन्चालन गर्ने प्रेरना मिलेको हमालको भनाइ छ । गत चैतदेखि भेरी नगरपालिका ३, थाप्लेमै शारदा होजीयारी उद्योग संचालनमा ल्याएपछि हमाल अशल उद्यमी बनेकी हुन् । उनी अशल उद्यमी मात्र हैन, वेरोजगारलाई रोजगार दिन पनि सफल भएकी छन् । उनको सुईटर बुन्ने उक्त उक्त उद्योगमा ५ जनाले रोजगारी पाएका छन् ।

उनले १० लाख लगानीमा सुइटर बुन्ने उद्योग खोलेकी हुन् । उनको उद्योगमा सुईटर बुन्नका लागि विद्युतीय पावर मेशीन, ह्याण्ड फ्लाइट मेशीन, सिलाई मेशीन र इन्टरलग मेशीन रहेका छन् । उद्योगमा दैनिक ५० देखि ६० वटासम्म सुईटर निर्माण हुने गरेको उद्यमी हमालले बताउनु भयो ।
विभिन्न कलर र साइजका लेडिज तथा जेण्डस् सुईटर बालबालिका देखि बृद्धबृद्धासम्मका लागि बुन्ने गरेको छ । विशेष गरी विद्यालय पोशाकका लागि सुइटर उत्पादन हुने गरेको छ । सुईटर बुन्न सिकाउने र मेशीन संचालन गर्ने तालिम दिनका लागि मासिक ४५ हजार खर्च ब्यहोरेर भारतको हरिद्वारबाट प्रशिक्षक ल्याएको छ । विहाना वेलुका घरको काम गरेर सुईटर बुन्ने कामबाट रोजगारी पाइएको स्थानीय गिता शाहले बताउनु भयो ।

उद्योगमा उत्पादन भएको प्रति सुइटरको ३ सय देखि ७ सय मुल्य पर्छ । उद्योगमा हालसम्म ३ हजार थान सुईटर उत्पादन भएर खपत भैसकेको छ । विद्यालय तथा शिक्षण संघ सस्थाबाट सुईटरको माग अत्यधिक आएको छ । एउटै विद्यालयबाट ३÷४ सय थानको माग आएको छ । सुइटर बुन्ने उद्योग एउटा मात्र भएकोले पनि माग अनुसार पुरयाउन धौ भएको छ । जिल्लामै उद्योग स्थापना भएपछि सुइटर किन्न बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ । यहा उत्पादन भएको सुइटर सुर्खेत, नेपालगंज लगायत बजारबाट ल्याएको भन्दा सस्तो मुल्यको रहेको छ । जिल्लाभरका विद्यालयका विद्यार्थीका लागि आवश्यक पर्ने सुइटर शारदा होजीयारी उद्योगबाट पुर्ति हुने बताइएको छ ।

प्रकाशित मितिः १२ मंसिर २०७५, बुधबार ०९:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *