सन नेपाल लाइफद्वारा उत्कृष्ट विमा एजेन्सीलाई सम्मान

सुर्खेत, १६ मंसिर ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेतको बीरेन्द्रनगरमा विमा जागरण तथा एजेन्सी सम्मान कार्यक्रम आयोजना गरेको छ । शनिवार भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले मार्केटिङ मेनेजर, सिनियर मार्केटिङ मेनेजर, करोड विमा गर्ने व्यक्तिहरुलाई सम्मान गरेका छन ।
सम्मानित हुनेमा एकलाख विमातर्फ राजेन्द्र ओली, बालकृष्ण शर्मा, हरि प्रसाद रेग्मी, तुलबहादुर सारु, रश्मी राई, राजेश ज्ञवाली, बसन्त रेग्मी, गणेशकुमार कँडेल र टिकाराम न्यौपाने रहेका छन ।
मार्केटिङ मेनेजरतर्फ डाइमनज्योति शर्मा, पूर्णप्रसाद गैरे, टेकप्रसाद आचार्य, टिका सापकोटा, शीवराज घिमिरे, जीतबहादुर चन्द, सुनिल देवकोटा, कविराम जैसी, भुपेन्द्र शाही, दीपा कोइराला र रामबहादुर नेपाली छन ।


यस्तै सिनियर मार्केटिङ मेनेजरहरु भक्तबहादुर शाही, प्रेम वन सन्यासी, संगीता शर्मा पौडेल, अमृतविक्रम शाही, रविन्द थापा र लक्ष्मण अधिकारी तथा करोडपति विमातर्फ संगीता शर्मा पौडेल र अमृत विक्रम शाही सम्मानित भएको सुर्खेत शाखा प्रवन्धक गोविन्द ढकालले बताए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्याल र महाप्रबन्धक गौतमले जीवन बीमाको महत्व र फाइदावारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण मेहलकुुना शाखाका ईन्चार्ज गगन रानाले गरेका थिए ।

प्रकाशित मितिः १६ मंसिर २०७५, आईतवार २१:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *