सुर्खेत, २२ मंसिर ।
पिपलबोट बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर ४ सुर्खेतले चालु आर्थिक बर्षमा झण्डै एक करोड आम्दानी गर्न सफल भएको छ ।
संस्थाको शनिवार सम्पन्न १६ औं बार्षिक साधारणसभाका अवसरमा सार्वजनिक संस्थाको प्रगति प्रतिवेदनमा अध्यक्ष टेकराज कोइरालाले चालु आवमा संस्थाले ९४ लाख ५९ हजार ३६२ रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी दिएका छन् ।
यसैगरी संस्थाले सो आवमा ६४ लाख ४ हजार २६० रुपैयाँ खर्च गरेको छ । केही सदस्यहरुले नियमपूर्वक ऋणको किस्ता र व्याज नबुझाउँदा आशा गरे अनुसारको शुद्ध मुनाफामा बृद्धि हुन नसकेको र सदस्यहरुले पाउने लाभांशसमेत प्रभावित हुन पुगेको अध्यक्ष कोइरालाले जनाए ।
सो अवधिमा संस्थाले ५ करो १२ लाख ९६ हजार रुपैयाँ ऋण लगानी गरेको र ४ करोड २३ लाख २ हजार ऋण असुली गरेको जनाइएको छ ।
संस्थाले प्रदान गर्दै आएको मृत्यु राहत रकम २५ सयबाट ५ हजार पु×याउने, सुत्केरी राहत १५ सयबाट २ हजार बनाउने, एकल महिलालाई आयमूलक व्यवसाय गर्नका लागि व्याजमा एक प्रतिशत छुट दिने कार्यक्रम अगाडि सारेको छ ।
व्यवसायिक बाख्रापालन, कुखुरापालन, बँगुरपालनजस्ता व्यवसाय गर्न चाहने शेयर सदस्यहरुलाई सहुलितरुपमा ऋण उपलव्ध गराउने, संस्थाको मोबाइल एसएमएस प्रणाली संचालनमा ल्याउने, आफ्नै भवन निर्माण गर्ने योजना पनि संस्थाले ल्याएको अध्यक्ष कोइरालाले जनाए ।
सभामा सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नवराज रावतले सहकारीहरुले घरासयी समस्या समाधान गर्नुका साथै रोजागारी पनि सिर्जना गरेको बताए । सभामा वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनाल लगायतले शुभकामना दिएका थिए ।
उपाध्यक्ष बलबहादुर सार्कीले स्वागत गरेको सभामा कोषाध्यक्ष खेमराज रावतले आर्थिक, डिल्लीराम लम्सालले लेखा सुपरीवेक्षण, तुलाराम तिवारीले स्वतन्त्र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसमा सर्वाधिक बचतकर्ता बलबहादुर सार्की, नियमित बचतकर्ता, ओमबहादुर बसेल, असल ऋणी शोभा कँडेल, अधिक वाल बचतकर्ता, सुदीप भण्डारी, फरक क्षमताका शेयर सदस्य बालकृष्ण पंगाली, अधिक शेयर खरिदकर्ता मीनाकुमारी ढकाल, बरिष्ठ पत्रकार एवं समाजसेवी लीलाधर गौतम, उत्कृष्ट कर्मचारी पुष्पा रेग्मी, जेष्ठ सदस्य शंभु पन्त र निवर्तमान प्रवन्धक राम चपाईंलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाका सचिव मनिराम भण्डारीले जानकारी दिए ।